“टिकटक त्यसै बदनाम छ, मुख्य अपराधी त clubhouse हो|” आकाश भाइको स्टाटस देखे फेसबुकमा| रातको 10 बजे, instagram बाट youtube, youtube बाट twitter हुदै, twitter को सहर छाडेर भर्खर फेसबुकको सहर पसेको थिए, यस्तो स्ट्याटस देखे|
“डाउनलोड गर्नु, मैले इन्भाइट गरेको छु|” आकाशको रिप्लाई आएपछि clubhouse डाउनलोड गरे| Vianet को 50 mbps, मुस्किलले 10 सेकेन्ड लाग्यो डाउनलोड हुन| साइन अप गरे र clubhouse को सहरमा आफ्नो एउटा घर बनाए|
४ 5 वटा रुम देखे, तर छिर्नु चाही कुनमा?
“आउनुस, गफ गरौ|” यो शिर्षकको एउटा गरुम देखे, यसमै छिरे| खै के मजा आउदो हो मान्छेहरुलाई| यसरि नचिनेको मान्छेको गफ सुनेर बस्नुमा के को आनन्द? फेरी यसरि नचिनेको मान्छेले सुन्ने गरि किन बोल्नु? जब दुइ साथी नै बोल्ने हो भने, मेसेन्जरमा कल गरेर बोले भइगयो नि| अरुलाइ सुनाउनु नै छ भने, फेसबुक लाइभ गरे भइगयो नि| किन यसको लागि अर्को app चलाउनु| यो त चिया पिउन पाइपको प्रयोग गरे जस्तो भइगयो नि| सुरुमा मेरो सोच केहि यस्तै थियो तर जिन्दगि समय हो अनि समय भनेको बदलाव| समय संगै मेरो सोच बदलिन कत्तिनै समय लागेन|
रातको ३ बजेको छ, म clubhouse मै रम्दै छु| एकपछी अर्को रुम| एक पछी अर्को गफ| कसैले गित गाउने कसैले कविता भन्ने| कसैले के गफ अनि कसैले के गफ| कसैले आफ्नो रमाइलो पल सुनाउने अनि कसैले अरुको मजाक बनाउने| हुदा हुदा अरुले खेलेको “truth and dare” पनि रमाइलो लाग्न थाल्यो मलाई| आफ्नो भन्दा अरुको जीवनमा के चल्दै छ भन्ने उत्सुकता रमाइलो हुने रैछ| फेरी नेपालि हु, डोजरले बाटो खनेको हेरेर नै घन्टौ बिताउन सक्छु, clubhouse त्यो भन्दा निकै राम्रो छ| महल हुने मानिसलाई पनि झोपडीको प्वालबाट चियाउदा अनान्द आउछ होला|
खैर, पहिलो दिनको अनुभव रमाइलो नै ररहयो| अरुले बोलेको सुनेर मात्र बसे म| आफु त्यहाँ गएर बोल्ने माहोल थियो तर हिम्मत थिएन| हिम्मत भन्ने कि इच्छा, जे होस् म बोलिन भनेर बुझ्दा हुन्छ|
बिहान 5 बजे निदाएको मान्छे कहिले पनि उठ्दैन, उसलाई उठाउनु पर्छ| आमाले उठाउनु भयो मलाई|
“चन्द्र छुने सपना लिने मान्छेहरु सुर्य भन्दा चाडै उठ्नु पर्छ|” रातभरि मोबाइल चलाएर, सुर्य उठेपछि मात्र म सुत्न गएको आमालाइ के थाहा|Lockdown को समय, अफिस बन्द छ| दिउसो भरि गर्ने काम केहि नै छैन, ल्यापटप र मोबाइल चलाउने बाहेक| “तन्ना च्यातिने बेला भैसक्यो|” आमाले यहि भन्नु हुन्छ मलाई ओछ्यानमा मात्र देख्दा|
“भोक नलाग्दो हो र दिसा पिसाब त्यहि गर्दा लाज र घिन नलाग्दो हो भने, यो २४ घन्टा नै त्यहि हुन्छ|” बुवाले पनि आमाको कुरामा सहि थाप्नु भयो| भगवानले दुइटा कान दिनु भएको छ, एउटाबाट सुने, अर्कोबाट निकाल्ने हो|
Clubhouse चलाउन लागेको १२ घण्टा भएको छ तर यति छोटो समयमा नै फेसबुक र युट्युबलाइ मैले सौताको सन्तान जस्तो व्यवहार गर्न सुरु गरिसके| दिउसोको समय चाही clubhouse अल्छी लाग्ने र बकम्फुसे नै हुने देखे| “kill, marry date” “मन परेको मान्छे छानेर लग्नु|” यस्तै मात्र रुम देखे| एकछिन पसे तर मेरो लागि हैन यो रुम भनि बुझ्न समय लागेन|
तर के गर्नु जति अल्छी माने पनि| जति लात खाएपनि बाछा गाईको थुंगमा मुख जोड्न पुगीहाल्छ| फेरी पनि clubhouse खोले| असिम बस्नेत दाइलाई एउटा रुममा देखे| असिम बस्नेत दाइको परिचय दिनु पर्दा, उहाको bio मा लेखिएको छ “Leading Pathao Nepal”| lockdown अघि पठाओ चढ्दा, एउटा राइडरले भनेको याद आयो: “असिम बस्नेतको राइड request एसेप्त गरेको थियो मेरो साथीले| पछी rough हाक्यो भनेर block भएछ|” यो सुन्दा लागएको थियो, पठाओ सहि दिशामा छ| खैर, त्यो रुममा चर्चाको बिषय थियो “नेपालको सडक, चालक अनि पैदलयात्री|” धेरैले आफ्नो बिचार व्यक्त गरे| कहिले आक्रोश पोखे र कहिले आफ्नो अनुभव पस्किए| clubhouse को सदुपयोग यहि जस्तो लाग्यो|
केहि बेर पछी अर्को एउटा रुम देखे| नामले नै मेरो ध्यान खिच्यो| “silly songs and subtle poem” यस्तै केहि थियो नाम| अस्मिता गौतमले कुनै कविता भन्दै थिइन् “गुलाबी संग खासै…” खै मलाई कबिता याद हुन्न तर साहित्य प्रति औधि रुची छ| रातको ११ बज्यो यो रुममा नै| कविता, गित र गफ, यहि हो यो रुमको विशेषता| रात अझै बाकि छ, अशोक काफ्ले भएको रुममा पुगे| अशोक जीले निकेत ढकालको कुनै लेख बाचन गर्दै हुनुहुन्थियो| अशोक जीलाइ चिन्छु, निकेत नया नाम हो मेरो लागि| clubhouse राम्रो माध्यम भएको छ, मनको भावना ब्यक्त गर्ने| आफ्नो कला प्रदर्शन गर्ने राम्रो तरिका हो यो| खैर दिउसो मैले जस्तो रुम देखे, त्यस्तो रुमलाई खादै गरेको गासको ढुंगा भन्ने रुचाए मैले|
