Part 2

“आसीमा, दिदिलाइ बिहानै बोलाउ| बाबा….” अविशले वाक्य पुरा गर्नु पर्ने जरुरि भएन| मैले आफुलाई रोक्न सकिन र मेरा आशु थामिएन| खुट्टाले आफ्नो धर्म छाड्यो र भुइँमा थचक्क बस्न पुगे| मुख छोपेर रुन लागे| आखा अगाडी सबै धमिलो हुदै गयो, आशुले पर्दाको काम गरिदियो| अविशले मलाई सहारा दिदै उभिन मदत गर्यो|
“तिमि यसरि कम्जोर हुनु हुन्न| तिमिले नै यस्तो गरेउ भने, दिदि र बुवालाइ कसले सम्झाउछ|” अविशले सम्झाउन प्रयास गर्यो| अविशको छातिमा आफ्नो मुख गाडेर फेरी पनि रुन लागे म| अविशलाइ गाह्रो भयो मलाई थाम्न| केहि बेर पछी थामिए म| पानिले अनुहार धोए र आत्मबलले सबै पिडा पखाले|
बुवाको अगाडी पुगे र छेउमा गएर बसे| बुवा मलाई हेरेर मूस्कुराउदै हुनुहुन्थियो| बुवाको त्यो मुस्कानले झन् मलाई कमजोर बनायो, तर यस पटक मैले आफुलाई सम्हाल्नै पर्छ| प्राण त्याग्नु अघि मानिसलाइ थाहा हुन्छ भन्छन| के बुवालाइ पनि थाहा भइसक्यो, कि अब बुवा त्यो पलको नजिक हुनुहुन्छ| कस्तो महसुस हुदो हो| आफुलाई सम्हाले सोचेको तर आखाले साथ दिएन छ, आशु गाला सम्म पुगे| हत्तपत्त आशु पुछे| सुतिरहेको मान्छे उठ्न खोज्नु भयो| मैले सुरुमा उठ्न नदिए पनि, पछी बुवालाइ उठ्न सहयोग गरे अनि पछाडी अडेस लाग्नलाई सिरानी पनि मिलाइदिए| बुवा गजलकार पनि हो र किताबको शौकिन मान्छे| डायरी र एउटा पुस्तक जहिले बुवाको छेउमा हुनै पर्ने| त्यहि छेउमा रहेको पुस्तक लिएर पढ्न सुरु गर्नु भयो बुवाले|
“छोरी, सुत तिमि|” एकछिन पश्चात बुवाले मलाई आग्रह गर्नु भयो म बुवालाई नै हेरेर बसिरहेको थिए|
“दिउसो पनि सुतेको थिए म| बरु हजुर सुत्नु|” बिरामी मान्छे, आराम चाहिन्छ बुवालाई|
“भोलि देखि सुत्ने मात्र त हो|” बुवाको हरेक शब्दले मलाई निचोर्यो र शक्ति बिहिन् बनाइदियो| मेरो आत्मबलको घाटी रेटी हत्या गर्ने हत्यार थिए त्यो शब्द| बुवालाई अंगाले र केहि नहुने भनि झुठ बोले| बसी रहेको मान्छे निदाएछु त्यहि नै| आखामा निन्द्रा थिएन तर कसरि निदाए पत्तो भएन| सायद बुवालाई केहि समय चाहिएको थियो आफुसंग, त्यसैले भगवानको इच्छा मेरो बेहोसी भयो|  दिदि आउने केहि बेर अघि मेरो निन्द्रा खुल्यो| बुवाको हातमा अहिले पनि किताब नै थियो| दिदि आइ, दिदिको आखा राता थिए| कोठा भित्र पस्नु अघि मात्र आशु पुछेर आएकि थिइ| बुवाले हामि दुवैलाई अंगाल्नु भयो र अचानक बुवाको पकड कम्जोर भयो हाम्रो ढाडबाट| बुवाले एउटा कागज निकाल्नु भयो आफ्नो पुस्तक भित्रबाट अनि फेरी हामीलाई अंगाल्नु भयो| बुवाको पकड फेरी कम्जोर भयो हाम्रो ढाडबाट  तर यसपटक सधैको लागि| बुवा रहनु भएन| आखाँ खुल्ला थिए र बुवा यो संसाबाट निकै पर पुगीसक्नु भएको थियो|
