Part 8

दुइ हफ्ता उनि बिना कसरि बस्नु? उनि मेरो आदत भएकी थिइन्| मैले आफुलाई रोक्न सकिन र उनलाई फोन गर्न भनि मोबाइल हातमा लिए| फोन गर्न भनि लिएको मोबाइल, फोन गर्न छाडेर मोबाइल हातमा खेलौना लागे| बुढी औला र चोर औला बिचमा मोबाइल च्यापी, मोबाइललाइ फिजेट स्पिन्नर जसरि घुमाउन लागे|

हातमा मोबाइल घुमाउदै थिए र मनमा कुरा| फोन गरौ कि नाइँ भन्ने दोधारलाइ पार गर्न निकै मुश्किल पर्दै थियो मलाई| इन्जियरिंगको परिक्षा सजिलो यो दोधार भन्दा|

मनले केहि भन्दै थियो भने दिमागले अरु केहि| चर्का चर्की नै पर्यो मन र दिमाग बीच| यदि म संसद भवन भएको भए, मन र मस्तिस्कले एक अर्कामाथि कुर्ची प्रहार गर्थीए होला| बिजेपी र इन्डियन कांग्रेस झैँ एक अर्काको एजेन्डालाइ बलियो बताउदै थिए मन र मस्तिस्क दुवै|

मोबाइलमा गेम छ तर मोबाइल भित्रको गेम हैन, मन भित्र कुरा अनि हातमा मोबाइल खेलाउन मात्र जाने मैले| अन्त्यमा एउटा निर्णयमा पुगे जुन मेरो सुरुको निर्णय नै थियो| मलाई थाहा थियो मेरो अन्तिम निर्णय पनि यहि हुनेथियो तर निर्णय लिइसकेपछी सोच्नु भन्दा निर्णय लिनु अघि सोच्नु ठिक हो नि| मेरो निर्णय भनेको उनलाई फोन गर्ने|

149,600,000 किलोमिटर| अघिको अंकलाइ ignore हान्नु भयो होला है सबैले| सुर्य र पृथ्वी बीचको दुरी भनेको 149,600,000 किलोमिटर| अलि सजिलै पढ्न सकिने अंक भन्छु है त| 384,400 किलोमिटर| यो चाही चन्द्रमा र पृथ्वीको दुरी| ३० किलोमिटर| यो चाही मेरो र उनको घरको दुरी| ५ centimeter| यो चाही मेरो औला र मेरो मोबाइलको दुरी| सुर्य र पृथ्वीको दुरी कति धेरै छ तर सुर्यको किरणलाइ पृथ्वी सम्म पुग्न जम्मा आठ मिनेट ३० सेकेन्ड लाग्छ| तर मेरो औलाले जाबो त्यो फोन गर्ने हरियो बटन थिच्न, जसको दुरी ५ centimeter पनि थिएन, त्यो दुरी तय गर्न ५ मिनेट भन्दा धेरै लियो| कहिले काही यस्तो लाग्छ, यदि यसरि नै, यहि गतिमा मैले सबै काम गर्ने हो भने, मेरो मुटु र उनको मुटुको दुरी ९१७,३९०,७१२,३०९,७२१,३०९ किलोमिटर हुनेछ| अनि यो दुरी पार गर्न मलाई १४ जुनी लाग्नेछ|

यति मिहिनेत गरेर, यति समय लगाएर हरियो बटन थिचेको थिए तर थिचेको एक सेकेण्ड भित्र रातो बटन थिचेर फोन काटे| यति कोशिश गरेर हिम्मत जुटाएको थिए, फेरी पनि हिम्मत जुटाउने हिम्मत गर्न सकिन| फोन गर्ने पो हिम्मत नभएको तर मेसेज त गर्न सक्छु नि!

“Hey, what’s Up?” मेसेज टाइप गरे अनि उनलाई पठाए| पहिलो चोटी उनलाई मेसेज गर्दै थिए, त्यसैले grammar पनि मिलाएर लेखेको थिए| impression जमाउन हरेक कोशिश गर्दै थिए| एकछिन पर्खिए तर मेसेजको रिप्लाई आएन| उनि बिजी हुन सक्ने सभावनालाइ नजर अन्दाज गर्न मिल्दैन मैले| रिप्लाई आएन अघिल्लो एक घण्टासम्म पनि| केहि नलागेर अर्को मेसेज गरे|

“रिप्लाई गर्न कत्रो गाह्रो मानेको हौ| रिप्लाई मागेको हो, दिल हैन|” हिम्मत गरेर यति लेखेर पठाए| फेरी पनि रिप्लाई आएन| हैन यो केटीलाई भएको के| रिप्लाई नगर्ने केहि कारण नै छैन तर पनि रिप्लाई किन नदिएको हो| एउटा अन्तिम मेसेज पठाउने निर्णय लिए|

“Busy हो?” यति मात्र लेखेर पठाए| अभ पनि रिप्लाई आएन भने चाही मैले गर्न सक्ने भनेको फोन हो र त्यसको लागि फेरी पनि मैले हिम्मत जुटाउनु पर्ने हुनेछ| सोच्दै नै थिए, यत्तिकैमा नया नम्बरबाट फोन आयो|

फोन कसले गरेको होला? जसको पनि हुन सक्छ| नचिनेको मान्छे नि हुन सक्छ या उनि पनि हुन सक्छिन| उनको मोबाइलमा ब्यालेन्स नभएर पो रिप्लाइ नगरेकी हुन् कि उनले| त्यसैले फोन गरेकी हुन् कि नया नम्बरबाट? खुसि हुदै फोन उठाए|

“बेहेन***, के मेसेज पठाएको तैले?” मैले फोन उठाए, र फोन उठाउने बित्तिकै फोनको अर्को तर्फबाट, कोहि निकै रुखो हुदै मलाई गालि गर्न थाल्यो|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts