Part 6

छाड्नु के लाइ भन्ने ? कसैले साथ नदिनु छाड्नु हो कि कोहि पर हुनु छाड्नु हो? एउटा गाडीले आफु सँगै यात्रा गर्ने आफ्ना यात्रुहरूसँग प्रेम गर्नु हुदैन, किन कि यात्रु फेरिन समय लाग्दैन अनि गन्तब्य उही भएपनि यात्रा फरक हुन सक्छ|

“कहिले मौसमले च्यालेन्ज गर्छ,

अनि कहिले जिन्दगीले,

कहिले अन्जान आफ्नो हुदा पिउछु,

कहिले आफ्ना अन्जान हुदा पिउछु,

कहिले आफै आफुबाट अन्जान भएको बेला पिउछु,

कहिले बुवाको मिहिनेतको पसिना देख्दा पिउछु,

कहिले आमाको फुटेको हात देख्दा पिउछु,

कहिले अतितले तर्साउदा पिउछु,

कहिले वर्तमानले झक्झ्यौदा पिउछु,

नसोध अब, म किन पिउछु,

तर,

त्यहि पनि म भन्छु, म किन पिउछु,

मेरो एउटा साथि छ,

त्यसैले म पिउछु|”

मसंग पिउने बहाना कति धेरै भए| मानौ जिन्दगिको पर्यायवाची शब्द नै रक्सि हो| जिन्दगिको हरेक पाइलामा केहि नया घटना हुन्छ| हरेक घटनामा पिउन सुरु गर्यो भने त, अगाडीको सबै बाटो रक्सिले नै बगाएर लग्छ|

रक्सि छोड्नलाइ कि साथि छाड्नु पर्यो| छाड्ने कुरा नगरम| रक्सि कम गर्नलाइ, साथिहरु कम गर्नु पर्यो| आखिरमा रक्सिले डोर्याएको कलमले केहि राम्रो रच्ला तर पाना भर्ने क्रममा लेखकलाइ रित्याउदै जान्छ|

***

साथि गएको पनि एक घण्टा भन्दा बेसी भयो| म भने अहिले पनि अतित अनि रक्सिको hangover मा नै छु| टिस्यु पेपरमा लेखिएको सबै पढी भ्याए| तर जडिया लेखक अपुरो लाग्यो| जडिया लेखक रे! चसक्क भयो एकछिन| नसोचेर बोल्दा यस्तै हुन्छ| लेखलाइ अधुरो भनेको, आफैलाई पनि पर्न गयो|

“जडिया लेखक” नामक लेख अनि लेखक दुवै अपुरो| लेख पुरा गर्न मन लाग्यो| एकछिन कोशिश गरे तर लेख्दै केर्दै अर्को ३० मिनेट गयो| रक्सिको गुलाम भएको कलम बोधो भन्थे | ठिक त्यहि नै हुदै रहेछ| रक्सिको सिचाई नभएपछी, मनले शब्द उब्जाउन सकेन| दिउसो पामे पुग्नु पर्ने भएर मात्र हो नत्र बिहान देखि नै बोतल खोल्न केहि आपत्ति छैन| रक्सि त हैन, चुरोट चाहिँ किन्न भनेर होटेलबाट निक्लिए|

***

“ओइ लेखक, कता?” कसैले पछाडीबाट बोलायो|

“लेखक हैन, जडिया लेखक|” मुस्कुराउदै मन मनै सोचे| आफैले आफ्नो न्वारन गरे| फेरी नाम पनि त्यस्तै नै छ| न्वारनको नाम जसरी नै यो नाम पनि लुकाउनु पर्ने, कसैलाई भन्न नमिल्ने|

यति पछी भेटेको, संगै बसी केहि राउण्ड कफी पिउनै पर्ने| मैले बिशाललाइ चिने, बाकि दुइ अनुहार अन्जान थिए मबाट| बिशालले पालैपालो हाम्रो एक अर्कासंग परिचय गरायो| मेरो आशय भनेकै कफी पिउनु थियो तर बिशालले बियर पिऊ भन्दै जिद्दी गर्न लाग्यो|

“एक गिलासले त घाटी पनि भिज्दैन सर, के को मापसेमा पर्नु|” उसको प्रयास जारि थियो| एक गिलासले हुन त केहि नहुने हो | मन र मस्तिस्कलाइ झुक्याउन सजिलो छ होला तर ठुल-ठुला गाडीहरु हातले नै रोक्न सक्ने बलवान प्रहरीको मेसिनलाइ झुक्याउन असम्भव|

“समात्यो भने लेखकले पिएको हो भन्देउ न| लाइसेन्समा नाम निकेत छ नि हैन|” बिसालले खयाल नै गरेन तर उसले मलाई “जडिया लेखक” को अपुरो भाग पुरा गर्न मदत गर्यो| जिस्किदा जिस्किदै नै धेरै चिज आविस्कार भएको छ, आज त्यस्तै नै भयो|

“पहिले जिउनको लागि पिउथिए,

अहिले पिउनको लागि जिउछु,

सुर्य अस्ताएर के भयो,

सुर्य बाल्दै पिउछु,

राति सल्काएको सुर्यलाइ,

बिहान अर्को सुर्यले साथ नदिए सम्म पिउछु,

साला मेरो साथि छ निकेत,

उसले पिउदैन,

त्यसैले म पिउछु,

बदनाम हुने गरी पिउछु,

आफ्नो लागि हैन,

उसको लागि पिउछु,

उसको लागि पिउछु|”

बिसालको जिद्दीले जित्न सकेन| म कफीमा नै सिमित भए| उसको अनुरोध पुरा गर्न नसकेपनि, एउटा कविता पुरा गरे|

“बेश्या र कफी उस्तै नै हो| दुबैले रातभर सुत्न दिदैनन्|” बिशालले जिस्किदै फेरी अर्को वाक्य बोल्यो तर … तर…

“बेश्या?” “कफी?” यी दुइ शब्द संगसंगै धेरै पछी सुने मैले|

***

बेश्या र कफी-

“बेश्या? यसरि कसैलाई सम्बोधन गर्न मिल्छ?” हिजो कफी पिउदै केहि साथिसंग गफ गर्दै थिए| कोहि नचिनेको अन्जान आवाजले मलाई बिचमै रोक्यो…..

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts