बिहान उठेर खाना खाए र तैयार भए अनि बैक स्टार्ट गरेर लागे अपेक्षाको घर तीर| उनको घर अहिले सम्म गएको छैन म, अनि देखेको पनि छैन| उनले लाइभ लोकेसन सेयर गरेकि छिइन्, गुगलले ढोका दिएन भने त्यहाँ पुग्न कुनै कठिनाइ हुदैन| गुगल मान्छे जस्तो बेवफा नहोला|
उनले फेरी specific भएर भनेकी थिइन्, “त्यहाँ मेरो घरपछीको दोस्रो गल्लिबाट देब्रे जानु अनि पिपलको बोट छेउमा एउटा चिया पसल छ, त्यहाँ पुगेसी फोन गर| म आउछु अनि मलाई देख्ने बित्तिकै बाइक स्टार्ट गर्नु अनि केहि नबोलेर त्यहाँबाट हिड्छौ हामि| मेरो लागि हेल्मेट पनि लिएर आउ|” पहिलो पटक बाइक सिक्दा, बाइक सिकाउने मान्छेले यति धेरै निर्देशन दिएको थिएन|
उनले भने जसरि पिपल बोट छेउको चिया पसल पुगेर उनलाई फोन गरे| फोन उठाइनन् उनले| तैयार हुदै होलिन्, नत्र उनको गब्बर दाइ छेउमा होला| उनलाई समय लाग्ने भयो भन्ने आकलन मेरो| चिया पसलको छेउमा थिए, एउटा कटिंग मगाए| चियाको कपलाई ओठले चुमेको मात्र के थियो, ओठले कपको स्पर्श गर्ने बित्तिकै, चियाको मिठास थोरै मात्र भेटेको थियो जिब्रोले, त्यो मिठासमा मग्न भइ पुर्णरुपमा डुब्न बाकि नै थियो, चियाको न्यानोपनले आत्मालाइ न्यानो तुल्याउन बाकि नै थियो, अपेक्षालाइ देखे| मबाट १० पाइला जतिको दुरीमा थिइन् उनि|
“चिया पिउने?” अपेक्षालाइ सोधे|
“चिया राख अनि हिडी हालौ|” यति भन्दै उनले हेल्मेट लगाइन्|
उनले हेल्मेट लगाएपछी, मैले मन मारेर चिया छाड्नै पर्यो| चियाको कप टेबुलमा राखेर, पकेटबाट पर्स निकाल्दै, चिया पसलको दाइको हातमा ५ रुपैयाको नोट राखिदिए| आफु बाइक माथि चढे, बैक स्टार्ट गरे, अपेक्षा बाइक पछाडी चढीन्| अनि हामि त्यहाँबाट निक्लियौ| यहाँ जति सुस्त गतिमा मैले सबै व्याख्या गरे, त्यहाँ त्यस्तो उल्टो, सबै द्रुतगतिमा हुदै थियो| मैले अहिले जे जे व्याख्या गरे, १० सेकेण्डको पल हो त्यो|
अविसको घर पुगियो| हामि ढिला पुगेका रैछौ| बाकि सबै उहिले पुगीसकेका| हैन, मान्छेहरु कस्तो निकम्बा र काम नलाग्ने भएका, यसरि समयमा पुग्ने हो? नैतिकता कहाँ हरायो अचेल मान्छेको? यसरि समयमा पुग्ने मान्छेलाइ त, गनाउने मोजा टोपी बनाएर लगाईदिनु पर्छ|
“बाइक बिग्रिएर थोरै ढिला भयो|” साथिहरुको सामु बहाना बनाउन पछी परिन|
“मन बिग्रिनु भएन| बाइक बिग्रिदा खासै केहि फरक पर्दैन|” अबिसले आफ्नो ट्रेडमार्क डाइलग बोल्यो र सबै साथि हासे खितितिती गर्दै|
अपेक्षालाइ ग्रुप स्टडीको लागि बोलाउनु पछिको आसय भनेको, उनिसंग भेट्नु, उनीसंग समय बिताउनु, उनिसंग केहि मिठा बात गर्नु र थोरै पढ्नु थियो तर यहाँ मैले सोचे अनुरुप केहि भएन| अपेक्षा त्यहाँ गएपछि, किताब खोलेर बसेकी, उनको ध्यान किताबमा मात्र थियो| उनिसंग बोल्नलाइ पनि बहाना खोज्नु पर्ने अवस्था भयो| अनि त्यो बहाना भनेको गणितको कुनै समस्याको हल बनाइदेउन भनि| खल्लो पनि भन्न नमिल्ला, तर चाहेको जस्तो पनि भएन त्यो पल|
अरु साथिहरु गफ पनि गर्दै थिए, एक अर्कालाइ जिस्काउदै पनि थिए, एक अर्कासंग चल्दै पनि थिए| सिधा शब्दमा भन्नु पर्दा, उनिहरु त्यो पलमा रम्दै थिए| मेरो लागि रम्नु भनेको, अपेक्षाको छेउमा हुनु थियो| साथिहरु आइसक्रिम खान बाहिर जाने भएछन्| हामिलाइ पनि जाने हो भनि सोधे|
“नाइँ, म त बिरामी हुन्छु आइसक्रिम खाएपछी|” अपेक्षाले सिधै नाइँ भनिन्|
“मन बिरामी हुनु भएन|” अविसले यस्तो मौका खेर नाफ्याल्ने|
“म पनि जान्न, मेरो टाउको दुख्छ आइसक्रिमले|” मैले झुठ बोलेको हु भनेर पाच बर्षे बालकले पनि बुझ्छ| साथिहरुले पनि बुझे अनि मलाई अप्ठेरो नापारिकन “हुन्छ तिमिहरु बस” भने|
“टाउको दुखे पनि मन चाही दुख्न भएन है गाइच|” हिड्नु अघि अविसले भनि हाल्यो| कहाँबाट हरेक वाक्यमा यस्तो भन्न जानेको होला उसले|
आज पहिलो दिन, यसरि नै बित्यो| परिक्षा भरि कहिले अविसकोमा जाने अनि पढ्ने| म नपढ्ने मान्छे पनि पढ्न लागे| थाहा नभई नभई हामि एक अर्कालाइ बुझ्न लागेउ| सानो सानो पल, सानो आनो बाक्यले एक अर्कालाइ झनै चिन्दै गयौ| भावना थियो मनमा, भावना मायामा परिणत भएको हामिलाइ पत्तो थिएन तर हामि अब मायामा थियौ| मात्र कमि के थियो भने, मायाको जिकिर न उनले गरेकी थिइन्, न मैले| पढ्ने बेला उनले कपाल मिलाउने, केहि नमिल्दा कलम चपाउने, एकछिन सम्म प्रश्नको हल निक्लिएन भने, पाना च्यात्ने, अपेक्षाको यो सबै बानि याद छ|
परिक्षाको अन्तिम दिन, अन्तिम परिक्षा गणितको| आज मनमा फेल हुने थोरै पनि डर छैन| अपेक्षाको संगतको असर| परिक्षा हल भित्र पस्नु अघि साथिहरु गफ गर्दै थियौ|
“म त फेल हुन्छु होला|” सिडले जहिले गणितको परिक्षा अघि यहि भन्ने गर्छ, अनि भन्ने मात्र हैन पुरा पनि गर्छ|
“मन फेल हुनु भएन|” फेरी अविसले जहिले भन्ने यहि नै हो|
परिक्षा सकियो| कहिँ घुम्न जान मन थियो अपेक्षाअंग तर मिल्दैन भनिन उनले| हामि दुवैले गाडी चढ़ेउ| परिक्षा पछी हफ्ता दिनको बिदा छ| बेला बेला बिदा भन्दा पनि रिस उठ्ने| बिदा किन दिनु पर्यो, कसरि भेट्नु अपेक्षालाइ| हिजो सम्म group study को बहाना थियो|
“भोलि भेट्न मिल्छ होला नि?” अपेक्षालाइ सोधे|
“भोलि?