“आखाँबाट प्राण गएछ|” सबैले यसो नै भने| हामि दुइ छोरी मात्र थियौ| बुवालाइ दागबत्ती भिनाजुले नै दिनु भयो र १३ दिने काजक्रिया पनि भिनाजु नै बस्नु भयो| हाम्रो घर शोकाकुल भएको थियो| बुवाको शुभ चिन्तकहरु आउने जाने क्रम जारि थियो| प्राण त्यागेको लास कसैको दुस्मन हुदैन अनि कसैको लागि दुस्ट पनि| त्यसैले बुवा जिउदो हुदा कुरा काट्ने दुइ तिन व्यक्तिलाइ पनि देखे मैले, अहिले बुवाको बखान गर्ने हुलमा| १३ दिनको काजक्रिया सकियो| बुवाको हातमा रहेको कागज अहिले सम्म पनि दिदि र मैले खोलेर पढेका थिएनौ| हामि दुवैलाइ एकैपटक सम्झना आयो त्यो कागजको| कागज दिदिसंग थियो, दुवै संगै बसेर त्यो कागजमा लेखिएको शब्दलाइ नियाल्न लागेउ|
“जेठीलाइ पर्खिएर बसेको छु म| भगवानले राति नै लग्न खोज्नु भएको थियो तर जेठीलाइ भेट्ने इच्छा पुरा गरिदिनु भनि आग्रह गरे| त्यहाँ ढोकामा यमदुतले मलाई हेरेर बस्दै छन्, पर्खिदै छन् जेठीलाइ| कान्छीलाइ पनि म धेरै बाच्दीन भनेर थाहा भइसक्यो| यसको आखामा आसु देखे मैले| केहि भन्नु छ मैले, केहि भन्न बाकि थिए|
सायद म राम्रो बुबा बन्न सकिन| तिमिहरुको आमा तिमिहरु बच्चा हुदै गइ| आमा जतिको माया दिन सकिन तर तिमिहरु दुबैले मलाई आमा र बुबा दुबैको माया दिएका थियौ| तिमिहरु दुवै मेरो देवी हौ, एउटा लक्ष्मी अर्को सरस्वति| जेठीको इच्छा एक पटक खैरो कपाल भएकाहरुको देश घुम्न जाने थियो, त्यो मैले पुरा गरिन| बिहेमा अल्झाई दिए मैले यसलाई| त्यहि पनि हासी हासी केहि नभनी मेरो एक शब्दमा बिहे गर्न राजि भइन्| ज्वाई मान्छे निकै जाति छन्, जेठीलाइ खुसि राख्छन्| हाम्रो परिवारको छोरा जस्तै हुनेछन पछी गएर, परिवारको सहारा|
हाम्रो ब्यापार अब धेरै नराख्नु|म बितेको महिना दुइ महिना भित्र सबै बेच बिखन गर्नु| तिमिहरुसंग समय र सिप दुवै छैन यसको लागि अनि यो समय ठिक पनि हैन|  त्यहाँबाट आएको पैसा जेठी कान्छीले बराबर लिनु| पहाड पारिको,  त्यो निकुन्ज छेउको समतल जग्गाहरु चाही नबेच्नु अहिले| त्यहाँ मैले भबिस्य देखेको छु| त्यहाँ कान्छीले चाहेको जस्तो हस्पिटल पनि खोल्न मिल्छ| मलाई खेल मन पर्छ  
थाहा छ तिमिहरुलाइ| त्यहाँ एउटा खेलकुदको लागि केहि बनाउने इच्छा छ| मैले तिमिहरुको इच्छा पुरा नगरेपनि, मेरो यो इच्छा पुरा गरिदेउ|
कान्छीसंग माफी माग्नु छ मैले| यसको डाक्टर बन्ने इच्छा पुरा गर्न सकिन मैले| मलाई परिस्थिति र अरु भिन्न कारणले रोक्यो| तर डाक्टर नभए पनि, 5 ६ महिना देखि यसले मलाई डाक्टर जस्तै बनेर निको पार्न खोज्दै छिन्| कान्छी, तैले दिदिलाई पछी गएर हेर्नु पर्छ| दिदिलाइ मान्छेको अगाडी चाही त नभनेस् अब देखि| कान्छीको अर्को इच्छा थियो हस्पिटल बनाउने, त्यसको लागि मैले निकुन्जको जग्गा उपयुक्त हुन्छ भनि सके| यो कचौरा सहर भित्र सरकारले नै बिकास गर्छ तर कचौरा सहर बाहिरको मान्छेलाइ त्यो हस्पिटल बरदान हुनेछ| नदि पनि छ, तिर्थस्थल पनि| कचौरा सहर बाहिरको मान्छेको लागि राजधानी नै त्यो हुनेछ| कान्छीको हस्पिटलको लागि जग्गा मात्र भएर हुन्थिएन, त्यसैले मैले अविशलाइ रोजे यसको लागि|” बुवाको हातमा रहेको कागजमा लेखिएको शब्दहरु यहि थिए| कागज च्यातिएको थियो| मरेको मान्छेको हात गोडा कडा हुन्छ, त्यहिबाट निकाल्दा च्यातिएको मैले बिचार गरेको थिए|
बुवाले…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts