चेप्पिनु-
“भोलि चेप्पिनु पर्छ है|” उनको बोलि बुझ्न गाह्रो बेला बेला|
“चेप्पिने? के बोलेको? के भनेको?” स्खलन पछीको विर्य जस्तै मेरो यो प्रश्न स्वाभाविक थियो|
“धेरै मख्ख पर्नु पर्दैन| चिया पिउने भनेको|” केटिको कुरा बुझ्न साचिकै निकै मुश्किल| चिया पिउनेलाइ चेप्पिने रे| हुन त दुनिया गुड नाइटबाट GN, गुड मर्निंगबाट GM मा पुगिसक्यो| कुन दिन देखि “खाने पिउने” लाइ “खप्तिने”, “चियापान”लाइ चिप्लिने र “बन भोज ” लाई “बल्झिने” भन्ने होला उनले|
दिउसो १ बजे चियाको लागि भेट्ने बाचा सहित, बिहान ७ बजे दुइ चरी आफ्नो गुँड तिर उडे|
***
समय १ बजे| पूर्व योजना अनुरुप फेवाताल छेउमा भेटियो| भेट्न, फेरी भेट्न, फेरीपनि भेट्न गाह्रो हैन, गाह्रो भेटेपछी कहाँ जाने भनि निधो गर्न हो| चिया पिउने भनेको छ तर कुन ठाउमा भनि निधो गर्न मुस्किल|
गुगल म्यापको सहयोगले एउटा ठाउ पुगियो| उनको लागि चिया, मेरो लागि कफी| बियर र चिया, उनले पानि जस्तै पिउने रैछिन्| ३ कप चिया उनले, मैले २ कप चिया र एक कप कफी|
“हिजो म निदाएछु है|” यो प्रश्न थियो कि उन्को स्विकार्वात्व| मैले सहमति जनाउदै मुस्कान सहित आफ्नो टाउको माथि मुनि गरे|
“मैले के के भने हिजो?” उनले प्रश्न सोधी-सोधी, मलाई पनि उनले उनीजस्तै बनाउन लागिसकिन्|
उनले धेरै कुरा भनेकी थिइन्| थोरै परिवारको बारेमा, थोरै उनको बारेमा, थोरै उनको सोचको बारे, थोरै उनको अतित बारे, थोरै उनको वर्तमान| किताबको कुरा हुदा, मलाई लेखाइमा रुची भएको जनाएको थिए उनलाई हिजो|
***
लेक छेउ, रातको १ बजे| हामि दुइ गफ गरेर बसेको थियौ| मेरो रुची थाहा पाउने बित्तिकै “कविता भन्नु न एउटा” भनि अनुरोध आयो| मौसम थोरै चिसो, टाउकोमा शित पनि खस्दै थियो| प्रणयको एउटा यस्तो कविता भन्ने इच्छा जाग्यो, जसले कम्बलको काम गरोस्| त्यसमा उनि पूर्ण तरिकाले कैद हुन् तर यस्तो कुनै कविता लेखेको छैन मैले आजको मितिसम्म|
“तिम्रो बोइफ़्रेन्ड छ?” मैले उनलाई हिजो यो प्रश्न गरेको सायद उनलाई याद पनि छैन| उनले छ भनि उत्तर दिदा थोरै भए पनि खल्लो चाही लागेको थियो| कुनै सम्बन्ध छैन हामि बीच तर किन यस्तो महसुस भयो मलाई| कहिले आराम गरिरहेको बखत पनि अनायसै आंग दुखेर आउछ, सायद यस्तै नै होला मैले अहिले गरेको महसुस पनि|
मेरो प्रश्न पछी, उनले टुटिसकेको सम्बन्ध देखि अहिले जोडिरहेको सम्बन्ध सबैको बेलिबिस्तार लगाइन् मलाई| उनलाई झन् नजिकबाट चिन्ने मौका मिल्यो यसकारणले|
