“बेहेन***, के मेसेज पठाएको तैले?” मैले फोन उठाए, र फोन उठाउने बित्तिकै फोनको अर्को तर्फबाट, कोहि निकै रुखो हुदै मलाई गालि गर्न थाल्यो|
“मैले के मेसेज पठाए र? मुख सम्हालेर बोल्ने गर साथी|” स्थिति हेरेर शब्दको सहयोग गर्नु पर्छ नत्र शब्दले पोल्ने मात्र हैन बित्यास नै पार्छ| चाहेको भए मैले पनि त्यो मान्छे जस्तै अपशब्दको सहयोग लिएर जवाफ फर्काउन सक्थिए तर एउटाले गु खायो भन्दैमा मैले पनि त्यहि गु खानु पर्छ भन्ने छैन नि| यदि समयले माग्यो नै भने, बरु भेटेर सल्टाउने हो, यसरि फोनमा बिरालोले पनि बाघ हु भन्दै धम्कि दिन्छ|
“*** को बान, *** फेक के मारु, के गरेको भन्दै सोध्छस! अघि देखि तेरो आमालाई मेसेज पठाउदै छस्?” म नम्र भएर बोल्दै थिए तर उताबाट यसरि गालि गरिदै थियो कि मानौ M416 बाट गोलि बर्सिदै छ| कल्युग हो, बुद्धले पनि बन्दुक भिरेको हुन्छ| उताबाट मलाई गालि गर्दै छन् भनि सोच्ने मौका नै पाइन मैले, मेरो दिमाग अरु कतैको घुमफिरमा निक्ली सक्यो| मैले अघि देखि मेसेज त पठाउदै थिए, तर मैले मेरी उनलाई मेसेज गरेको थिए| यो केटालाइ कसरि गयो त्यो मेसेज? कहिँ सिडले गल्ति नम्बर दिएको त हैन नि मलाई? कहिँ उनको बोइफ्रेन्ड त हैन नि अहिले मलाई फोन गर्ने मान्छे? धेरै बेर सोच्ने मौका पनि पाइन, उताबाट फेरी आवाज आयो “मु*, खाते, को होस् त?”
के बोल्नु? के भन्नु? गल्ति मेरै हो| जोरी खोज्नु त के जोरी खोज्नु, दोषीले सजाय पाउने हो न्याय हैन| तर जवाफमा के बोल्ने भनि सोच्न सजिलो थिएन|
“म रेडियो इन्द्रेणीबाट बोल्दै छु| हामि एउटा कार्यक्रम चलाउछौ जहाँ मान्छेलाइ नानाथरी मेसेज गरि उनीहरुको reaction सुन्छौ|” यति भनेपछि कुरा मिल्छ भन्ने ढुक्क थिए म| नभन्दै उताबाट बोल्ने शैली नै परिवर्तन हुदै जवाफ आयो “सरि, मैले अरु केहि सोचे| मेरो बहिनिलाइ कसले दुख दियो भन्दै थर्काए| सरि है|” यति भन्दै फोन राखे उनीहरुले अनि मैले एउटा ठुलो समस्याको हाल निकाले|
अघि मैले जसलाई मेसेज गरे, त्यो नम्बर अहिले फोन गर्ने केटाको हैन| त्यो नम्बर फोन गर्ने केटाको बहिनिको हो| अब उनको बहिनि मैले सोचेको मान्छे नै भए, उनि मेरो जेठान पर्छन नत्र उनको बहिनि मेरो पनि बहिनि| त्यो नम्बर कसको भनि थाहा पाउन मैले त्यो नम्बरमा फोन गर्नु पर्ने हुन्छ र त्यसो गर्ने हिम्मत छैन| यदि अघिको मान्छे छेउमा भए, यो पटक पक्कै पनि मेरो किमा बनाउनेछ|
“उल्लु| ग्वाच| दिमाग नभएको|” यो मैले अरुलाई गालि गरेको हैन, आफुलाई नै गालि गरेको हो| मैले अघि देखि जुन नम्बरमा मेसेज गर्दै थिए, त्यो नम्बर सहि हो कि गलत भनि मैले धेरै दिमाग खियाउनु नै पर्दैन नि| Truecaller कुन दिन काम लाग्छ! Truecaller मा अघिको नम्बर search गरे| Truecaller मा नाम देखे “अपेक्षा”| मैले मेसेज गरेको न नम्बर गलत थियो न मान्छे, समय गलत थियो अनि थोरै मेरो सोचाइ पनि|
यहाँ गल्ति के भयो भन्दा, मैले गल्ति समयमा उनलाई मेसेज गरे| अनि अर्को गल्ति के गरे भन्दा, अपेक्षाले मलाई चिन्छिन् भनि सोचे| मसंग पो उनको नम्बर थियो, उनीसंग मेरो नम्बर थिएन| अनि कसरि चिन्छिन् त उनले मलाई| नचिनेको नम्बरबाट मेसेज आउदा पक्कै पनि उनि अत्तालिएको हुनुपर्छ| त्यसपछि के भयो सबै हजुरहरुलाई थाहा नै छ|
“म K हो|” यति लेखेर पठाए उनको नम्बरमा| फेरी पनि एकछिन सम्म मेसेजको रिप्लाई आएन| अर्को मेसेज पठाउने आट छैन| अगुल्टो ले हानेको कुकुर र गु* च्यापिएको बादर, जति चम्किए पनि केहि गर्न सक्दैनन्| म पनि त्यहि हालतमा थिए| जेठानले मलाई केहि नठानेर हप्काएका थिए| अरु कोहि भएको भए, मैले पनि केटा बटुलेर थर्काउथिए होला तर आफ्नै मान्छेलाइ किन त्यस्तो गर्नु|
एकछिनमा अपेक्षाको नम्बरबाट फोन आयो| फेरी पनि उनको दाइले फोन गर्यो र अभ चाही थर्काउने मात्र हैन पच्काउने काम पनि हुन्छ भनि चिन्तित भए| डराएर फोन उठाए…
