त्यहाँबाट उनलाई छाडेर कहिँ जान मन थिएन तर समय बैगुनी| हातमा घडी लगाएपनि, समय हत्केलामा नहुने| यदि समानान्तर दुनिया हुदो हो भने, समय girlfriend हुदो हो अनि मानबजाति सबै boyfriend| girlfriend को इशारामा boyfriend नाचे जस्तै, हामि समयको इशारामा नाच्छौ| सायद उदाहरण गल्ति भयो| सायद हामि घडीको सुइ हुनुपर्छ, जुन सधै समयको वरिपरी घुमी रहन्छौ|
एउटा बाइक मात्र छ| अपेक्षा अनि उनको साथीलाई घर सम्म पुर्याउन| बाटोमा मामुको भाइ भेटिनु भयो भने, चिया खर्च दिन मिल्न त मिल्छ| तर अपेक्षाले टेम्पुमा जान्छु भनिन्| दुइ चक्के भन्दा तिन चक्के सुरक्षित नही हुन्छ| मनले नाइँ भन्दै थियो| दिमागले सहमति जनाउदै थियो| अपेक्षा टेम्पोमा गइन्| म पनि त्यहाँबाट सिधै साथीकोमा गए| साथीको हालत देखेर साथि रिसाउनु पर्ने हो| कति सम्म रिसाउछ चाही, उसले बाइकको हालत थाहा पाएछी मात्र मैले थाहा पाउछु|
“बाइक लड्यो!” साथीलाई यति भन्न निकै नै मुश्किल भयो मलाई| केटालाइ आफ्नो प्रेमिका भन्दा बाइकको माया लाग्छ|
“बाइक छोड, के भयो कुरा चाही?” साथीसंगको सम्बन्ध नै बेग्लै हुने| कहिले ५ रुपैयाको लागि बाझाबाझ पर्छ भने कहिले करौडोको बिस्वास गरिन्छ| बिस्तारमा सबैलाइ सबै सुनाए| मनमा राख्नु के नै थियो र राखेर के नै हुनेथियो र! खुसि जति जतायो, त्यति बढ्ने| आफ्नो खुसिको रंगमा सबैलाई रंगाईदिए| खुसि भएर मात्र हुन्न| मनाउनु पनि पर्छ| केहि बेर अघि ओठले चुमेको रक्सिले असर गरेको जस्तो लाग्थियो तर खुसिको सामु त्यो सोमरस कहिँ गएर बिलिन भएको हुनु पर्छ|
कुरा संगै समय यसरि बित्यो कि जसरि साइलोको जवानी खाडीमा बित्छ, पत्तो हुदैन| जब थाहा हुन्छ, अबेर भइसकेको हुन्छ| ३ बजेको थियो| मलाई समयको ख्याल थिएन| बोल्नु थियो उनिसंग| फोन गरे| फोन उठेन| सुति सकेकी होलिन् उनि| मैले बुझे तर रक्सिले कसरि बुझ्नु| अझै दुइचोटी फोन गर्न बाध्य बनायो म माथि हावी भएर| नास्तिकलाइ न भूतले फरक पार्छ न भगवानले| अपेक्षा निदाएकि छिन्| उनलाई न मेरो मेसेजले बिउझाउछ न मेरो फोनले|
बिहान उनको फोनले नै बिउझायो मलाई निन्द्राबात| हिजो उनले फोन रिसिभ नगर्दा एकछिन भएपनि निन्द्रा नलागेको थियो मलाई, अनि अहिले उनकै फोनले बिउझायो|
“कलेज नआउने हो?” उनको यो प्रश्नको जवाफमा, चाहेर पनि आउदिन भन्न सक्दिन| “एकछिन, पुगीहाले|” जवाफ दिएर तैयार भएर कलेज लागे| ४५ मिनेट भित्र कलेज पुगे|
“ढिलो सुतेर निन्द्रा नि ढिलो खुल्यो|” भेट्ने बित्तिकै बहाना बनाए| या भनौ झुठ बोले| अहिले पनि मुख रक्सि गनाउदै थियो|
“ ढिलो सुतेर हो कि धेरै धोकेर हो|” उनको जवाफ सटिक थियो|
“ ढिलो सुतेर हो के|” हासो देखाएर अनि लाज पचाएर जवाफ दिए|
“ढिलो सुतेउ त मलाई पनि थाहा छ, मिसकल थियो मेरी फोनमा| ढिलो सुत्नुको कारण त्यहि हो नि?” यस्तो चेपेर कुरा गर्दै छिन् उनि, मानौ चक्रपथको गाडी चालक हुन्|
“तिमीलाई….” यतिमै रोकिए म| धन्न रोकिए| रोकिए भन्दा पनि रोकियो मलाई| हाम्रो अगाडी एउटा सर आएर उभिनु भयो र मसंग बोल्न थाल्नु भयो|
“२ हफ्ता पछी programme हुदै छ| तिमीले नि perform गर्नु पर्छ है|” भूकम्प जस्तै अचानक आएको यो प्रस्ताभले मलाई पनि हल्लायो| पहिले पनि यस्तो कार्यक्रममा perform नगरेको हैन तर यहाँ एक पटक पनि गरेको थिइन| मैले नाइँ भन्दै थिए| सिधै नाइँ भन्न मिल्दैन थियो, त्यसैले सरसंग समय माग्दै थिए| सरले पनि हुन्छ भन्न लाग्नु भएको थियो, अपेक्षाले कुरा बिगारिन्|
“हुन्छ भन न| मलाई आउने भए म त भन्थिए|” अपेक्षाले यति भनेपछी नाइँ भन्न नमिल्ने| सरलाई हुन्छ भने अनि एउटा कबिता बाचन गर्ने बाचा गरे|
भर्खर भर्खर औपचारिक रुपमा सम्बन्धमा गासिएको हामि| हरेक पल यसै रमाइलो उनको हासोमा पनि माया देख्ने अनि गिज्याईमा अपनी| मौनतामा पनि भावना भरिएको र स्वरमा जीवन भरिएको|| कलेजमा संगै हुदा समय गएको, फोनमा बोल्दा समय बितेको पत्तो नहुने| तर त्यस बाहेकको एक एक घडी १४ बर्षे बनबास जस्तो लाग्ने| बनबासको पिडा कस्तो थियो रामलाइ हैन दशरथलाइ सोध्नु पर्छ अनि म दशरथ भएको थिए|
केहि दिन यसरि गयो| स्कुल बेला एउटा सरले “To the point” भएर कुरा गर भन्नु हुन्थियो| उहाकै भाषामा भन्ने हो भने, ७ दिन बित्यो यसरि| ७ दिन पछी कलेजमा कार्यक्रम छ| उनकै बयान गरेर, उनलाई नै समर्पण गर्दै एउटा कविता लेख्ने बिचार गरे| हत्तारिएर लेख्नु थिएन| कस्तो लेख्छु र के लेख्छु थाहा छ| मात्र सहि शब्दलाइ भावसंग जोड्नु थियो|
प्रोग्राम सोमबार थियो| बुधबारको दिन कलेज बन्क गरेर हामि पार्क पुगेउ| उनको काखमा पल्टिए म र उनको आखामा नियाल्न लागे| आखाले सुरु गरेको गफ, शब्दमा पुग्यो| गफ हुदै थियो| थुप्रै गफ हुदै थियो|
सम्बन्ध एउटा रथ हो, अनि केटा केटि त्यहि रथको दुइ पांग्रा| यो सबैले सुन्नु भएको छ होला| पहिलेको समयमा रथ हुन्थियो| अहिले रथ कहाँ पाउनु| समय संगै यो भनाइ पनि परिवर्तन गर्न चाहे मैले| एउटा रथको दुइ पांग्रा हैन एउटा साइकलको दुइ पांग्रा| तर अचेलको सम्बन्ध निकै द्रुत छ| साइकल हैन, एउटा बाइकको दुइ पांग्रा| गाडीमा reverse gear हुन्छ र पछाडी जान पनि सजिलो हुन्छ| तर बाइकमा कहाँ हुनु reverse gear| मिहिनेत आफैले गर्नु पर्छ, पछाडी लाग्ने भए| जब समबन्ध बाइक हो भने, पछाडी जादा गाह्रो जोडीलाइ त हुने हो| कहिले मनको भावना पोख्ने लाइ मुस्किल हुन्छ र कहिले त्यो भावना बुझ्नेलाइ|
जब कुरा मोडियो अतित तिर, अपेक्षाको आखामा आशु थियो अनि मेरो आखा पनि भिजेका थिए| अपेक्षाले म भन्दा अघिको सम्बन्धको बारे भन्दै थिइन्| दाइको साथि रैछ| सुरुमा मन परेपनि, व्यवहार ढिलो थाहा भएछ| शंखालु, रिसाहा, आजादी खोस्ने, नसोधी केहि गर्न नदिने,झर्किने, हात हाल्ने, गुण्डा, सोमत नभएको, भबिस्य नसोच्ने….| यस्तो थियो त्यो मान्छे| “बरु पिजडाको पन्छी खुल्ला महसुस गर्छ होला तर मेरो त पखेटा काटेर पिजडा बाहिर राखिदिएको थियो मलाई| उसलाई कसरि बुझाउने मैले, मेरो संसार यो जमिन हैन त्यो गगन हो भन्नि| कति सहे मैले| उसले बुझ्छ भन्ने आशमा| अन्तिममा मैले सहन सकिन र सम्बन्धबाट मुक्त हुने खोजे| मैले चाहेर मात्र नहुने, उनले नमान्ने| बल्ल बल्ल उसलाई पनि मनाए र कति महिना लाग्यो उ बाट पिछा छुटाउन|” अपेक्षाले यति भन्दै मलाई अंगालिन्| मेरो मनमा कति प्रश्न थिए जुन उनलाई सोध्नु थियो तर त्यो प्रश्नहरुले उनलाई घोच्ने थियो| चुप बस्नु उचित माने|
त्यो दिन घर फर्किदा सम्म सबै ठिक थियो तर….
