Part 4

आसिमा, मेरो आखा अगाडी मान्छे मर्दै छन्| चाहेर पनि बचाउन सकेको छैन मैले| उपकरण छैन, सैया छैन, नीति नियम छैन, केहि छैन| यो हस्पिटलमा मैले मान्छेको सेवा गर्न आएको थिए तर हत्या गर्दै छु जस्तो लाग्छ|” सरकारी हस्पिटलको हालत यहि थियो| न उपकरण न जनशक्ति|
“त्यसो भए हामि आफ्नै हस्पिटलमा काम गरौ| ठाउँ राम्रो छ, जग्गा छ, पैसा छ| उपकरण र जनशक्ति ल्याउन मिल्छ|” यहाँ सम्म म खुसि थिए|
“त्यो तैयार हुन कति समय लाग्छ? भवन बनाउन १ देखि २ बर्ष| बाकि काम गर्न १ बर्ष, सबै मिलाएर ३ बर्ष| हैन?” अविशले प्रश्न गरे पनि, त्यो प्रश्न सत्य थियो| ३ बर्ष यता आफ्नो हस्पिटल सुरु हुन्न|
“मलाई अझै पढ्न मन छ| यो देशमा सम्भव छैन| मलाई त्यो चन्द्रमा बाट देखिने भित्ता वाला देश गएर पढ्नु छ| त्यहाँबाट फर्किएपछी हामि तिम्रो हस्पिटलमा काम गर्न सक्छौ| म संग अहिले एउटा पुरै हस्पिटल सम्हाल्ने अनुभव र ज्ञान दुवै छैन|” अविशले विदेश जाने इच्छा जायर गर्दा कसरि म खुसि हुन सक्छु? उसलाई आज भेट्नुको उदेश्य नै बिहेको कुरा गर्नु थियो तर उ विदेश जान खोज्दै छ| यदि उ विदेश गयो भने, हाम्रो बिहे अझै ३ बर्ष सम्भव छैन| तिन बर्ष मैले उसलाई पर्खिएर बस्नु पर्ने भयो|
अविशको आर्थिक अवस्था बारे मलाई बोध छ| गरिब बर्गमा पर्दैन उ तर धनाध्य पनि हैन| विदेश गएर पढ्नलाइ पैसा पर्याप्त हुने छैन उसंग| उसंगै बुझ्दै जादा, उसले घर र जग्गा धितो राखेर जान लागेको थियो| यहाँ मैले उसको मदत गर्नुपर्छ| मैले मदतको जिकिर पनि गरे तर स्वाभिमानी उ, उसले मेरो मदत स्वीकार गरेन| जे गर्छ आफै गर्छु भनि सोचेको थियो| मैले चाहेर पनि उसको मदत गर्न पाइन| उ गयो चिम्सेहरुको देश|
यता दिदि गर्भवती हुनुभयो| भिनाजु “बाँस” भवनको निर्माणमा व्यस्त| भिनाजुले दिदिलाइ समय दिन नपाउने| दिदिलाइ यस्तो समयमा झन् धेरै स्याहार सुसार गर्नु पर्ने| म दिदि भिनाजुको घरमा दिदिसंगै बस्न लागे| मेरो एक्लोपन पनि मेटिने अनि दिदीको स्याहार पनि हुने| अविसको चिठ्ठीको रफ्तार पनि घट्दै गयो| ब्यस्त होला उ| दिदिको घरमा फोन जोडियो| अविशले कहिँ काही फोन गर्ने गर्थियो| कहिले भन्नुको मतलब १ महिनाको अन्तरमा|
“फोन आएपछि चिठ्ठी पनि लेख्न छोडेउ|” अविशसंग मनको गुनासो पोखे|
“यता निकै गाह्रो छ मलाई| पढाइ पछी काम, एकछिन पनि फुर्सत छैन| काम नगरु भने यहाँ विश्वबिधालय लाइ दिने पैसा हुन्न| य्सारी पाच मिनेट बोल्न २ घण्टा काम गर्नु पर्छ मैले|” मेरो कुनै गुनासो रहेन उसको यो वाक्य पछी| मलाई पो सजिलो छ, घर मै हुन्छु| गर्नलाइ केहि काम छैन| उसलाई अरुको देशमा निकै गाह्रो होला| म स्वार्थी भएको थिए या नबुझ्ने तर अविशले मेरो आखा खोल्यो
“पैसा पुगेन वा चाहिएन भने मलाई भन न|” फेरी पनि मदतको हात अघि बढाए| मैले उसलाई हैन, आफुलाई मदत गर्न खोज्दै छु भनि बुझ्नु पर्ने हो उसले| खुसि र प्राण नै रहेन भएन स्वाभिमानको के अर्थ?
“अहिले यसरि चल्दै छ, अत्तिनै गाह्रो साह्रो पर्यो भने भन्छु|” अविशले यति भन्दै बिदा लियो आजको लागि| उ हाम्रो भबिस्यको लागि यति मिहिनेत गर्दै छ, म भने चित्त नबुझाएर बसेको थिए| अविशसंगको गफ संगै मेरो सबै गुनासो पखालिएर गयो|
“के भन्यो अविशले?” फोन राख्ने बित्तिकै दिदिले सोध्नु भयो|  दिदिलाइ सबै भने| दिदिलाइ मेरो साथि नै भने हुन्छ अनि मलाई दिदिको साथि|
“धेरै याद आउछ है अविशको?” दिदिले यति भन्ने बित्तिकै मैले आफुलाई सम्हाल्न सकिन र दिदिको काखमा रुन लागे|
रातको ९ बजीसकेको थियो|, भिनाजु अहिले सम्म आउनु भएको थिएन| कहिले काही ढिला गर्नु हुन्थियो तर ढिला हुने दिन बिहान नै भनेर जानु हुन्थियो| आज कुनै खबर बिना यति रात भइसक्दा पनि घर नफर्किदा, दीदि चिन्तित| यस्तो अवस्थामा चिन्तित हुनु हुन्न, भिनाजु आउनु हुन्छ भनि सम्झाउने प्रयास गरे तर दिदिले बुझ्न मानेको हैन| रातको ११ बजेको छ| भिनाजु आफुमा काबु गुमाएर गनाउने भएर आउनु भएको थियो| उहाले रक्सि पिएको हैन, रक्सि नुहाएको जस्तो थियो|
बुझ्दै जादा, “बाँस” भवन बनाउने क्रममा धेरै अनियमिता हुदै रैछ| कमसल निर्माणको सामान, परेको भन्दा धेरै मुल्य बिलमा राख्ने| यस्तै धेरै अनियमित| भिनाजुले यसको बिरोध गर्नु भयो| टाउकेलाइ चित्त बुझेन छ| भिनाजुलाइ निर्माण प्रमुखको पदबाट बिहिन गरेछन| त्यसकै झोकमा भिनाजुले अहिले सम्म पिएर बस्नु भएको थियो| त्यो दिन देखि हफ्ता दिन सम्म भिनाजु अफिस जानु भएन| अफिसबाट खबर आयो, अनि मात्र फेरी अफिस जान लाग्नु भयो| भिनाजु खुसि हुनु हुन्थिएन| अफिसबाट फर्किदा उहाको अनुहार जहिले निन्याउरो मात्र हुन्थियो| दिदीले पनि यो कुरा बिचार गर्नु भएको थियो|
एकदिन बुवाको मिल्ने साथि दिदिलाइ भेट्न आएको देखेको थिए| भरत अंकल किन यहाँ हुनु हुन्थियो? दिदिसंग एक घण्टा जतिको गफ पछि फर्किनु भयो| भरत अंकल गए पश्चात दिदि निकै प्रसन्न मुद्रामा हुनु हुन्थियो| अकहिर त्यस्तो के भयो? केहि खुसिको खबर छ हो? दिदिलाइ सोधे|
भिनाजुको निरास्ता देख्न सक्नु भएन दिदिले| हाम्रो सहरमा शिव भगवानको ठुलो मन्दिर छ| देश विदेशबाट भक्तहरु दर्शन गर्न आउछन्| त्यहि छेउमा एउटा होटेल अनि होटेलको छेउमा एउटा स्कुल खोल्ने तैयारी हुदै रैछ| त्यसको लागि दक्ष ठेकेदार र इन्जिनियर चाहिएको रैछ| यस बाहेक, त्यसको लागि पैसाको पनि जरुरत थियो| दिदि यो योजनाको ५०% प्रतिशत साझेदार हुनु भयो र बुवाको ब्यापार बेचेर आएको सबै पैसा यो योजनामा हाल्नु भयो| भिनाजुले जब थाहा पाउनु भयो, निकै खुसि हुनु भयो| निकै नै खुसि| भिनाजुको खुसि हामि तिर पनि सर्दै गयो| परिवारमा एक जना खुसि हुदा सबै खुसि हुने अनि एक जना दुखि हुदा सबै दुखि| यस्तै हुदो रैछ परिवार| बिहानै जानु हुन्थियो भिनाजु, बेलुका फर्किनु हुन्थियो| कहिले त घर आएर पनि काम गर्नु हुन्थियो तर पनी खुसि हुनुहुन्थियो|
एकदिन अविशको चिठ्ठी आयो| दुइ महिनामा यो उसको पहिलो चिठ्ठी हो| चिठ्ठीमा….

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts