Part 2

घुम्दै जादा एउट रुम भेटे, त्यहाँ आफ्नै साथि देखे|
“रोचकलाइ माथि तान न|”  यहाबाट नबिनले मेरो नया यात्रा सुरु गरिदियो क्लब हाउसमा| पहिलो पटक बोल्दै छु क्लब हाउसमा| त्यहाँबाट बोल्न सुरु गरेको, अब त जुन रुममा पनि निर्धक्क भएर बोल्नु सक्छु|
एउटा रुममा छिरे फेरी पनि| रमाइलो गफ हुदै थियो| गफ भन्दा पनि, flirt गर्ने क्रम जारि थियो| त्यो रुममा मान्छेको शंख्या ५० भन्दा माथि थियो| त्यसमध्य मन परेको एक जना मान्छे छान्ने, अनि त्यो एकजनालाइ फकाउनु पर्ने| फोटो र bio मा लेखेको जानकारीको भरमा मान्छे मन पराउनु गाह्रो हैन| गाह्रो हो त आफ्नो शब्दको भरमा अरुमा आफ्नो प्रभाव पार्नु| सोचेर सम्झेर बोल्नु पर्ने नत्र पुलाउ बनाउन खोज्दा जाउलो बन्ला फेरी| मैले पनि एकजना छान्नु पर्ने थियो, अनि उनलाई impress गर्नु पर्ने| तर मैले कसैलाई इम्प्रेस गर्नु अघि नै, म एक जना केटिको फोटोले इम्प्रेस भए| मन्त्रमुग्ध उचित शव्द हुन्छ सायद| नाम उनको “करिश्मा” थियो| कर्ली कपाल, थोरै मुस्कुराएको, पहेलो टिसर्ट, गुलाबी लाली, अनि smoky eyes| मैले उनको फोटोमा यति देखे र यतिले नै उनको फोटो मन पर्यो| माफ गर्नु, फोटो हैन, मान्छे नै मन परेको हो|
“रोचक तिम्रो पालि, मन परेको मान्छेलाइ impress गर|” मेरो पालो आइसकेछ| मन अहिले सम्म उनको फोटोमा अड्किएको थियो, शब्द खोज्ने समय नै पाएको थिन मैले| के भन्नु अब मैले उनलाई इम्प्रेस गर्न? धेरै अघि केहि लेखेको थिए, त्यहि नै भने|

“सक्दिन झार्न त्यो तारा र चन्द्रमा,सक्दिन झुटो कसम खान जिबनको अन्त्यमा | सधै संगै बाच्ने मन त मलाई पनि हुदो हो, सम्बन्धको अन्त्य सोच्दा मन त मेरो पनि रुदो हो | तर कसरि झुठो बाचा र कसम दिन सक्छु र म| सधै संगै त भन्न सक्दिन,तर जब सम्म बाच्छु तिम्रै लागि हुनेछ जिबन यो, जिबनको अन्त्य आओस,तर तिम्रै लागि होस् मेरो निधन यो | मुहारमा मुस्कान तिम्रो,हास्दा तिमीले निच्च लाग्छ सबै ठिक छ |  हो त्यो मुस्कानको कारण म सधै हुनेछु, आसु आउन दिन्न भन्दिन तर तिम्ले नभने नि सबै बुझ्नेछु | तिमीले घर त्याग्छौ,थर फेर्छौ,आफ्नै परिवारसंग पर हुन्छौ तर सुनन यो घर पनि हाम्रै त हो नि,यो थर पनि हाम्रै त हो नि,यो परिवार पनि हाम्रै त हो नि,अनि त्यो परिवार पनि हाम्रै त हो नि | तिमि यताको बुहारी भएर आयौ,म पनि उताको छोरा जस्तै बन्छु नि त,जसरि तिमि मलाई आफ्नै मान्छौ,म पनि तिम्रोलाई आफ्नै गन्छु नि त | सुखमा साथ नदिने कुरै हुन्न,दुखमा साथ् दिनु मेरो कर्तब्य हो, सुरुवात जसले गरोस तर संगै पुगौला गन्तब्य त्यो |आखा भिज्ला कहिले मैले गर्दा तर मन कहिले बिजाउदिन, मन दुखाउलाउ तिमीले तर विश्वास गर तिमीमाथि कहिले चिच्याउदिन | खाना तिमि पकाउनु भाडा मेरो जिम्मा भयो, घर तिमि हेर्नु लुगा मेरो जिम्मा भयो, आखिर हामि एउटा रथको दुइ चक्का पो हो त, ठट्टा गरेको हैन यो कुरा पक्का पो हो त | अभ आयो कुरा मायाको चिनोको, त्यो पिडा बाड्न त सक्दिन तर त्यो पिडाबाट म भाग्न नि सक्दिन | तिमि असह्य पिडामा तद्पिन्छौ,तिम्रो पीडा देख्दा म पनि त तद्पिन्छु नि | पिडा बाड्न त सक्दिन तर साथ् र माया  दिन त सक्छु नि |  धेरै कुरा अझै छ बाकि भन्न लाई,तर बाकि त तिमि पनि आफै बुझ्छौ नि,मात्र यति सोध्नु छ के तिमि मेरो हुन्छौ नि ?”
भन्न त भने तर के भने भने| के सोचिन् होलि उनले| पक्कै पनि “कस्तो बोका रैछ, सिधै यस्तो भन्यो” भनि सोचेको हुनुपर्छ| कहिँ मैले यति लामो बोले, सबै निदाएको हैन नि? कोहि केहि बोल्दैन त|
“करिश्मा जी, के रोचक जी हजुरको मन जित्न सफल हुनु भयो त?” एक मोडेरेटरबाट करिश्मालाइ प्रश्न आयो|
“यदि रोचकले मलाई यति मायाले भनेको भए, म आफ्नो लिंग परिवर्तन गरेर भए पनि रोचक संग बिहे गर्थिए|” मौनता भन्दा मजाक ठिक| अभिषेकले जिस्किदै माहोल बदलिन खोज्यो जब करिश्माको कुनै जवाफ आएन|
“मलाई पनि मन पर्यो| कस्तो मिठो कविता|” करिश्माको जवाफ आयो तर मेरो भावनालाइ कविता रे| उनको फोटोको पहिलो झलकमा नै उनि मलाई मन परेको हो, उनलाई कसरि भनौ म|  स्वप्न सुमनको गित बज्यो मनमा “कसरी भनौ तिमीलाई, तिम्रो आखामा एउटा जादु छ…”| थप केहि बोल्न मन थियो तर भन्ने र सुन्ने माहोल छैन| अर्कोको पालि आइसकेछ| करिश्माको बोल्ने पालि पर्खिएर बसे| उनको पालि आउनु अघि नै उनले रुम छाडेर गइन्| चन्द्रमा बिनाको पुर्णिमाको रातको के सुन्दरता! करिश्मा गएपछि, म पनि निक्लिए त्यहाँबाट|
इन्स्टाग्राममा नोटिफिकेसन आयो| “करिश्मा want to send you a message” लेखिएको थियो| मेसेज खोले “चिनेउ?” लेखिएको थियो|
“किन नचिन्नु| कसरि भेटेउ मेरो अकाउन्ट?” यसरि प्रश्न गरिहाल्नु नहुने| उनले मेसेज गरेको, उनलाइ अप्ठेरो पो लाग्ने हो कि|
“नाङ्गो मान्छेले…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts