एकदिन अविशको चिठ्ठी आयो| दुइ महिनामा यो उसको पहिलो चिठ्ठी हो| चिठ्ठीमा उसको हालखबर लेखिएको थियो| मेरो हालखबर सोधिएको थियो| अविले माफी पनि मागेको थियो| माफी माग्नुको कारण, उ यति दिन सम्पर्क बिहिन थियो| थप उसले लेखेको थियो, उसलाई निकै गाह्रो परेको थियो| एक महिना भित्र बिश्वबिधालयको पैसा बुझाउनु पर्ने थियो उसको|
“मैले धेरै कोशिश गरे तर कहिँबाट मिलेन| मर्नु भन्दा गुहार्नु ठिक लाग्यो, त्यसैले तिमिलाइ यो चिठी लेख्दै छु|” अबिश्को चिठीको कुनै भागमा यो लेखिएको थियो| निकै नै संघर्ष गर्दै छ| यहाँ त्यति राम्रो जागिर छाडेर त्यहाँ अध्यनको निम्ति पुगेको थियो| भबिस्यको मार्गमा इँटा हाल्दा हातमा ठेला आउनु स्वाभाविक न हो|
म यता दिदिसंग बसेको छु| अविश फर्किएपछि, हामि पहाड पारि आफ्नै अस्पताल बनाएर बस्ने छौ| मेरो नाममा यहाँ रहेको घरको कुनै प्रयोजन देखिन मैले| अविशलाइ पनि पैसाको खाचो परेको थियो| बरु त्यहि घर बेचेर पैसा पठाईदिने निर्णय गरे| दिदिसंग सल्लाह गरे| दिदिको सहमति पाइन| यसरि पैसा पठाउनु जरुरि छैन| पठाए पनि थोरै पठाउनु भन्दै हुनु हुन्थियो दिदीले| अविशले चाहिने भन्दा धेरै पैसा माग्दै छ भन्दै हुनुहुन्छ दिदिले| मैले दिदिको कुरा नमानेर घर बेचे र दिदिलाइ सबै पैसा दिए| भरत अंकललाइ दियो भने, पैसा पठाउन सजिलो हुन्छ| त्यसैले मैले दिदिलाइ पैसा दिएको हो, भरत अंकललाइ दिनु भनि| पैसा पठाउन चाही पठाइयो तर अविशले त्यो पैसा निकाल्न मिलेन| बैंकमा केहि प्रक्रिया मिलेन छ| थप केहि समय लाग्ने भयो|
“आसिमा, दिदि जस्तै भएर बसेकी रैछौ| म झुक्किएको भए बर्बाद हुन्थिएन?” दिदिको कुर्ता सुरुवाल पहिरिएर बसेको थिए, भिनाजु झन्डै झुक्किनु भएछ| भिनाजु मसंग यसरि निकै जिस्किनु हुन्छ| सालीलाइ आघि घरवाली पनि सम्बोधन गर्नु सामान्य नै हो| त्यसैले पनि मलाई जिस्काउने गरि रहनु हुन्छ|
“अब झुक्किन पाइन्न भिनाजु| पहिले आट्नु भएन|” मैले पनि जिस्काइदिए भिनाजुलाइ|
आज भिनाजु घर चाडै आउनु भएको थियो| बेलुका भरत अंकल पनि आउनु भयो| भरत अंकल खुसि हुनुहुन्थियो| उहाहरुले काम गरिरहेको होटेल र स्कुल निकै राम्रो चल्यो| यी दुवै निर्माण गर्ने निर्णयले निकै फाइदा भएको रैछ| बन भोज त हैन तर घर भोज जस्तो चाही भयो| ६ ७ जना पाहुना आउनु भयो र बेलुकासम्म सबै गफ गर्दै अनि रमाउदै बस्यौ| त्यो रात दिदिलाइ अचानक गाह्रो भयो| राति नै हस्पिटल लग्नु पर्ने भयो| भिनाजुले सवारीको व्यवस्था गर्नु भयो र हामि हस्पिटल पुगेउ| दिदिको गर्भ तुहियो| ६ महिने गर्भ तुहिदा दिदिलाइ कस्तो पिडा भयो होला| उहा भित्र एउटा प्राण थियो तर त्यो प्राणले संसार हेर्न नपाउदै यो संसारबाट बिदा लिनु पर्यो| त्यो दिन देखि दिदिमा परिवर्तन मात्र देखे मैले| सबै नकारात्मक परिवर्तन|
