खैर एउटा कविता छ| कविता भन्दा पनि धेरै थोरै यो मेरो भावना छ| जुन मलाई निकै मन पर्छ, पाठकले पनि धेरै रुचाएका छन् यो लेख|
“बरु मलाइ आर्यघाट मन पर्छ….
होला केहि कारण,
होला केहि अतित,
केहि त पक्कै छ,
मलाई,
हो मलाई,
एयरपोर्ट भन्दा, आर्यघाट मन पर्छ,
चिसिएको शरीर, लास भन्ने गर्छन त्यो शरीरलाइ,
जे होस्, भिजेका आँखा,अनुहार उदास हुन्छन आफन्तको,
आत्मा उहिले बिदा भईसक्यो,
शरीरलाइ बिदा दिन, केहि मलामी पनि पुगेका हुन्छन,
जल्छ लास, सबै खरानी हुन्छ,
हो, जल्छ लास, आश खरानी हुन्छ,
थाहा छ, अब त्यो लास,
हैन हैन, लास हैन,
थाहा छ, अब त्यो मान्छे कहिले फर्किने छैन,
मान्छे फर्किने आश, मान्छे बदलिने डर,
केहि पनि हुन्न मनमा,
लास संगै सबै जली जान्छ,
बाकि रहन्छ त केवल खरानी,
अनि यादहरु…
आर्यघाट भन्दा केहि पर, अर्को स्थान छ,
जहाँ लास हैन, निकै आशहरु हुन्छन,
एयरपोर्ट भन्ने गरिन्छ त्यो ठाउँलाई,
Dopamine र serotonin को कक्टेल,
यहि कक्टेल बघी रहेको हुन्छ मानिसको शरीरमा,
भबिस्य बनाउन, या भनौ वर्तमान सम्हाल्न,
एक जना बिदेशिन तैयार छ,
उसको मन उहिले गन्तब्यमा पुगिसक्यो,
मान्छे मात्र त्यहाँ छ,
त्यो मान्छेलाइ बिदा गर्न, धेरै मान्छेपुगेका हुन्छन,
अनि सबैको शरीरमा, अघिको त्यो कक्टेल हुन्छ,
मुस्कान र आशु सजिएको हुन्छ सबैको अनुहारको क्यानभासमा,
यसै बीच त्यो एउटा मान्छे बिदा हुन्छ,
अनि बिदा हुनु अघि उ भन्दै जान्छ “फेरी पनि भेट हुन्छ|”
मान्छे मनबाट पर भएको हैन तर मन अत्तालिन्छ…
एयरपोर्टबाट घरसम्मको यात्रा, मुस्किलले ३० मिनेटको हुन्छ,
तर निकै लामो लाग्छ, मन निकै भारि हुन्छ.
मनमा आश हुन्छ, हुन्छ थोरै डर पनि,
आश, त्यो मान्छेसंग फेरी पनि भेट हुनेछ,
आश, त्यो मान्छे ले हामीलाई भुल्दैन,
आश, देश अलग छम समय फरक छ तर,
तर हामीले खुसि को तारा सझाउने आकाश उही हुनेछ,
आश, केहि बदलिने छैन,
आश, अनि आश संगै डर,
डर,
डर एउटा मात्र,
डर, कहिँ सबै बदलिने त हैन,
डर, त्यो मान्छे बदलिने त हैन,
डर, सम्बन्ध बदलिने त हैन,
डर, परिस्थिति बदलिने त हैन,
डर, कहिँ म आफै नै पो बदलिने त हैन,
डर,
यसै डर बीच,
यस्तो एउटा दिन आउछ, जब उसले भनेको पुरा हुन्छ,
फेरी एक पटक हाम्रो हुन्छ तर बिडम्बना,
उसले फेरी भेटौला भनेको थियो,
तर भनेन कि ‘हाम्रो भेट फेरी हुनेछ तर कथा बेग्लै हुनेछ, पात्र फरक हुनेछन अनि हाम्रो भूमिका पनि|’
बाकसमा सपना बोकी गएको गएको उ,
आज आफै बाकसमा फर्किएको छ,
उ जादा एयरपोर्टमा थुप्रै आश थियो,
अनि आजको दिन, जब उ फर्कियो,
आर्यघाटमा एउटा लास जल्दै छ, अनि सबै आश जल्दै छ”
यो कवितामा के छ त भन्दिन, तर कोहि मान्छे पहिले मबाट पर भयो, त्यसपछि मुटुबाट, र बिस्तारै जीवनबाट|
***
साहित्यमा प्रेम हुन्छ भनि फेरी पनि भन्दै छु म| भावना बिना साहित्य अपुरो छ र सबै अधुरो नै रहन्छ|
लेखक, पाठक र लेख बिचमा आत्मियता हुनै पर्ने हुन्छ नत्र यो सम्बन्धको कुनै मतलब नै हुन्न| सम्बन्धमा आत्मियता र शरिरमा आत्माको बहुत जरुरत हुन्छ, नत्र दुवै जिउदो लास हुन्छन्…
सहमति र समर्पण के हो भनिराख्नु पर्दैन सायद| तर सहमति भन्नु नै समर्पण नहुन पनि सक्छ … अनि समर्पण भनेकै सहमति हुन सक्छ तर… दुवै एक अर्काको पुरक हुन् र….
***
सम्भोग इच्छा र चाहनाबाट उब्जिएको हुन्छा| यदि दुवै छैन भने, गार्है पर्छ सम्भोग हुन| यसमा मानसिक स्थिति, सोचाइ र थोरै शारिरीक अवस्थाको पनि भूमिका अबश्य हुन्छ|
साहित्य पनि केहि भिन्न छैन| यसमा पनि सम्भोगमा चाहिने सबै तत्व जरुरी हुन्छ मात्र उपमा फरक छ|
अहिले सम्म मेरो एउटा मात्र इच्छा छ| यस्तो लेख लेख्न मन छ, जहाँ म अनि मेरो पाठकहरु दुवैको सोचले चरम सन्तुष्टि प्राप्त गरोस्| एक अर्कामा दुवै समर्पित हुदै, एक पटक हैन, पटक पटक स्त्खलित होउन पाठक र मेरो लेख|
***
“मेसेज हेरेर छाड्ने बानि अझै गएन है?” अघि मेसेजको रिप्लाई गर्न भुलेछु, अर्को मेसेज आइहाल्यो|
“छाड्ने बानि त बाट नै सिकेको हो|” यति लेख्न मन थियो तर छाडेको उसले मलाई हैन मैले उसलाई थिए| अनायसै आरोप किन लगाउनु अरुलाई|
“कथा छिट्टै आउछ|” यति भनि रिप्लाई दिए तर मैले झुठ बोले| झुठ उनीसंग अनि झुठ आफैसंग| न मैले पात्र भेटेको छु, न कुनै राम्रो कथा नै, कसरि लेख्नु एउटा नया कथा|
आफ्नै कथा लेख्छु| उनको र मेरो लेख्छु भनि सोचेको पनि हो| लेख्न सकिन, कारण धेरै छन्| सम्बन्ध, सम्भोग र सम्भावनामा कति कलम चलाउनु| पानामा पनि उही ठाउमा लेखि रहयो भने पाना च्यातिन्छ| उनि जति मेरो लागि बिशेष थिइन्, हाम्रो कहानी त्यति बिशेष छैन| जति सुन्दर हाम्रो सम्बन्ध थियो, हाम्रो कहानी त्यति सुन्दर पनि छैन| फेरी कुनै कथा यस्तो हुन्छ, जहाँ एउटा यस्तो पात्र हुन्छ, जसले हजारौ कोशिश गरोस्, आफ्नै रगतले त्यो कथा लेखोस तर उ कहिले पनि त्यो कथाको राम्रो पात्र हुन सक्दैन| मलाई कुनै कथामा, न उनलाई त्यो पात्र बनाउन मन छ, न आफुलाई नै|
भन्ने कुरा धेरै छन्, लेख्न धेरै छ| यति धेरै भावना बीच पनि आफुलाई चिहान बनाएर राखेको छु, जहाँ सबै भावना र चाहनाहरु गाड्न बाध्य छु|
***
जडिया लेखक लेखिएको कागजले फेरी पनि मेरो ध्यान खिच्यो…
जडिया लेखक-
