बदलाव, सुरुवात र अन्त्य-
भेट बाक्लिदै गयो| भेटसंगै बोलचाल बाक्लिदै गयो| बोलचालसंगै घुलमिल बढ्यो| घुलमिलसंगै सम्बन्ध|
***
सुरु सुरुमा मेसेजबाट सुरु भयो| बिस्तारै फोनकालमा परिणत भयो| दिनको 5- ६ घण्टा फोनमा नै बोलचाल हुने| जब कुनै सम्भावित जोडीको बोलचाल सुरु हुन्छ, तब निन्द्राले निकै दुख पाउछ| हेला हुन्छ, शोषण हुन्छ निन्द्रा माथि| राति सुत्न मन मान्दैन, बिहान निन्द्रा सजिलै खुल्दैन|
उनीसंग सक्दो समय बिताउन रुचाउने म| उनि मसंग बोल्दै छिन्, हामि दुवै बोल्दै छौ, यति सोचले पनि खुसि तुल्याउने मलाई| म उनलाई मन पराउछु| यो मलाई थाहा छ तर उनि बेखबर छिन् यो कुराबाट| उनलाई खबर होस् पनि कसरि, मैले अहिले सम्म भनिन| उनको लागि म केवल मिल्ने साथि| उनको भाषामा “मेरा गाउवाला”| मलाई यहाँ सम्म पनि सोच्दैछु, म केहि गलत गर्दै छु? उनि आफ्नो सम्बन्धमा खुसि छिन् र मैले गर्दा केहि बिथोलिने त हैन नि?
के सहि? के गलत? यो भुमरीमा धेरै बेर फसे म| भबिस्य कसैले देखेको छैन| मेरो भबिस्य उनिसंग हुन सक्छ, उनि बिना पनि| भबिस्यमा हामि संगै हुन सक्छौ अनि परिचित अन्जान पनि| सहि गलत भन्दा पनि, मनको सुन्ने भए म| मलाई उसंग बोल्नु मनपर्छ, खुसि हुन्छु म| त्यसैले पनि हो, हाम्रो बोलचाल झनै बाकलिदै गयो| अहिलेको मेरो सिद्धान “पानि सरि बहदै जाउ, गन्तब्यको चिन्ता त छदै छ|”
***
दिउसो के के भयो सुनाउदा सुनाउदै कति रात बिते| यहाँ जादै छु देखि यो खादै छु| केहि भन्न पनि नछुटाउने|
“आज म मरदलाइ भेट्न जादै छु|” उनले यति भन्दा मलाई थोरै जलन हुनुपर्ने हो तर त्यो पनि भएन| खै हाम्रो सम्बन्ध के हो अनि हामि बीचको साइनो के हो|
“ओइ हामि साथि है?” उनलाई सोधे मैले|
“साथि, जसलाई म कहिले गुमाउन चाहन्न|” उनको जवाफ सरल तर खास थियो| खै, खास हुदा हुदै बिस्तारै मनमा कहिले आश पलायो पलायो|
“मतलब बेस्ट फ्रेन्ड?” उनलाई अर्को प्रश्न गरे| मनमा के छ सुरु मै बुझ्नु पर्छ, नत्र जुठो आश बोझ बनिदिन्छ भबिस्यमा|
“यसरि नाम दिन जरुरि छ र? हामि tagless हौ|” कति सजिलै उनले हाम्रो सम्बन्धको व्याख्या गरिन्, tagless रे|
“No expectation. सधै संगै हुनु पर्छ भन्ने पनि छैन, सधै भेट्नु पर्छ बोल्नु पर्छ भन्ने पनि छैन तर हजुर खास हुनुहुन्छ मेरो लागि|” उनले थप केहि शब्दको प्रयोगले हाम्रो सम्बन्धलाइ एउटा बाटो तर्फ पाथ प्रदर्सित गरिन्|
***
मलाई पढ्नु र लेख्नु दुवैमा बराबर रुची छ| २०२२मा २५ किताब पढ्ने सोच राखेको छु| दिनको १-२ घण्टा किताबको लागि छुट्ट्याएको छु|
“हजुर किताब चाही कुन बेला पढ्नु हुन्छ?” उनको प्रश्न जायज छ| बिहान ८ बजे उठ्ने म, बेलुका सम्म अफिसमा ब्यस्त| बाकि भएको समय उनीसंग नै बोल्दै बित्ने| रातको २ बजेको पत्तो नहुने| यसबीच मैले किताब पढ्ने समय कुन हो भनि उनि उत्सुक भइन्| त्यस्तो कुनै खास समय छैन| राति पढ्न धेरै रुचाउछु तर मौका मिलेको हरेको समयमा पढ्छु|
“हामि एउटा समय छुट्टाएर संगै पढौ न|” उनको यो आग्रह नकार्न कुनै कारण या रुची थिएन म भित्र| रातको 10 देखि ११ बजे सम्म| यो समय किताब पढ्ने समय भयो|
सुन्दा, पढ्दा बहुला लाग्न सक्छ धेरैलाइ तर हामि यस्तै नै छौ| 10 बजे अघि सबै काम सक्याउने हामि| काम सकिएपछी दुवै फेरी फोनमा| यहि बेला फोन सुरु हुन्छ भन्ने नहुने तर जब 10 बज्छ, फोन म्युटमा अनि हामि पढ्न सुरु गर्ने| हामि दुइ भिन्न भिन्न किताब पढ्ने| आफुलाई मन परेको कुनै वाक्य छ भने अन्म्युत गरेर एक अर्कालाइ सुनाउने|