शरीर कम्जोर भएको थियो दिदीको| कोठाबाट ननिक्लिनु भएको पनि एक महिना धेरै भयो| यसै बीच अर्को खबर आयो| घामको किरणले दिदिको शरीर नछोएको कति भयो झन्| यसै बीच अर्को खबर आयो| दिदिली मातृत्व सुख कहिले पनि [प्राप्त गर्नु हुने छैन| भिनाजु पनि दिदिलाइ साथ दिन घरबाट नै काम गर्न लाग्नु भयो| पहिले हफ्ताको सात दिन नै अफिस पुग्ने उहा, अहिले त्यो अंक घटेर ४ 5 दिन भएको छ| दिदिको जिउमा कुनै शक्ति छैन अनि दिदिलाइ कुनै मन पनि छैन| दिदि कहिले पनि स्वइच्छाले त्यो कोठाबाट निक्लिनु भएको छैन|
हफ्ताको ४ 5 दिन बाट हफ्ताको १ २ दिन| त्यो पनि फोन आएपछी मात्र| कि मान्छे नै बोलाउन आउनु पर्छ| भिनाजु अफिस कति दिन जानु हुन्छ भनि भनेको मैले| दिदिको हालत देखेर, भिनाजु चिन्तित हुनु हुन्थियो| मलाइ पनि दिदिको अवस्थाले सताउने गरेको थियो| दिदिको अघि खुसि देखिन्थियौ हामि तर दिदिको अनुहार हेर्ने बित्तिकै मन भित्र चिन्ताले धेरेर ल्याउछ| भिनाजु र मेरो समय भनेकै दिदिको चिन्ता गरेर बित्ने| दिदिको बारेमा बोल्दै नै बस्थियौ| कसरि दिदिलाइ पहिले जस्तो हालतमा फिर्ता लग्ने भनि कुरा हुन्थियो हामि बीच जहिले| डाक्टरले पनि दिदिलाइ शारीरिक रुपमा केहि भएक छैन भन्नु हुन्थियो| दिदिले जब मनबाट जित्न चाहनु हुन्न, त्यो बेला सम्म दिदि ठिक हुनु हुन्न भन्नु हुन्थियो डाक्टरले|
भरत अंकल घरमा आउनु भयो एकदिन| भिनाजु हुनुहुन्थिएन त्यो दिन घरमा| दिदिसंग एक घण्टा गफ गर्नु भयो| गफ के भयो मलाई थाहा छैन| दुवै छतमा हुनुहुन्थियो| फर्किने बखत “नानि, तिम्रो पैसा भोलि आउछ है ब्यांकमा|” भन्दै जानु भयो| अविशलाइ पठाएको पैसा अहिले सम्म पनि फिर्ता आएको थिएन| अविशले नागरिकता नम्बर गल्ति दिएर पैसा उसले झिक्न मिलेन र पैसा फिर्ता आउन यति समय लाग्यो| पैसा फिर्ता आउने बित्तिकै अविशलाइ पठाउछु भनि सोचेको थिए| तर अविशको फोन वा चिठी नआएको धेरै भएको थियो| उसलाई कस्तो छ? सन्चै त होला है अविश| फेरी मैले पठाईदिन्छु भनेको, पैसामा लफडा भयो| उसले कसरि त्यति धेरै पैसा बन्दोबस्त गर्यो होला| भोलि मेरो बर्थडे| भोलि त फोन गर्ला उसले|
भिनाजु साझ साझ आउनु भयो| दिदीले मलाई दिउसै भन्नु भएको थियो “भिनाजु आउने बित्तिकै मलाई भेट्न भन्नु|” दिदि र भिनाजु बीच लामै गफ भयो| गफ के भयो थाहा थिएन तर दिदिको अनुहारमा निरास्ता थियो| दिदिलाइ सोध्न मन थियो तर भिनाजुलाइ सोध्न सजिलो लाग्यो| अचेल दिदिसंग भन्दा पनि भिनाजुसंग नजिक छु| भिनाजुलाई मनको कुरा भन्न सजिलो लाग्छ| दिदि पहिले जस्तो हुनुहुन्थिएन| दिदिलाइ भने पनि, दिदिबाट केहि प्रतिक्रिया आउने हैन| दुइ तिन पटक प्रतिक्रिया नआएपछी, भिनाजु मेरो नया साथि हुनु भएको थियो| भिनाजु पनि भर्खर अफिसबाट आउनु भएको थियो, भोलि सोध्छु सोच्दै दिदिको बारे केहि सोधिन|
“भिनाजु, मलाई भोलि जन्मदिनमा के उपहार दिनु हुन्छ?” भिनाजुलाइ आफ्नो जन्मदिन याद गराए|
“यति राम्रो भिनाजु हुदा हुदै अरु के चाहियो तिमीलाई?” भिनाजुले फेरी पनि जिस्काउनु भयो|
बिहान दिदि भिनाजुले नै निन्द्राबाट बिउझाउनु भयो मलाई| त्यसको केहि बेरमा अविशको फोन आयो|
“अविशको फोन|” भन्दै भिनाजुले मलाई बोलाउनु भयो| मैले भिनाजुको हातबाट फोन लिए र हेल्लो भने| अविशले मलाई आज, जिन्दगि भुल्न नसक्ने उपहार दियो|
