Complicated- completely coated
एउटा ढिकीच्याउ ३ बच्चाको अघि राखे भने, एउटा बच्चा जहिले दुखि हुन्छ, बाकि दुइ रम्छन्| माया पनि ढिकीच्याउको खेल हो, विथ अ लट अफ अप्स एण्ड डाउन।
हामी tagless। यो सम्बन्धमा केही समस्या नै थिएन जब सम्म म उनीलाई मन मात्र पराउँथे। म प्रेम गर्छु उनलाई। उनी अरु कोहीसँग प्रेमिक सम्बन्धमा छिन्। थोरै प्रेम मलाई पनि गर्छिन्। सायद गर्छिन्। खै गर्छिन् होला। गर्नु त पर्ने हो। खै।खै खै।
“जिन्दगी लास्टै कम्पलिकेटेड भयो।” चियाको चुस्की सँगै उनी बोलिन्।
जति कम्पलीकेटेड भएपनि, म यसमै खुसी छु। Complicated हैन completely coated जस्तो लाग्छ हाम्रो सम्बन्ध। पूर्ण रूपमा सुरक्षित। “मैले यो बोले भने उनी रिसाउने हो कि। उनको यो कुरामा म रिसाउनु पर्छ है। मलाई यस्तो भन्ने। यो त भन्नु हुन्न है।” यस्तो केही नसोची हामी बोल्न सक्छौं एक अर्कासँग। यस्ता कुराबाट झगडा हुन्न भनी म पक्का छु र यसले सम्बन्ध झनै बलियो बनायो। भन्छन् नि “जे कुराले तिमीलाई मार्दैन, उसले तिमीलाई अझै शक्तिशाली बनाउँछ।” हाम्रो सम्बन्ध पनि त्यही पथमा छ।
मर्नु मात्र अन्त्य र जिउनु निरन्तरता हो र? “जे कुराले तिमीलाई मार्दैन, त्यसले तिमीलाई लाचार बनाएर छाड्छ।” यो पनि हुन सक्छ। कुनै दुर्घटनामा परी कुँजो भएको व्यक्तिलाई सोध। दुर्घटनाले उसलाई मारेन तर लाचार बनाएर छाडिदियो। यस्तो हालतमा, जहाँ चाहेर पनि उसले आफ्नै हत्या गर्न सक्दैन।
यही डर मलाई पनि छ। कहीं यस्तो मोडमा नपुगोस् हाम्रो समबन्ध, जहाँ हामीले समबन्धको अन्त्य रोज्नु परोस्। नपरोस् सबैको भागमा पीडा मात्र। कमसेकम कोही त खुसी हुनुपर्छ।
धेरै मौका थियो। धेरै पटक समयले पनि इशारा दियो हामीलाई। कति पटक मैले आफैले पनि सोचे। उनले पनि सोचेको हुनुपर्छ कि हाम्रो सम्बन्ध यो मोड भन्दा अघि बढ्यो भने दुर्घटना हुन्छ। तर सबै बेवास्ता गरेर हामी यति पर पुगेउ। सबैबाट पर पुगेउ हामी। यात्रा सँगै गरेउ तर हामी पथ भ्रष्ट भयौ सायद। त्यसैले गन्तव्यबाट पनि निकै पर पुगेऊ हामी।
म यहाँ स्वार्थी भए सायद। म आफ्नो खुसी मात्र हेर्दै छु। उनी के सोच्दै छिन्? के उनि खुसी छिन्? मैले यसको ख्याल गरिन। सायद जरुरी ठानिन। कारण छ यसको पनि। अरूको लागि आवाज उठाउने, चित्त नबुझेको बोल्ने व्यक्ति उनि, उनलाई यस्तो केही महसुस भएको भए उनले मलाई अवश्य भन्ने थिइन्। तर फेरि, आफ्नै संग अधिकारको कुरा गर्न अप्ठेरो पनि हुँदो हो।
“हैन, त्यस्तो केहि पनि हैन।” उनले बोलेको यो वाक्य मलाई दुरुस्तै याद छ। हामी चिया पिएर फर्किदै थियौ। उनको साथीसंग भेट भयो। मेरो परिचय खोज्यो साथीले, सटीक परिचय दिन असफल भईन् उनी। त्यसपछि साथीले थोरै मस्किदै “बुझे बुझे जस्तो लाग्यो ” भनेपछि उनले यो जवाफ दिएको थिइन्।
थोरै बदनाम पनि भयौ सायद हामी। हामी बिच त्यस्तो कुनै सम्बन्ध छैन जसलाई प्रेम भन्न मिलोस्। कमसेकम उनको लागि छैन। तर मान्छेहरूले हाम्रो सम्बन्धलाई प्रेम भन्दै साइनो दिदा, हाम्रो समबन्ध अनायासै बदनाम भएको महसुस हुने। बदनाम हुनलाई नाम हुन पर्छ तर हाम्रो सम्बन्धको नाम छैन, हामी tagless हौ।
बद्नाम त भइसक्यो, यस भन्दा धेरै के नै हुन सक्छ?
गल्ती गरे माफी मागौला, त्यो गल्ती फेरी दोहोर्याउला| झगडा नै परे फकाउला अनि फर्कामला। मन मर्न चाहिँ भएन। फेरि हाम्रो समबन्ध platonic जो छ।
***
It’s platonic, until i plant on it
मायामा सहि गलत हुन्न है! म यो बारम्बार भन्छु| समय गलत हुन सक्छ, परिस्थिति गलत हुन सक्छ, जोडी गलत हुन सक्छन तर माया कहिले गलत हुन्न| समिक्षा र मैले, केहि गलत गरेको हैन| एक अर्कामा रम्नु समर्पित हुनु गलत हैन| गलत र अन्यायमा फरक छ|
आफ्नो अधिकारले अरुलाइ अन्य्याय गर्नु हुन्न| हामि दुइको कारण कोहि माथि अन्याय हुदै छ| धोका दिएको पनि हैन किन कि यो धोका जस्तो लागेको छैन| यो गलत भन्ने महसुस पनि भएको छैन| धेरै पक्षबाट तर्क राखे यो गलत हो भनि तर मनले मान्न तैयार छैन कि म र समिक्षा नजिकिनु गलत हो| तर यहाँ हामि दुइ मात्र छैनौ| तेस्रो व्यक्ति पनि छ| तेस्रो व्यक्ति म पो हु| म पो बीचमा आएको हो| खैर, मेरो र समिक्षाको कारण कोहि अन्धकारमा, भ्रममा, पश्चतापमा ,पिडामा बस्नु हुन्न| हाम्रो कार्यको फल अरुले भोग्नु हुन्न तर हामि गर्न सक्छौ के?
समिक्षा र म एक अर्कासंग बाचा गर्न सक्छौ कि केहि दोहोरिने छैन तर मनले कुनै बाचा मान्दैन| जब दुइ बस्तु टक्राउन्छन्, तब उछाल सिर्जना हुन्छ र दुवै फेरी छुट्टिनछन्| सायद समिक्षा र म बीच पनि त्यहि हुदै गयो| जुन प्रेमलाइ म पुजा गर्थिए गर्थिए, गर्छु र गरिरहनेछु, त्यहि प्रेमले हामि दुबैलाई आबस्यक भन्दा नजिक बनायो र अहिले यस्तो मोडमा ल्याएर छाड्यो जहाँ सबै भटाभुंग छ| आवश्यकताले नै होला हामि आवश्यक भन्दा धेरै नजिक भएको|
बोलिदिने र सुनिदिने मान्छे निकै खास हुन्छ| त्यसैले पनि समिक्षा मेरो नजिक भएको हुनुपर्छ| उसको अघि आफ्नो मन रित्याउन मिल्थियो मैले तर आज आफै रित्तो हुने कधारमा छु, मेरो जीवन रित्तो हुने त्रासमा छ||
यो चाहना पनि छैन कि समिक्षा म बाट पर हुन्| चाहना यो पनि छैन कि उ आफ्नो सम्बन्धबाट पर होस्| तर दुइ नाउँमा खुट्टा राखी सफर गर्दा, नाउँ पनि डुब्छ अनि हानि आफुलाई पनि हुन्छ| तर कोहि माथि अहिले पनि अन्याय हुदै छ| उसलाई कसरि न्याय दिने| म समिक्षाबाट पर भैदिए भने सबै समस्याको समाधान हुन्छ|
यहाँ म स्वार्थी भइदिए| म उनीबाट पर हुन सक्दिन अनि हुन्न पनि| उसको साथमा रम्छु, उसलाई गुमाउन चाहदिन| बरु उसको निर्णय जे हुन्छ त्यसलाई सहजै स्वीकार्ने छु|
“हामि केहि दिन नबोलौ|” चिया पिउदै गर्दा एउटा निर्णयमा पुगियो| निर्णय समिक्षाको मैले स्वीकारे|
***
