मंगलबार अफिस पुग्दा काम थुप्रिएर बसेको थियो| रेडियोमा पनि, प्रताप दाइ, सुमन दाइ र सलिन दाइ पर्खिएर बसेका थिए|
“जिमु भाइ, कति गायब भएक! ब्यस्त छौ है||” प्रताप दाइले भेट्ने बित्तिकै खुसि ब्यक्त गरे| हात समाई ठाउँ ठाउ घुम्ने प्रियसीलाइ बिर्सिए पनि, संगै बसेर चिया चुरोट चुम्ने साथि चाही कहिले बिर्सिंन सकिन्न|
“गायब हुने त भइहाल्यो नि| भाइ पसिना आउने गरि मिहिनेत गर्दै थियो| कहिले तल, कहिले माथि|” छाडा सलिन दाइ| दाइ कोटेश्वरमा हिड्दा, बनेपासम्म गनाउछ सायद| सायद हैन पक्का|
“मतलब? चिकेन चिल्ली भाइले मोज गरेछ|” प्रताप दाइले आगोमा घिउ हाल्नु भयो|
“जे पायो त्यहि| सलिन दाइ पनि जे नि भन्दिने|” प्रताप दाइ र सलिन दाइको कुरामा सहमति जनाइन| यी दुवै कल्पनामा चाही जोनी सिन्स नै हुन्|
“दोष चाही मलाई? आफु जे पायो त्यहि सोच्ने अनि मलाइ दोष? हिड्दा हिड्दै धेरै मिहिनेत पर्यो भाइलाइ| hiking गको मान्छे, उकालो ओरालो चढ्यो होला| कहिले उकालोमा माथि, कहिले तल|” सलिन दाइबाट यस्तै केहि जवाफ आउछ भनि पक्का थिए| उनको हरेक वाक्यको दुइटा मतलब हुन्छ| उहाले भन्न खोजेको के सबैलाई थाहा हुन्छ तर दाइले त्यहि चाही हैन भन्नु हुन्छ|
“भाइलाई औडा गरिहालेछ तिमिहरुले| बिचार भाइ, यति दिन पछी भेट्दा पनि आराम दिएनन् है|” धन्न सुमन दाइले बोकापन्थीबाट बचाउनु भयो मलाई|
“तर भाइ, थाक्न त कडा थाकेउ होला है| त्यति तल माथि गरेछौ|” सुमन दाइलाइ राम्रो मुन्छे सोचेको तर दाइ पनि त्यस्तै| बलि दिनु अघि पानि दिन्छन, दाइले पनि त्यहि गरे|
कार्यक्रम सकियो| धेरै दिन पछी रेडियो स्टेसनमा गएर नै कार्यक्रम संचालन गरेको, खुसि अनि आनन्द, दुवै एकै चोटी महसुस गरे| घरमा मगाएर बिर्यानी पनि मिठो हुन्छ तर आनन्द आउन्न| त्यति आनन्द आउन्न, जति आनन्द होटेलमा नै गएर, त्यहाको माहोलमा रम्दै खान आउछ | कार्यक्रम सकिने बित्तिकै प्रताप दाइ आउनु भयो|
“मामफुली भाइ, आज सुमनको बर्थडे हो| त्यो तिमिसंगै जान्छ तर काम छ भन्दै तिमि गौशला लग है| गौशालामा कोठा बुक गरेको छ, हामि जाने होटेलमा|” प्रताप दाइले सुटुक्क भन्नु भयो| प्रताप दाइले भने जसरि नै सुमन दाइलाई गौशला पुर्याए| बहाना चाही, दाइ मेरो कोठामा एउटा सानो सामान लग्नु छ, समात्नु पर्छ| लगि दिनु है दाइ| सुमन दाइ सोझो छन्, हुन्छ भने| प्रताप दाइ र सलिन दाइ पनि आए| सबै भेला भएपछी मात्र सुमन दाइले मेसो पाउनु भयो आजको पार्टीको|
पांच पोखरी कस्तो थियो, कस्तो रहयो? दाइहरु जान्न उत्सुक भए| सबै बताए, सुन्दर पल, सुन्दर याद र सुन्दर स्थान| फेरी एक पटक पुगे जस्तै भयो| मासु सकिएपनि, सलिन दाइको नन भेज जोकले साथ दी रह्यो| सुमन दाइले पनि जानी नजानी हसाउदै थिए| झन् प्रताप दाइ, creativity level next level मा थियो| नया नया गालि, नया नया ढंगले भन्दै थिए| बुझ्नलाइ गाह्रो| अब आफै भन्नु त, “लातमा काच हान्नु पर्छ|” भनेको के हो? दाइले “चाकमा लात हान्नु पर्छ” भनेका रैछन्| एकछिन सम्म दिमागलाइ अनायसै घोत्नु पर्यो|
“ठाजा भाइ, आए देखि मोबाइल एकछिन हातबाट हटेको छैन| मुत्दा त्यो र रक्सि खादा मोबाइल, धेरै चलायो भने कुन दिन काम नलाग्ने हुन्छ है|” सलिन दाइले मैले मोबाइल चलाई रहेको बिचार गर्नु भयो| रोजितालाइ मेसेज गर्दै थिए| कहाँ छु? के गर्दैछु? कहाँ जाने अब? यस्तै धेरै प्रश्नको जवाफ दिएर बसेको थिए| बिहान भर्खर भेटेको, उनलाई फेरी भेट्ने इच्छा भइसक्यो| माया होस् त यस्तो होस्, जहाँ एक अर्का बाहेक यो दुनियामा केहि छैन| तर यस्तो सधै हैन केहि समयको लागि हुदा राम्रो| दाइहरुले मोबाइल चलाउन दिनु भएन| रोजितालाइ बाइ भनेर फोन छेउमा राखे| उनले पनि हुन्छ भनेको थिइन् तर मेसेज गरि रहिन्| मैले रिप्लाई गरिन, थाहा नै पाइन मैले| सुत्ने बेला चाहिने जति मेसेजको रिप्लाई गरे अनि सुत्न गए|
हग्ने, मुत्ने, यहाँ सम्म कि सास फेर्न नि मुस्किल भयो| त्यति धेरै काम थियो| अचानक यति धेरै काम आयो कि, दिनमा एक बट्टा चुरोटबाट २ खिल्लीमा झर्यो| एक पछी अर्को काम, एक दिन पछी अर्को दिन, हफ्त दुइ हफ्ता नै यसरि गयो| यो दुइ हफ्ता कार्यक्रम चलाउन पनि मुश्किल भयो| कति पटक दिउसै रेकर्ड गरेर, दाइहरुले नै फोन गर्ने अनि बेलुका फोन बिजी बनाइदिने, अनि त्यहि रेकर्ड गरेको प्रोग्राममा बेलुका बजाउने| अफिसमा चाही के हुन्थियो भन्दिन| यति बुझ्नु, प्रचण्ड घाममा गोरुले खेत जोत्दा कस्तो दृश्य देखिन्छ? देख्नेलाइ जस्तो होस्, त्यो गोरुलाई कस्तो हुदो हो| हो त्यो गोरु म थिए|
यति हुदा पनि खुसि थिए म|| खुसि हुनु कारण, जहिले बेलुका रोजितासंग भेट हुन्थियो| यति मिहिनेत गरेर घर फर्किदा, बुढीले घरमा पर्खिएर बसेको जस्तो लाग्ने| त्यसरी नै जहिले रोजिता मेरो लागिन् अफिस मुनि बस्ने पर्खिएर| जति समय थियो, उनलाई दिदै थिए| उनलाई हैन हाम्रो सम्बन्धलाइ|
“शनिबार हामि घुम्न जाने नि|” रोजिताले बिहिबार राति घुम्न जाने प्लान बनाइन् तर मैले नाइँ भन्नु पर्यो| शनिबार पनि अफिस जानु पर्ने छ| मंगलबार सम्म यस्तो मारामार काम हो| त्यसपछि त धेरै खालि समय हुन्छ| अनि जहाँ पनि घुम्न जान मिल्छ, जे पनि गर्न मिल्छ, जति पनि बोल्न मिल्छ| उनलाई यहि भनेर फकाए तर उनले बुझ्ने नमान्ने| माया र रिस, दुवैमा औंले आखा नदेख्ने| हुदा हुदै “हजुरले मलाई समय नै दिनु हुन्न” भन्न लागिन्| मलाई थोरै पनि चित्त बुझेन यो कुरा| उनलाई थाहा छ, मैले मिल्ने जति अनि मिले जति, आफ्नो सबै समय उनलाई नै समर्पण गरेको छु तर उनले यहि बुझिन| दिउसो भरि कामको तनाब, धेरै मिहिनेत गरिन र निन्द्रालाइ रोजे| झगडा भएको हो, बोलचाल बन्द हैन| मलाई यहि चित्त बुझेन| झगडा भएको छ, एउटाले आफ्नो गल्ति महसुस गरेर माफी माग्नु पर्छ| मनमा रिस हुदा हुदै पनि जहिले बोल्ने अनि भेट्ने चित्त बुझेन|
“त्यसो भएन भेट्न आउदिन|” म रैसैको थिए, उनि पनि रिसाइन्| उनि जति रिआउन्, तर यो पालि म माफी माग्दिन भनि सोच सकेको थिए| जहिले म मात्र झुकेर हुन्न| शनिबार झगडा भएको, बिहिबार सम्म भेट भएन| बोलचाल पनि ठप्प ठप्प नै थियो| चाहिएको र परेको जति मात्र बोलिन्थियो| एक पटक पग्लिएर, भेटौ न भन्ने मेसेज पनि पठाएको थिए तर उनले रिप्लाई नै दिइन| भयो, अब त मरे पनि झुक्दिन सोचेर भेट्ने र बाकि कुरै गरिन मैले|
यसै बीच, शुक्रबार साझमा पोखरा जाने भए| रोजितालाइ मेसेज गरे म जादै छु भनि| रिप्लाई आएन| पोखरा जानु पछिको कारण घुम्नु हो अनि फ्रेश हुनु| अचानक किन भनि सोच्नु भयो? यसको पनि कारण छ| कारण म भन्छु| कारण के भन्दा, रेडियोको मिल्ने तिन जना दाइले नै रेडियो छाड्दै हुनुहुन्छ| पोल्याण्ड जादै हुनुहुन्छ तिना जना दाइ नै| वोर्किंग भिसा अपलाई गर्नु भएको रैछ, तिन जनाको नै आएछ भिसा| त्यहाँ जानु अघि, घुम्न जाने भनि प्लान बन्यो| रोजिताले जहिले समय दिदैन भनेर किचकिच गर्थीइन्| म पनि वाक्क भएको थिए| “यसै समय दिदैन उसै दिदैन”, यहि सोचेर मैले दाइलाई हुन्छ भनेर र पोखरा घुम्न जाने भइयो| रोजिता अनि सम्बन्धबाट, केहि दिनको बिदा|
रोजिताको फोन आयो
