त्यो दिन घर फर्किदा सम्म सबै ठिक थियो तर… घर पुगेर के नै गर्ने हो र मैले| खाना खाए जस्तो गरे| आफुले मात्र खाएर नहुने, मोबाइललाइ नि भोक लागेको थियो| चार्जरको चम्चाले मोबाइललाइ खाना खुवाउन लागे| खाना खादा बोल्नु हुन्न| त्यसैले मोबाइल चुप भयो र म भने बादरको पुच्छर भए| न लौरो, न हतियार| यहि मौकामा एकछिन मामुसंग बोल्न लागे| आमा पनि एकछिन् अचम्मित, आखिर यो किन यसरि बोल्दै छ?
आमा र मेरो सम्बन्ध कस्तो छ? यस्तो प्रश्न आयो होला है? आमा र मेरो सम्बन्ध जस्तो हुनुपर्ने त्यस्तै छ| आमाले मलाई त्यतिकै नै माया गर्नु हुन्छ अनि म पनि आमाली त्यत्तिकै नै माया गर्छु| त्यति भनेको कति फेरी? त्यतिकै भनेको यतिनै भन्ने छैन| माया पनि नाप्न मिल्छ र? तर आमाले यो संसारमा कसैलाई सबैभन्दा धेरै माया गर्नु हुन्छ भने त्यो हो मलाई| बाकि भनि राख्नु पर्दैन| जब यति माया छ भने, आमासंग बोल्दा आमा अचम्मित किन फेरी? त्यो चाही किन भने, दिउसो जहिले आमा सिरियलमा मस्त अनि म मोबाइलमा ब्यस्त|
मोबाइलको भोजन ग्रहणको कार्यक्रम सकिएपछी, फेरी मोबाइलको ड्युटी सुरु भयो| गाह्रो छ नि बिचरो यो मोबाइललाइ पनि| दिनरात मिहिनेत गर्छ| भोक प्यास निन्द्रा भन्न पाउदैन| दिनको केहि छाक खाना बाहेक के नै दिएको छु र मैले यसलाइ| कहिले कहिँ लुगा (back cover, temper glass) च्यातियो भने, नया किन्दिन्छु| त्यो पनि केहि दिनको अन्तराल लिएर| मोबाइलको बफादारी हेर्ने हो भने, कटप्पा नाम दिए हुन्छ मैले मोबाइललाइ| भयो छाडौ यस्ता कुरा, अपेक्षालाइ फोन गरे|
फोन उठेन| सायद निदाईन् होला| केहि अरु काममा लागेकी पनि हुन सक्छिन्| एकछिनमा मिसकल देखेसी आफै फोन गर्छिन्| त्यो बेला सम्म के गर्ने? धन्न Jio छ| youtube खोलेर भिडियो हेर्न लागे| भिडियो हेर्दा हेर्दै, घण्टाको सुइ, २ बात ४ मा पुगेको पत्तो भएन| जब चाल पाए, अपेक्षाको याद आयो| अहिले सम्म अपेक्षाले फोन गर्नु पर्ने हो| फोन नभएपनि मेसेज त गर्ने पर्ने थियो|
आफैले फोन गरे उनलाई| फेरी पनि उठेन| उनि रिसाएको त पक्कै पनि हैन| मैले उनलाई रिस उठाउने केहि काम गरेको पनि छैन| सन्चो भएन कि? सन्चो नभएपनि मेसेज त गर्नु पर्ने हो| कहिँ दाइ त हुनु हुन्न छेउमा? कारण धेरै हुन सक्छन्| मेरो आकलन त्यसको दोब्बर हुन्छन्| जवाफ जाबो एउटा| जाबो एउटा जवाफको लागि, अनगिन्ती कारण खोज्ने र आकलन गर्ने कार्य किन गर्नु| त्यो दिन एक पटक पनि गफ भएन उनीसंग| अकबरे खुर्सानी खाएपछि पिरो नहुने र प्रियसीले फोन नउठाउदा मन नपोल्ने, यस्तो निकै कम हुन्छ|
ऊनीसंग अर्को भेट कलेजमा नै भयो सिधै| बोलचाल पनि त्यहि नै हो| धरै पछी भेटेको वा बोलेको हैन| १६ घण्टाको अन्तराल होला| तर सधै सबै बखत बोल्ने मान्छेसंग एकछिन पनि बोल्न नपाउदा, युग नै बिते जस्तो हुने| झन् यहाँ पल हैन १६ घण्टा बितेको छ|
“ओइ, के भयो?” मेरो यो प्रश्नको जवाफ “केहि हैन” मात्र आयो उनीबाट| उनलाई माया मात्र गर्न आउछ, झुठ बोल्न न आउने| उनले झुठ बोल्दै छिन् भनि उनको शब्दले नभनेपनि, उनको लवज अनि उनको अनुहारले उनको साथ दिएको थिएन| कति कोशिश गरे तर उनले केहि भनिन|
“सन्चो भएन?” “घरमा सबैलाई ठिक छ नि?” मैले सोच्न सकेको यति मात्र थियो| यह बाहेक कारण के हुन सक्छ र उनि चुप रहनु, उदास हुनु र बदलिनुको कारण|
“Don’t irritate me.. मैले भने नि, केहि भएको छैन|” उनलाई किच किच गर्न खोजेको हैन| उनलाई वाक्क लगाउन खोजेको पनि हैन| उनको मनमा लुकेको छ उनको उदासीनताको कारण| यो कुनै सम्पति पनि त हैन, जनैको साचो जस्तो लुकाउनलाइ| बरु मसंग पिडा बाढे, उनको मन पनि हलुको हुनेथियो| उनलाई यसरि उदास रही रहन दिन सक्दिन म| बरु उनको रिस सहन्छु, गालि खानु परेन पनि खाउला तर उनको मनमा के छ थाहा पाउनु छ| जिद्दी गर्न सुरु गरे|
“हिजो हामि पार्कबाट निक्लिदा, उत्सभले हामिलाइ संगै देखेछ|…” अरु केहि पनि भन्न लागेकी थिइन् उनले तर मैले बिचमै रोके| उनलाई बिचमै रोकेर प्रश्न गरे “को उत्सभ? तिम्रो दाइ?”
“कहाँ हुनु मेरो दाइ| मेरो ex| दाइको साथि| तिमि को हो भन्दै सोध्दै थियो| तिम्रो बारेमा भनौ कि नाइँ भनि दोधारमा परे| किन नसोध| धेरै सोच बीच हाम्रो बारेमा भने उत्सभलाइ| उसलाई चित्त बुझेन| उ अहिले पनि म भनि बसेको छ अनि म कसरि नया सम्बन्धमा छु भनि गुनासो गर्दै थियो| यसमा मेरो केहि गल्ति छैन अनि उसको पनि केहि गल्ति छैन भनि मैले बुझाउन खोजे उसलाई तर उसले बुझ्ने नखोज्ने| धरै धम्कि दियो उसले| यो गर्छु, त्यो गर्छु भनि| यसै त रिसाहा मान्छे, झन् बहुलायो भने जे नि गर्न सक्छ| यहि सोचे| डर लाग्यो| के गर्ने नगर्ने भनि सोच्न गाह्रो भयो| त्यसैले पनि हो हिजो मैले तिम्रो फोन रिसिभ नगरेको| धन्न तिम्रो नाम र पहिचान खुलाईन मैले| मात्र यति भने कि म कसैलाई माया गर्छु| अब उसले तिम्रो बारेमा थाहा पाएपछी,तिमीलाई जे पनि गर्न सक्छ| उसले अहिले पनि मसंग नै माया गर्छु भन्छ| फेरी पनि मसंगै सम्बन्धमा गासिन चाहन्छ| basically, he wont leave me at any cost|” अपेक्षाले सक्दो सम्हालिएर मलाई जवाफ दिइन्|
“अनि तिमि के चाहन्छौ?” उनलाई अँगालोमा लिदै प्रश्न गरे|
“It’s not about what I want| वो जो चाहेगा वही करेगा| पहिले पनि उसले जे चाहेको थियो त्यहि भएको हो| गल्ति मेरो हो| मैले भुले, कि म उसको संसारमा कैद एउटा बन्दि हो| हामीले जे चाहे पनि केहि हुन्न| त्यसैले तिमि जिद्दी नगर| म केहि भन्छु मान है| हामि अहिले…..” उनको निर्णय म सुनाउन चाहन्न| उसले बाचा गराइन्| मनले नमाने पनि, मनमा रहेको मान्छेले मागेको बाचा पुरा गर्नु पर्ने|
उनि र म सधै जस्तो बसमा चढेर पार्क पुगेउ| दुवै उदास, केहि घण्टा पार्कमा नै रहयौ| हाम्रो सम्बन्धको अन्त्य भएको हैन तर …. त्यसैलेपनि दुवै उदास छौ| पार्कमा केहि घण्टा बिताउदा गफ धेरै भयो तर त्यो पनि खुलाउन चाहिन| फेरी को सहि अनि को गलत भनि सबैलेछुट्टयाउन लाग्छन| जब पार्कबाट घर फर्किने समय भयो, उनको फोन बज्यो