***
“मरदको बारेमा भनेउ, अरु के भन्नु|” मैले उनको प्रश्नको जाफ दिए| हिजो हामीले उनको उसलाई मरद भनेर नाम दिएको थियौ| हाकिमको बुढी हाकिम्नी, सरको बुडी म्याम भने जस्तै तराईमा थोरै भिन्न छ| भिन्न भन्नु पनि उचित हुन्न| राम बुढा र सिता बुढी हुन् भने, रामलाइ सीताको मरद भनेर सम्बोधन गरिन्छ अनि सीतालाई रामको औरत भनेर सम्बोधन गरिन्छ|
आजको भेट हिजोलाइ सन्क्षेप गर्दै बित्यो| ४ कति चाडै बजेको| चिया पसलबाट… चिया पसल भन्न मिल्दैन, 5 कप चिया र १ कप black कफीको ६०० तिरेको छौ| ड ग्रेट टि हाउसबाट निक्लिएर हामि गफ गर्दै बाटोमा बरालिदै बरालिदै म बसेको होटेल अघि पुगेउ|
“अब फेरी कहिले चेप्पिने?” छुट्टिनु अघि प्रश्न गरे|
“भोलि? नत्र पर्सि? के छ र? भेटि हालिन्छ नि|” सरल जवाफ आयो उनिबाट|
“अब हाम्रो अर्को भेट काठमाण्डौमा| भोलि ७ बजेको फ्लाइट छ मेरो|” भोलि फर्किने जानकारी गराए उनलाई|
“हुन्छ तर एक कप चियाको ८० पर्ने ठाउमा नजाने| एक त चिया मिठो पनि हैन|” फेरी भेट्ने बाचा भयो हामि बीच|
छुट्टिनु अघि फेसबुक, इन्स्टामा साथि बन्नुको साथै मोबाइल नम्बर एक्सेन्ज गरियो|
***
काठमान्डूमा चिया नै बहाना भयो हाम्रो भेटको| भेट्ने चाहना हुन्थियो मलाई, म चियाको बहानामा उनलाई भेट्न बोलाउछु| मलाई हुन्न भने पनि, उनले चियालाइ कहिले नाइँ भन्न सक्दिन|
अफिस पुग्नु अघि, अफिसबाट फर्कीएपछी, बिदाको दिनमा, अफिसको ब्रेकमा, बियर अघि र बियर पछी, अल्छी लाग्दा, मनको कुरा बताउनु पर्दा, अरुसंग पर हुन मन लाग्दा, नया ठाउमा चिया पिउन मन लाग्दा| यस्तै धेरै बहाना खोज्दै चिया पिउन निरन्तर भेट सुरु भयो|
कहिले शब्दमा बोल्ने र कहिले इशारामा| कहिले एक अर्का छेउमा भएको महसुस नै काफी थियो, शब्द जरुरि नहुने| यस्तो पनि दिन रहयो जहाँ हामिले घन्टौ चिया पिउदै र लुडो खेल्दै बितायौ| मलाई जित्न भन्दा उनलाई चिढाउन मजा आउने र उनलाई जसरि पनि जित्नु पर्ने|
“कफीबाट चिया पिउने हुनु भयो है ?” उसले म भित्र बदलाव देखिन्| साचिकै धेरै बदलाव आएको च म भित्र| थोरै बदलाव हाम्रो सम्बन्धमा पनि आएको छ| बदलाव एक पलमा, एक दिनमा आउदैन| समय लाग्छ बदलावलाइ| बदलावमा बानि मात्र हैन धेरै चिज परिवर्तन हुन्छ| बदलाव सत्य पनि हो| अब यहाँ पछीको कहानीमा हामि, हाम्रो सम्बन्ध, समय के के बदलियो मात्र उल्लेख हुनेछ| केहि नया सुरुवाट र केहि अन्त्य पनि हुनेछ|
बदलाव, सुरुवात र अन्त्य-
