जडिया लेखक-
“ओइ जडिया लेखक, त पिउछस् किन,
एउटा भिडबाट कसैले सोध्यो,
म भनौ कसरि, मेरो एउटा साथि छ,
त्यसैले म पिउछु,
कहिले आफ्नो चाहनाले पिउछु,
कहिले उसको बहानाले पिउछु,
मेरो एउटा साथि छ,
साला त्यो पिउदैन, त्यसैले म पिउछु|”
अरुलाई पिउनको लागि बहाना, मौका र कारण चाहिन्छ, मलाई रक्सि भए पुग्छ| रक्सि भए पछी मौका आफै मिल्छ, बहाना आफै चाहना बनिदिन्छ र माहोल बन्न समय लाग्दैन|
तर म पिउछु किन? भावनाको नदिमा शब्दको जहाजमा संसारको यात्रातय गर्नु पर्ने मान्छे, एउटा गिलासको कुवामा थुनिएर बसेको देख्दा आफैलाई बिरक्त लाग्छ| जति बिरक्त लाग्दै जान्छ, झन् त्यति पिउने तलतल बढ्दै जान्छ| खुसि हुदा पिउने, दुख हुदा पिउने, कहिले आफ्नो लागि अनि कहिले साथिको लागि| यो पिउने बानि नराम्रो हैन तर पिउदा पिउदै जिउन बिर्सिनु चाहि…
***
जिउने बहाना खोज्दा खोज्दै पिउने बहाना खोज्ने भएछु| रक्सिसंग यति नजिक हुदै गए, बाकि सबैसंग दुरी बढ्दै गयो| भैरव अर्यालले ‘जय भोलि’ लेख्नु भएको, म ‘जय रक्सि लेख्छु|” आखिर सबै घाउको औषधि, सबै समस्याको समाधान, हरेक अन्धकारको प्रकाश, हरेक गन्तब्यको बाटो नै रक्सी भएको छ|
अरु रक्सिमा पानि पिउछन्, सितन चाहिन्छ| म त केवल आफ्नो समय अनि जीवन पिउदै छु रक्सिसंग, अरु केहि चाहिदैन| साथिको भिसा लाग्यो, रक्सि खुल्ने भयो आज| साथीको भिसा लागेन, रक्सि त खुल्छ नै|
“ओइ त्यसको ब्रेक अप भयो|” फेरी पनि रक्सी नै चाहिने|
‘ओइ, त्यसको लब पर्यो|” रक्सि खोज्नु पर्यो फेरी|
समय बखत यसो सोच्छु, म किन पिउछु| एकछिन सम्म सोच्छु, अनि आफैसंग बोल्छु “अब भोलि देखि पिउदिन|” त्यो भोलि कहिले आएन अनि मेरो पिउने बहाना कहिले नसकिने|
“तालि र गालिको कक्टेल त हो जिन्दगि,
समयको खालि ग्लासमा,
कहिले उसको गालिलाई निटमा पिउछु,
अनि कहिले आफ्नो तालीको सट लगाउछु,
यो संगै मिसाईन्छ थोरै कामको फ्रस्टेसन,
अनि थोरै जिन्दगिको टेन्सन,
मन लागे घ्याम्पो हानिन्छ,
नत्र तुच्च तुच्च चुस्की लगाइन्छ,
थोरै भए पचाइन्छ,
नत्र शब्द र रक्सि संगै ओकलिन्छ,
मेरो एउटा साथि छ, त्यसैले म पिउछु|”
***
पिउनु बहाना मात्र नभएर बाध्यता पनि हो| रुखलाइ सोध पिडा| उसले सबैलाई छहारी दिन्छ, कसैको घर बनिदिन्छ| अरुको फोक्सोमा भरिने हरेक स्वास प्रस्वास पनि उसकै देन हो| तर बिस्तारै उसको पात झर्दै जान्छ, हाँगा सुक्दै जान्छ र जराले पनि माटोको साथ छाड्दै जान्छ| उसले दुनियालाइ धेरै गुण लगायो तर उसको प्रेम माटोसंग थियो| तर एउटा यस्तो दिन आउछ जहाँ उसले माटोको साथ छाड्नु पर्छ र उसको स्थान त्यहि माटोमा अरु कसैले लिन्छ| कस्तो पिडा हुदो हो|
हामि मानिस पनि धेरै थोरै त्यस्तै नै छौ| धेरैका लागि धेरै गर्छु तर साथ कसले कहिले सम्म दिन्छ भनि थाहा नहुने| एक्लो हुदा साथ दिन कोहि नहुने पनि हैन तर कहिले काही एकान्त नै ठुलो साथि बनिदिन्छ| कहिले यादले पोलेको छातीलाइ सँगलो पानिले नै निभाउछ| छाया पछ्याउदै हिड्नेहरु आफै अन्धकारमा बिलिन हुन्छन|
“कहिले भुल्नको लागि पिउछु,
कहिले सम्झिएको बेला पिउछु,
कहिले यादले सताउदा पिउछु,
कहिले सम्झनाले हसाउदा पिउछु,
मनको आगो,
कहिले चिसो बियरले निभाउछु,
अनि कहिले संग्लो पानीले,
कहिले टलब लाग्दा पिउछु,
कहिले तलब थाप्दा पिउछु,
मेरो एउटा साथि छ,
त्यसैले म पिउछु|”
***
आखिर मेरो त्यो साथि को हो? म कसको लागि पिउदै छु? म साथि खोज्दै छु कि खुसि? कि म साथिमा खुसि खोज्दै छु? तर मैले साथि हैन कसैको साथ खोजेको हो| तर साथ कसको? साथ कोहि मानिसको कि कुनै सपनाको? मैले कति साथ छोडे|
कतिले मसंग पनि साथको आश गरे होलान् तर उनीहरु केवल मेरो लागि चुरोट झैँ भैदिए| 5 मिनेटको साथ अनि, साथ संगै उनिहरको साथको आश पनि जलाएर कुल्चिएर हिडे म| न परिवारको सहारा बन्न सकेको छु, न आफनै चाहना पुरा गर्ने सामर्थ राख्छु| साथिहरुलाइ समय पनि उनीहरुले चाहे जति दिन सकेको छैन, अनि आफुले खोजेका हरुसंगको समय मलाई मिलेको छैन| यता पाठक कथाको पर्खाइमा छन् अनि त्यहि कथाको पर्खाइमा म पनि| यता परिवार मेरो पर्खाइमा छन भने म पनि त्यहि परिवारको लागि समय मिलाउने प्रयत्नमा छु | कहाँ, कहिले,को,किन, कसरी भेट हुन्छ थाहा छैन तर यस्तो एउटा पल हुने रहेछ, जहाँ कोहि आफुबाट पर हुन्छ तर उसले आफुलाई आफुसँग नजिक बनाएर गएको हुन्छ|
“कफीबाट चिया पिउने हुनु भयो है ?” उसले म मा बदलाव देखि तर उसले छाडी गएपछीको म भित्रको बदलाव उसले कहिले देख्ने छैन| बदलाव? छाडेको? के भनेको मैले? खैर, कफीबाट चिया अनि चियाबाट रक्सि…
छाड्नु के लाइ भन्ने ? कसैले साथ नदिनु छाड्नु हो कि कोहि पर हुनु छाड्नु हो? एउटा गाडीले आफु सँगै यात्रा गर्ने आफ्ना यात्रुहरूसँग प्रेम गर्नु हुदैन, किन कि यात्रु फेरिन समय लाग्दैन अनि गन्तब्य उही भएपनि यात्रा फरक हुन सक्छ|
“कहिले मौसमले च्यालेन्ज गर्छ…
