“ल मेरो काम छ|” उनले यति भनेको ३० मिनेटमा, उनि मेरो आखा अगाडी| तर कसरि? कहिँ म सपना त देख्दै छैन?कसरि फरक छुट्टयाउने अकहिर बास्तबिकता के सपना के भनि| आखा मिचे, झन्डै मरिन| भेडे खुर्सानीको अचार छोएको थिए केहि मिनेट अगाडी, त्यहि हातले आखा मिच्दा, यस्तो लाग्यो कसैले आखामा आगो हालिदियो| पानि, घिउ, अनि सफा गर्दा गर्दै पनि पोली रहयो| १० १५ मिनेट पिडामा नै बस्नु पर्ने बाध्यता| रोजिताले एकछिन सम्म आखामा फु फु गरेको गरेई छिन्| फुफु रोजिताले गर्दै छिन्, मतलब रोजिता सच्चिकै यहि थिइन्| मेरो भ्रम वा कल्पनामा हैन केहि पनि| एकछिनमा सबै सामान्य भयो|
“ दाइहरु, उनि रोजिता, मेरो साथि|” दाइहरुसंग परिचय गराए|
“हाम्रो तिर भाइको साथीलाई बुहारी भन्ने चलन छ|” प्रताप दाइलाइ त नि| के बोलेको दाइले यस्तो? यसरि अरुलाई अप्ठेरोमा पार्न मिल्दैन नि| रोजिताले नराम्रो मानिन् भने के गर्नु मैले? सलिन दाई र सुमन दाइ पनि कम छैनन्, प्रताप दाइको सहिमा सहि थप्न लागे| म मख्ख थिए तर रोजिताले के सोच्दी हो| दाइले सम्झाउनु पर्ने हो यस्तो कुरा, दाइलाइ मैले कसरि सम्झाउ?
“हाम्रो तिर चाही भन्ने मात्र हैन, बुहारी मान्छन पनि|” रोजिताले नै दाइको कुरामा सहमति जनाए पछी मलाई केहि आपत्ति भएन| आपत्ति नभएको मात्र हैन, खुसि छ मन| कसैले माया स्वीकार्छ भने खुसि लाग्छ तर कसैले सबैको अगाडी माया स्वीकार्छ भने, खुसिको कुनै सिमा नै हुदैन| मेरो पनि खुसिको सिमा थिएन| दोब्बर खुसि, पहिलो रोजिताले यसरि माया स्वीकारेको| दोस्रो रोजिता पोखरामा छिन्, मेरै आखा अगाडी| साच्चि, साच्ची.. साच्ची रोजिता यहाँ कसरि? रोजिता यहाँ किन? रोजिता यहाँ कहिलेबाट? रोजिता यहाँ कोसँग? खुसिको माहोलबाट अचम्मको धेरामा पुगे|
“तिमि यहाँ कसरि?” सधैको जस्तो प्रश्न गरे| सधै यहि प्रश्न गर्ने हैन मैले| तर जहिले अचम्मित हुन्छु, दिमागको प्रयोग नगरी, ओठको प्रयोग गर्छु| दिमाग हैन, ओठ चलाउछु|
“भेट्न मन लागेर आएकि होलिन् नि|” सलिन दाइ बोका मात्र हैन चुति* पनि हो| अहिले रोजिता नभएकी भए, उहाको जवाफ पुरै भिन्न हुन्थियो| “गर्न मन लागेर आएकी होलिन् नि, भेट गर्न|” यस्तै केहि भन्थीए होला| बोलिको भर नहुने सलिन दाइको|
नभेटेको धेरै भएको थियो| भेट्न मन लागेको थियो| उनलाई पनि, मलाई पनि| फरक यति थियो, मैले आउ भन्दैमा उनि यहाँ भेट्न आइदीईन्| माया, माया| यहि हो माया| सधै भेट्ने हामि, नभेटेको हफ्ता दिन बेसी भएको थियो| एक अर्काको बानि भइसकेको थियौ हामि, एक अर्काको दैनिकी भइसकेका थियौ| एक अर्काको पुरक थियौ हामि, एक अर्कामा म हैन हामि थियौ हामि|
“मैले तिमीले भनेको मानेर यहाँ आए, अनि हजुर आज जाने?” आखा अगाडी अनि आफ्नो छेउमा भएको मान्छेले मेसेज पठाउदा, त्यो मेसेजमा केहि खास हुन्छ, वा केहि बकवास हुन्छ| यो मेसेज खास थियो|
