Part 7

बेश्या र कफी-

“बेश्या? यसरि कसैलाई सम्बोधन गर्न मिल्छ?” हिजो कफी पिउदै केहि साथिसंग गफ गर्दै थिए| कोहि नचिनेको अन्जान आवाजले मलाई बिचमै रोक्यो|

हामी सबै साथीको ध्यान र आँखा त्यो आवाज तिर गयो। अवाक अवस्था। नचिनेको मान्छेले यसरी प्रश्न गर्दा, शब्दको मुहान खोज्न नै मुश्किल पर्यो| अघिबाट हामी साथीहरु बसेर अनेकौं गफमा रमेका थियौ। खै बोल्न हुने नहुने कुराहरू के के कति बोलियो होला। साथी-साथी बीच बोलिएको संवादमा अरूले आपत्ति जनाउला भन्नु त हाम्रो कल्पना बाहिरको कुरा हो|
संवाद र सम्भोग! कति पय अवस्थामा मान्छे हेरेर, स्थान हेरेर, अवस्था हेरेर गरिन्छ र कति बखत केहीको ख्याल नै हुँदैन।

“हजुर?” बडो मुस्किलले एउटा शब्द भेटे मैले बोल्नलाई।
“यसरी अरूलाई वेश्या भन्न मिल्छ?” फेरि पनि त्यही प्रश्न दोहोरियो। यो प्रश्नको जवाफ छैन मसँग।
“अनि यसरी अरूको कुरा सुनेर बस्न मिल्छ?” बिसालले प्रतिप्रश्न गर्यो।
***
पहेलो टिसर्ट, कालो प्यान्ट। बोलीमा आवेश भएपनि ओठमा मुस्कान र अनुहारमा तेज छ। ओठको ठीक अलिकति माथि, कालो लागेको हो कि कोठी नै छ। आँखालाई सुन्दर भनौं कि आँखामा जे देखे त्यस्को बयान गरौं । गाजल मात्र लगाउँदैमा कोही यति राम्री कसरी देखिन मिल्छ। यो त अपराध नै हो।
आँखाको बर्णन गर्दै थिए म। आँखामा यही छ भनी ठोकुवा भन्न सक्दिन तर उनको आँखामा निकै भावनाहरु झलकिदै छन्। अनि अर्को कुरा, हिजो राती पक्कै पनि उनको निन्द्रा पुगेको छैन। आँखाको वरिपरि थोरै डार्क सर्कल देखिदै छ। घाँटीबाट मुनि…
***
म किन यहाँ यो सबै लेख्दै छु? आफ्नै सम्बन्धको कथा लेख्दिन भनी अठोट लिएको मैले तर फेरि पनि किन आफ्नै जीवनको एउटा पाटोलाई हुबहु उत्तार्दै छु यो पानामा। तर यो कथा मेरो पनि त हैन।
निकेत र लेखक दुई भिन्न व्यक्ति हुन्। एउटा शरीरमा दुई भिन्न आत्मा। एउटै थर्मसमा चिसो अनि तातो पानी। यो फेरि कसरी सम्भव छ। कोही नी कोही माथि अहिले सम्म आपत्तै पर्ने गरी हावी भको छैन। दुवै एक अर्काको अस्तित्व सहर्ष स्वीकार गरी रम्दै नै छन्। बेला मौकामा मान्छेलाई चिन्न गाह्रो पर्छ, उनीहरू कोसंग भेट्दै छन् अनि को संग बोल्दै छन्।
“लेखक जी, कलममा कण्डम लगाउन भयो…” यो लेखकको कथा थियो, किन कि उनले पहिले लेखकलाई चिनेकी हुन् र पछि निकेतलाई।
“वेश्या? यसरी….” यो निकेतको कथा हो, जहाँ उनले नीकेतलाई चिनेपछि मात्र लेखकलाई चिनेकी हो।
फेरि सम्बन्ध पनि…
***
“शब्द चयन गलत भयो होला तर मनसाय गलत थिएन। वेश्या भनेर हामीले कुनै वर्ग वा लिङ्गलाई अपमान गर्न खोजेको हैन।” मन मनै यति धेरै शब्द तैयार पारे तर जब बोले, जम्मा यति सुनियो “सरी, बोल्ने नहुन थियो।”
पामेमा मलाई अर्को साथी पर्खिएर बसेको छ, म यहाँ नचाहिने समबादमा अल्झिएको छु। झगडा भन्न मिल्दैन तर मीठो वादविवाद भयो।
उनीसँगको पहिलो भेट नै गजबको थियो। म कोही नचिनेको मान्छेसँग उनले जसरी बोल्न सक्दिन निर्धक्क भएर। झन् वादविवाद भनेको सम्झिने पानी छमकिने।।
***
“मैले केही बोल्या छैन।” आतिएर बोले। किन बोले थाहाछैन तर बोले।
पामे पुगेर ४ कप कफी पछि म आफ्नै सोचमा मस्त हुदै गए र वरिपरिको वातावरणको चेतना विलीन हुदै गयो। केही कल्पना अनि केही सोचमा टोलाउँदै थिए र यतिकैमा अघिको उनलाई देखे। झस्किनु स्वाभाविक नै हो तर त्यो शब्द स्वाभाविक थिएन।
दिउँसो भेटेको अनजान मान्छे फेरि केही घण्टा पछि मेरो अगाडि छिन् र स्थान पामें। कहीं उनी मैले आफै सृजना गरेको अविदित कथाको परजुना त हैनन् भनी मन मनै सोचे र मुस्कुराए पनि।
“कस्तो डराएको। म मान्छे खान्न त हौ।” उनलाई यति मीठो बोल्न पनि आउँदो रैछ त।
बस्ने अनुमति माग्दै मेरो सामु बसिन् उनी। उनी बोली रहने, आफु शब्द कन्जुस। तर पानी हो म, कसैले बाटो देखाइदियो भने बगिरहन्छु। उनीसंग बोल्न र खुल्न खासै गार्हो भएन।
“कहीं कुनै टेबल खाली थिएन अनि हजुर एक्लै बसेको देखे। एक्लै अनि चुप। मलाई यसरी मान्छे चुप लागेको मन नै पर्दैन, देख्नै सक्दिन।” हाम्रो दोस्रो भेट कसरी भयो भनी रहस्य खोलीन् उनले।
“पुष्पा, i hate silence ho?” यो वाक्य फेरि किन बोले नसोध्नु मलाई। बल्ल त बोल्न सिक्दै छु।
“नाम भन्न भुलेको, मेरो नाम समीक्षा।”
आजको दिनको समीक्षा गर्नु पर्दा, कफी र वेश्या शब्दले गर्दा एउटा नया मान्छे भेट भयो र यो एउटा नयाँ सुरुवात…

सुरुवात देखि सुरुवात सम्म-

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts