Part 10

एकछिनमा अपेक्षाको नम्बरबाट फोन आयो| फेरी पनि उनको दाइले फोन गर्यो र अभ चाही थर्काउने मात्र हैन पच्काउने काम पनि हुन्छ भनि चिन्तित भए| डराएर फोन उठाए, उताबाट कंश हैन कन्याको आवाज आयो| अपेक्षाले नै फोन गरेको भनि पक्का भयो|

“खतरा थर्काउनु भयो त तिम्रो दाइले|” यसो भन्न हुन्थिएन, आफु तल परेको जस्तो देखिने तर भनिसके पछी मात्र बिचार गरे|

“पागल, अनि कसले त्यसरी मेसेज गर्छ? त्यो पनि नया नम्बरबाट|” अपेक्षाको यो जवाफ अपेक्षित थियो|

“नम्बर नचिनेको भए पनि मान्छे त चिनेको थियौ नि!” जिस्किए तर डराई डराई| पेट्रोल पम्पको छेउमा बसेर चुरोट तान्दै गरेको अनुभव जस्तै हो यो| कहिँ उनको दाइ फेरी पनि छेउमा भएर, हाम्रो सबै गफ सुन्दै छन् भने, मेरो खैर छैन| तर ढुक्क हुन खोज्यो फेरी यो मन, दाइ छेउमा भएको उनले फोन नै गर्दिन थिइन्|

अपेक्षा: “मान्छे चिनेर के भयो र! अहिले हातमा मोबाइल छ, अनि मोबाइलमा तिम्रो नम्बर छैन| यसमा मेरो के गल्ति|”

म: “चाहना भए पछी नम्बर मात्र हैन, मान्छे पनि सेभ हुन्छ मोबाइलमा|”

अपेक्षा: “सच्चि तिमीले मेरो नम्बर कसरि पायौ?”

म: “भने त, चाहना भएपछी जे पनि हुन्छ|”

अपेक्षा: “त्यहि पनि भन न|”

म: “किन दाइलाइ भन्दिन्छौ हो, यसले मेरो नम्बर सबैलाई दिदै छ भनि?”

अपेक्षा: “छ्या! तिमि पनि| जे पायो त्यहि|”

हाम्रो गफ पनि त्यो पुरानो स्प्लेंडर बाइक जस्तै एक दुइ kick हानेपछि मात्र start भयो तर जब start भयो, रोकिने सुरसार नै छैन| अब हाम्रो गफ अनि कल्पना बिना कुनै रोकतोक कहिले चन्द्रमा पुग्ने भने कहिले सात समुन्द्र पारि| अलि धेरै भयो है? मेरो भनाइको तात्पर्य यति मात्र हो कि बोल्दा बोल्दै समय गएको अलिकति पनि पत्तै भएन| यसरि नै ४३ मिनेट र ४० सेकेन्ड बोलिसके पछी अपेक्षाले फोन राख्ने तरखर गर्न लागिन्|

अपेक्षा: “Exam आइसक्यो, हामि चाही फोनमा| तैयारी गर्नु पर्दैन?”

म: “”Exam को नै तैयारी गर्दै छु म|”

अपेक्षा: “फोनमा बोलेर हुन्छ नि exam को तैयारी| पढाइको कुरा गरेको भएनि हो भन्नु, हावा गफ गरेर बसेको छौ फेरी हामि दुबै|”

म: “मैले किन फोन गरेको भन्दा, तिमिलाइ math राम्ररि आउछ| group study गर्न मिल्छ?”

अपेक्षा: “कहिले?”

म: “Exam सकिएसी त पक्कै हैन| भोलि भ्याउछौ?”

अपेक्षा: “हुन्छ, कहाँ?”

म: “तिम्रोमा त मिल्दैन| फेरी math पढ्न गएको मान्छे, तिम्रो दाइले दात गनेर पठाउलान् भन्ने डर|”

अपेक्षा” छ्या, तिमि त अत्ति के| त्यस्तो पनि हुनुहुन्न के दाइ| त्यो त आज त्यस्तै भयो|”

म: “त्यसो भए तिम्रोमा नै बस्ने हो त?”

अपेक्षा: “नाइँ नाइँ मिल्दैन, कहाँ मेरो घरमा मिल्छ र|”

म: “मैले अघि नै भनेको हैन, तिम्रोमा मिल्दैन भनेर| तिम्रो धक्कु ठुलो| अविसकोमा भेटौ न त सबै|”

अपेक्षा: “सबै भन्नाले?”

यसपछि को को भेट्ने अनि कति बजे भेट्ने पनि निधो गर्न लागियो| भेट्ने भन्दा पनि भेटेर पढ्ने| गनेर ८ जना साथि भेट्ने भइयो अनि सबैलाइ भेट्ने योजना बारे जानकारी दिइयो| अभ भेटेर पढ्ने हो कि के गर्ने भोलि मात्र थाहा हुन्छ| भेट्ने चाही बिहान ११ बजे|

“तिम्रो बाइक छैन है?” अपेक्षाले निकै मुस्किल प्रश्न सोधिन्| बाइक छ तर आफ्नो हैन, बुवाको हो| अब बुवाको बाइकलाइ आफ्नो बाइक भन्न मिल्छ कि नाइँ? बुवा मेरो, बुवा मेरो भएपछी बाइक पनि मेरो| छ भनिदिए|

“भोलि मलाई लिन आउ है|” अपेक्षाले यति भनेपछी नाइँ कसरि भन्नु| नाइँ भनिन तर दाइले देखे भने के गर्छौ भनि जिस्किन पनि छाडिन|

बुवासंग बाइक कसरि माग्नु? के झुठ बोल्नु? के बहाना बनाउनु? बुवाले फेरी मान्ने हो कि नाइँ? नमाने भने कुन साथीको बाइक माग्नु फेरी| बुवाको अघि पुगे|

बुवा सोफामा बस्नु भएको| बुवाको एउटा खुट्टा माथि अर्को खुट्टा| दाहिने हातमा रिमोट| अगाडी टिभी चालु छ र टिभीमा इन्डिया अस्ट्रेलियाको टेस्ट म्याच चल्दै छ| इन्डियाको स्थिति राम्रो छ क्रिकेटमा, सहि समय यहि थियो| बुवालाइ भोलि साथीको जाने भनि बाइक मागे| बुवाले हुन्छ भनि स्वीकृति दिनु भयो| भोलिको लागि सबै तैयारी सकियो|

बिहान उठेर खाना खाए र तैयार भए अनि बैक स्टार्ट गरेर लागे अपेक्षाको घर तीर|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts