अचम्म है| कोहि अचानक जीवनमा आउछ अनि त्यहि मान्छे जीवन बनिदिन्छ| कसैको आगमनले जीवनको कुनै अधुरो हिस्सा पुरा हुन्छ तर त्यो मान्छेको अभावमा जीवन नै अपुरो महसुस हुन्छ|
बोल्दैमा माया बस्ने, नबोल्दैमा माया मर्ने नहुने| मानिस सामाजिक जनावर हो तर मन जंगली हुन्छ| जंगली जानवरलाइ न बास चाहिन्छ न आवास चाहिन्छ न कपास चाहिन्छ| दुइ दिन भोको हुदैमा मर्दैन यो मन तर भोक महसुस अवश्य हुन्छ| तड्पिन्छ पनि, आवाज बिहिन भएर क्रन्धन पनि गर्छ| उनको अभावमा मन खालि भइदिन्छ|
आश नराम्रो चिज हो| त्यहि आशले निराश बनाउछ र धकेल्छ नैराश्यता तिर|
“हामि केहि दिन नबोलौ|” र “हामि नबोलौ|” मा धेरै फरक छ| दोस्रो वाक्य अन्त्य हो| पहिलो वाक्य सुरुवात हो आशाको| केहि दिन भनेपछी कति दिन? चाहे एकदिन होस्, या दुइ दिन, होस् बरु एक महिना या होस् एक बर्ष, एकदिन यस्तो आउनेछ जब हाम्रो फेरी गफ हुनेछ, फेरी हुनेछ भेट| यहि आशमा दिन बिताउनु पर्ने हुन्छ मैले| सोचबाट बाहिर निक्लिए|
हामि केहि दिन नबोल्ने भनेको जम्मा २ घण्टा भयो| २ घण्टा नबोल्दा यति असहज महसुस भएको हैन| दिन भरि नबोलेको पनि दिन छन् तर अहिलेको दुइ घण्टा फरक छ| मनमा डरले कब्जा गरेको छ| अब भेट कहिले र गफ कहिले हुने हो? कहिले नभयो भने? उनको सन्देश ल्याउने परेवाले अनगिन्ती दिनको बिदा पाएको छ| उनको आवाज म सम्म पुर्याउने लहरलाइ प्रवेश निषेध छ| प्रवेश निषेध हैन, त्यो सबै लहरले केहि दिन बाटो बिराउने छ| उनि मेरो माया भन्दा नि पनि मेरो बानि भइसकीछिन्|
माया मर्न सक्छ, भुल्न सक्छ तर बानि दिन चर्याको हिस्सा हो| उनि पनि मेरै हिस्सा हुन्| पर्खाइको पिडा अहस्य नै हुदो रैछ| बिहान उठ्यो, उनको मेसेज छ कि हेर्यो, छैन| दिउसो समय कट्छ तर बेला बेला आश लाग्ने उनको मेसेजको तर मेसेज छैन मोबाइलमा| प्रभात र दिवा काट्न त्यति मुश्किल हैन तर रातले निकै सताउने| कति पटक मेसेज लेख्दै मेटे तर पठाइन| कल बटनलाइ चुम्न मेरो औलाहरु कति प्यासी थिए तर मैले यो हुन दिन|
नया मेसेज आएको छैन तर पुरानो मेसेजहरु पढेर पनि केहि राहत हुने| आखिर भोकमारीको समय कसले ताजा र बासि भनि बिचार गर्छ| कहिले हाम्रो पुरानो मेसेज अनि कहिले उनको फोटो, यहि दुइ मलम लगाएर मनको घाउ शान्त पार्दै छु| मेरो हालत यस्तो छ यहाँ, पक्कै समिक्षा पनि यहि हालतमा हो| म किन स्वार्थि भएर आफ्नो मात्र सोच्दै छु| म भन्दा पिडा उनलाई हुदै छ| म भन्दा गाह्रो उनलाई हुदै छ| म भन्दा नराम्रो हालतबाट उनि गुज्रिदै छिन्| दुवै जल्दै छौ तर अलग अलग…
***
मायामा गलत हुदैन भनि फेरी पनि भन्दै छु म| यदि हामिले गलत गरेको भए पनि, सजायको भागीदार दुवै हुनुपर्छ तर उनको यो निर्णयले कहिँ उनि मात्र सजाय भोग्दै त छैनन् नि? पश्चातापमा उनि एक्लै जल्दै छैनन् नि? कहिँ उनले आफैलाइ मात्र दोषी ठहर्याएकी त हैनन् नि| यदि हो बने, उनि गलत गर्दै छिन्| निर्दोषलाइ सजाय दिनु पनि गलत हो, दोषीलाइ सजाय नदिनु पनि गलत हो|
त्यसैले सजाय भोग्नु पर्यो भने, दुबैले संगै भोग्नु पर्छ| आफुलाई मात्र सजायको भागीदार सोच्नु पनि एउटा अपराध हो| बिडम्बना, यो सबै मैले उनलाई भन्न सकेको छैन| भन्नलाइ बोलचाल हुनुपर्छ, बोलचाल ठप्प थियो| धेरै दिन हैन, ३ ४ दिन मात्र बोलचाल ठप्प र भेटघाट बन्द भएको हो| ३ ४ दिन, सेकेन्डको सुइको ठाउ घण्टाको सुइले लिए जस्तो छ, त्यसैले निकै ढिलो चल्दै छ|
उनीसंग बोल्न नपाउनु एउटा पिडा| फेरी अर्को डर, उनि एक्लै सबै सहदै छिन्|
***
कोहि आफुबाट पर हुदैमा दिन अनि मन दुवै खालि हुने| साझको ७ बजे, खासै काम केहि छैन| केहि दिन अघि भएको भए समिक्षा र म चिया पिउदै हुन्थियौ| अहिले एक्लै हिड्दै छु बाटोमा| उनले फोन गरिन्| आज चौथो दिनमा बोल्दै छौ हामि|
“कहाँ छस्?” हेल्लो भन्न पनि जरुरि ठानिन| सिधै कहाँ भनि सोधे मानौ केहि भएकै छैन, मानौ हामि एकछिनमा भेट्नेछौ|
भोलि भेट्ने सल्लाह भयो| सल्लाह बमोजिम भेटियो| राम्रो भन्ने कि कि नराम्रो, उनको एउटा बानि छ| मनमा केहि कुरा राख्दिन| मान्छेलाइ चित्त बुझोस् या नाबुझोस्, प्याच्च भन्दिहाल्ने| हाम्रो पहिलो भेट पनि यस्तै त थियो| त्यहाँ एउटा नया सम्बन्धको सुरुवात भएको थियो अनि यहाँ आज उनि आफ्नो पुरानो सम्बन्ध अन्त्य गरेर आइन्| जे डर थियो, त्यहि भयो| यहाँ तिन मुटु संगै टुक्रिए|
“मबाट केहि आश नगर्नु है| मसंग बोल्न पनि नछोड्नु है| म हजुरलाइ गुमाउन चाहदिन तर हजुरसंग प्रेमिक सम्बन्धमा बस्न पनि सक्दिन| हजुरले मेरो जीवनमा अर्कै महत्व राख्नु हुन्छ र यो साथ जीवन भरिको लागि होस् चाहन्छु| त्यसैले हामि जहिले यसरि tagless मात्र हुने है|” उनको यो प्रस्ताभमा मैले सहमति जनाए| मेरो मनमा के थियो भनि भन्दिन म| यदि उनि यसमै खुसि छिन् भने म पनि यतिमै खुसि छु| उनि जीवनमा भए मात्र पुग्छ मलाई, जहाँ नाता जे भए पनि स्वीकार्न तैयार छु म|
तर मन नै त हो| आश लागिहाल्दो रैछ| फेरी झगडा पनि भएको हैन| पहिले भन्दा नजिक महसुस हुन्छ मलाई उनीसंग| जति जे महसुस भएपनि, हामि tagless हौ| मात्र यति डर छ, कहिँ अचानक सबै अन्त्य नहोस्|
“हजुरसंग यसरि बोल्दा बोल्दै म अरु कोहिसंग सम्बन्धमा गासिए भने हजुरलाइ नराम्रो लाग्ने छ?” एकदिन गफैगफमा सोधिन् उनले| हजुरले यो बिख खानु भयो भने मर्नु हुन्छ कि नाइँ भने जस्तै हो तर फरक यति छ, चित्त दुख्ला मेरो, त्यहि पनि म उनको लागि खुसि नै हुनेछु| माया र भावनालाइ जबर्जस्ति गर्नु हुन्न| हाम्रो सम्बन्ध यस्तै नै चलीरहयो|
“तलाई थाहा छ नि, आइ लव यु|” मौका पाएको बेला आफ्नो मनको भावना भन्थिए उनलाई|
“बिहे गरौ न त हामि| बिहे गर्छस् मसंग?” जिस्किदै यो पनि भन्छु| मुहारमा मुस्कान र जिस्किएर भने पनि, उनलाई पनि थाहा छ मेरो मनको भाव के हो अनि म जिस्किदै छु कि नाइँ|
मेरो मनमा अझै कति कुरा छ जुन उनलाई थाहा होला पनि यहाँ थाहा छैन| थाहा नभए म उनलाई भन्न सक्दिन मेरो मनमा यो छ| यदि उनलाई थाहा छ भने पनि म केहि गर्न सक्दिन| भावना हो कति लुकाउ म| ढुंगा चिरेर पनि भावनाको माटोबाट माया उम्रिने रैछ| त्यहि नै हुदै छ| धेरै कुरा छ मेरो मनमा|
***
उनि मेरै मनमा छिन्| यहि मनको अर्को कोठामा मेरो भावना छ| त्यो कोठाको चाबी उनीसंग छ तर उनि यसबाट अविदित छिन्| थोरै मनको कुरा गर्छु म अब|
“तलाई के लाग्छ?”…