“यति रातिसम्म मसंग बोल्दा तेरो मरदले केहि भन्दैन?” मेरो मनमा यो प्रश्न धेरै समय देखि थियो| साची, उनलाई तिमिबाट त भनि सम्बोधन गर्छु अचेल म|
“मैले केहि लुकाएको छैन| फेरी उहाको समय हजुरलाइ दिएको पनि हैन मैले| माया छ भन्दैमा २४ घण्टा नै बोल्नु पर्छ भन्ने हुदैन अनि २४ घण्टा बोल्दैमा माया बस्छ भन्ने पनि हुदैन|” सतिक जवाफ उनको| थोरै चसक्क भयो मलाई| उनलाई केहि फरक पर्दैन र सायद मलाई पनि| तर उनीसंग बिताएको बोलेको हरेक पलले झन् मलाई उनीतिर खिच्दै थियो| मनमा दृढता छ भन्दै फलामलाइ चुम्बक अघि राख्दा पनि जोडिन्न भन्ने हुन्न नि| कि फलाम चुम्बक तिर लम्किन्छ कि चुम्बक आफै लम्किन्छ| फेरी उनि छिन् नै यति राम्री, जसलाई पनि मन पर्छे उ|
***
फोनमा घन्टौ बोल्दै बिताउदा एउटा मात्र डर थियो| कही बोल्ने सबै बिषय सकियो भने? एक महिना यसरि बोल्यो भने पछी बोल्नलाइ केहि बाकि नै पो नहुने हो कि| यो बिषयमा पनि हाम्रो गफ नभएको हैन तर निष्कर्षमा पुगीएन| निष्कर्षमा पुग्नु कसलाई थियो, हामि बस रम्दै थियौ|
सुरुको केहि हफ्ता फोन राख्ने कुनै निश्चित समय नै थिएन| ८ ९ बजे देखि बोल्न सुरु गरेको, कहिले १ कहिले २ कहिले ३ अनि कहिले ४ बज्ने|
“यसरि जहिले हुदैन बिरामी परिन्छ| भोलिबाट १२:३० मा ठ्याक्क सुत्ने|” यति सम्म योजना बन्यो तर कार्यन्वन भएन| योजना बनाउन सजिलो, कार्यान्वन गर्न कहाँ सजिलो छ र| १२:३० बज्छ अनि अब अझ १५ मिनेट, अभ २० मिनेट, ठ्याक्क १ बजे सुत्ने, १:३० मा सुतौ न, फोन त राख्, एउटा कुरा अझै भन्न बाकि छ, यति भनेर जानु| यस्तै धेरै बहाना बीच सधै घडीले ३ ४ बजे सम्म पुर्याईहाल्ने आफ्नो सुइ||
एकदिन दिउसो उनको र मेरो साथिको बारेमा कुरा भएको थियो| बेलुका बोल्दा बोल्दै के बोल्ने थाहा भएन| यहि बिषयमा बोल्नु पर्छ भनि दिमागमा कुनै बिषय पनि छैन| फेरी फोन राखी निन्द्राको नगरीमा जाने इच्छा दुवैमा छैन| truth or dare धेरै सहयोगी हुन्छ यस बखत| साथै निकै हानिकारक पनि हुन्छ| कुना बखत के मा कसरि फसिन्छ थाहा हुन्न| मसंग पनि त्यहि नै भयो|
“कसैलाई मन पराउनु हुन्छ?” उनले यो प्रश्न लगभग रातको २ बजे सोधेको हुनुपर्छ| चुप लागेर समयमा सुत्न गएको भए यो प्रश्नको जवाफ दिनै पर्थिएन मैले| अब म कसरि भनौ उनलाई, म उनलाई नै मन पराउछु भनि|
मेरो केटि साथिहरुको बारेमा थाहा छ उनलाई| उनीहरु कै नाम खोतल्न लागिन् उनले| मैले सबै नाम हैन भन्दै गए| उनलाई थोरै पनि शंका भएन कि म उनलाई मन पराउछु? एक पटक त उसले आफ्नो नाम लिन सक्थिन्| मलाई उनको नाम लिन गाह्रो हैन तर यसले हाम्रो सम्बन्धमा के बदलाव ल्याउछ भनि सोचमग्न छु म| यहि कारणले रोक्दै छ मलाई उनको नाम लिनबाट|
अहिले हामि बीच जे छ त्यसमै खुसि छु म| मेरो मनमा के छ उनलाई थाहा छैन त्यहि पनि खुसि छु म| उनलाई मेरो मनको भावना जिकिर गर्नु भनेको हाम्रो अहिलेको tagless सम्बन्ध फेरी connectionless पो हुने हो कि| यस्ता अनगिन्ती डर छन् मनमा| धेरै सोच्ने बानि निकै नराम्रो| जब सुरु हुन्छ, घास सरि जता ततै उम्रिन्छ र छाहिने पालुवाहरुले सहि स्थान र पोषण पाउदैनन्|
हामि यो बिषयबाट अर्को बिषयमा पुगेपनि, उनले घुमिफिरी त्यो नाम सुन्न खोज्दै थिइन्| रातको ४:३० बजेको छ र मैले भने “तिमीलाई मन पराउछु|”
***
“आज सुतिन्न अब….