“फर्किदा जम्मा हामि ३ हुने भयौ| भाइको सिटमा म एक्लै थच्किन्छु|” सुमन दाइले सजिलो बनाई दिनु भयो| रोजिता फर्किने भए वा रोजिताले भनेको भए म पनि फर्किन्थिए तर उनले नै बस्न भनेपछी, म फर्किने कुरै हुन्न| दाइहरुलाई भन्न अप्ठेरो लागेको थियो, अब त्यो झन्झट पनि रहेन|
दाइहरु बेलुका फर्किनु भयो| म अनि रोजिता पोखरामा| हामि पनि ह्बोली फर्किनु पर्ने हो| रोजिताको काम छ रे, मेरो त बिदा नै छ| खैर, हामिसंग पोखरामा २२ घण्टा छ| भोली बेलुकाको फ्लाइट, 5 बजेको फाइटमा फर्किने हो|
“आज लेक साइड घुम्ने, भोलि पुरै पोखरा घुम्ने| डेविड फल्स, चमेरो गुफा, बेगनास ताल, माउन्टेन म्युजियम, शान्ति स्तुपा, मिरर हाउस, सारंग्कोट, सबै ठाउ जाने|” रोजिताले भन्न त भनिन् तर अत्यति सजिलो कहाँ छ र| रातको 10 बजीसक्यो| सारंगकोट जाने भए, बिहान 5 बजे निक्लिनु पर्छ होटेलबाट| ल बिहानै सारंगकोट पुगेपनि, बाकि ठाउ चाही कसरि भ्याउनु| सबै ठाउ नजिकै भए पनि हुने नि| एउट पुर्ब, अर्को पस्छिम, कुनै उत्तर कुनै दक्षिण छ| एक अर्काको अँगालोमा निदायौ|
सधै घुम्नको लागि अनि रम्नको लागि पुग्थिए पोखरा| तर आज, रोजिताको निम्ति पोखरा घुम्दै छु| यो पललिया खास बनाउनु छ| बिहान ४:३० को अलार्म लगाएको थिए| सुरुमा आफु उठे अनि उनलाई उठाएर तैयार हुन पठाए| सुर्यको सौन्दर्य हेर्न सारंगकोट पुगियो| उनले भनेको सबै ठाउमा पुर्याए उनलाई दिन भरमा| उनि यति खुसि थिइन्, उनको खुसिमा म पनि खुसि थिए|
धन्न फ्लाइट छुटेन| बोर्डिंग टाइमको आधा घण्टा पछी पुगेका थियौ| जे होस् पुग्न चाही पुगेउ| सम्बन्धको अर्थ पनि यहि त हो नि| ढिला, चाडो, सजिलो, गाह्रो, नजिक, पर, आज, भोलि, जे होस, संगै हुनु पर्छ| संगै भएर मात्र पनि केहि हुन्न, गन्तब्यमा पनि पुग्नु पर्छ| त्यो पनि संगै| सम्बन्धमा साथ हुनु त्यति नै महत्वपुर्ण छ जति संगै गन्तब्यमा पुग्न|
“आज हजुरलाई छाडेर जान मन नै छैन|” प्लेन ल्याण्ड हुने बित्तिकै हात समाउदै निराश भइन् उनि|
“जानु त पर्छ| मनले चाहेको सबै पाइन्छ र?” भोलि बिहानै उनि कलेज पुग्नु पर्ने छ| त्यसैले आज फर्किएको| उनले आफैले भनेको थिइन् मलाई| अहिले त्यहि सम्झिएर उनलाई सम्झाए|
“घर ढिलो गए पनि केहि हुन्न|” यति भन्दै फ्लिम हेर्न जाने जिद्दी सुरु भयो उनको| “Bay watch” हेर्ने भनि जिद्दी गर्न लागिन्| फेरी मैले हिजो भर्खर हेरेको दाइहरुसंग| उनको लागि भए पनि जानु पर्ने भयो| सिभिल मल जाने भइयो| मेरो मतलब, सिभिलमलको QFX जाने भइयो| सुरुमा पहिले मेरो अफिस पुगेउ| त्यहाँबाट बाइक लिएर हल| धन्न टिकेट अनलाइन लिन मिल्ने छ नत्र फ्किम छुट्ने| हुन त मलाई केहि खास चासो थिएन फ्लिममा तर उनको लागि भएपनि समयमा पुग्नु पर्ने थियो|
सुरु हुन्छ फ्लिम
