Part 11

“आज सुतिन्न अब|” उनको आवाजमा उत्सुकता र दृढता दुवै थियो| म पनि कति रात सुत्न सकेको थिइन उनलाई सम्झेर| “म उनलाई मन पराउछु|” भनि मलाई मात्र थाहा थियो र यसले मलाई कहिले खुसि दिन्थियो अनि कहिले नैराश्यता| आज उनलाई थाहा भयो मेरो मनको भावना र उनको निन्द्रा गायब भयो| यो मन राम्रो हैन नि, कसैको निन्द्रा गायब कसैको खुसि|
उनलाई मन पराउछु भने तर उनले थोरै समय लिइन् विश्वास गर्न| उनीसंगको पहलो भेटबाट नै म उबाट प्रभावित भएको भनि बताए|
“किन मनपराउनु हुन्छ मलाई?” मुश्किल प्रश्न आयो उनीबाट| बाझो दिमागमा जति कोदालो चलाए पनि जवाफ फलेन|
“कारण चाहिन्छ र?” सजिलो जवाफ रोजे|
“अनि यसै कोहि मन पर्छ?” एक पछी अर्को गाह्रो प्रश्न आयो उनीबाट| अजिंगरले कसरि सिकार गर्छ थाहा छ? आफ्नो सिकारलाइ बेर्दै जान्छ र जति सिकार कम्जोर हुदै जान्छ, पकड झनै बढ्छ| कुनै मौका छाड्दैन अजिंगरले आफ्नो जकड बलियो बनाउने अनि अन्त्यमा छाति भित्र हावा रितिन्न्छ शिकारको र मृत्यु हुन्छ| यसरि नै मेरो जवाफ र मस्तिस्कको मृत्यु हुन लाग्यो| एक पछी अर्को प्रश्नले जकडिन मिल्छ मान्छेलाइ?
“किन कि मलाई यहि ठिक लाग्यो| यहि नै मेरो मनले रोज्यो|” थोरै सास जोगिएको थियो र यति जवाफ दिए
“”पुगेन, पुगेन…” उनको चित्त फेरी पनि बुझेन| चित्त नबुझेको कि मलाई गिज्याउदै हो| यो उनलाई थाहा छ|
धेरै मध्य एउटा अर्को निन्द्रा बिहिन रात थपियो हाम्रो सम्बन्धमा| मनको भावना आफैलाई भारि भएको हुन्छ| कहाँ गएर कसलाई सुनाउ हुन्छ| आज समिक्षालाइ मनको बात भने, हलुङ्गो भयो तर क्षनभरको लागि मात्र| भावना र पाद उस्तै हुन्| आफु भित्र रहयो भने आफुलाई गाह्रो, बाहिर आयो भने अरुलाई गाह्रो|
अब हाम्रो सम्बन्धले कुन मोड लिन्छ? उनलाई थाहा छ म उनलाई मन पराउछु| के अब हाम्रो सम्बन्धको अन्त्य हो यो? उनि अरु कोहिसंग प्रेमिक सम्बन्धमा छिन् र यता मसंग बोल्नु गलत हैन तर.. मैले उनलाई मनपराउछु थाहा हुदाहुदै हाम्रो बोलचाल यस्तै रहयो भने कहिँ मेरो मनमा आश पलाउने पो हो कि भनेर उनले सोचिन् भने? उनले हाम्रो बार्तालाप ठप्प गर्ने त हैन?
कहिले मनको कुरा मनमा नी दबाउनु ठिक हुन्छ| यति राम्रो साथि पाएको थिए मैले| जुन बेला चाहियो भेट्न मिल्ने, बोल्न मिल्ने तर आज सबै बिथोलिने पो हो कि| दिउसो भरि यहि एउटा सोच घुमी रहयो दिमाग भरि|
“चेप्पिने हो?” चार बजे मेसेज गरे उनलाई| जे भए पनि मलाई यो सम्बन्ध अन्त्य गर्नु छैन| tagless भएर नै जीवन भरि बस्न तैयार छु|
***
४ बजे भेट्ने भइयो| हिजोको हाम्रो बार्तालापले हाम्रो सम्बन्धमा अर्को फड्को मार्यो| कहिँ सबै अन्त्य हुने पो हो कि भन्ने डर थियो तर त्यो भएन| आखिर अन्त्य पनि एउटा नया सुरुवात हो| यो पनि हाम्रो सम्बन्धको नया सुरुवात हो| फरक यति कि पुरानो सबै भावना नया सम्बन्धमा कायमै छ|
कति सजिलो छ एउटा सम्बन्धको अन्त्य गर्न| कारण पनि थियो मौका पनि| तर झन् नजिक भयो हामि| ४ देखि ९, 5 घण्टा क्याफेमा चेप्पिदै बित्यो, चिया पिउदै बित्यो| यस बीच धेरै गफ भयो| गफ केहि हिजोको अनि बाकि सामान्य| हिजोको सत्यले आज दुवै डिस्टर्बड हुनु पर्ने थियो सायद तर सामान्य छ सबै| मानौ हिजो केहि भएकै थिएन| आखिर मनको भावाना पोख्नु पनि सामान्य त हो नि| दिन सकियो तर भावना बाकि| मन पराउछुबाट माया गर्छुमा परिणत हुदै गयो मेरो भावना|
उनि अघि भएको बेला लाग्छ भानिदिउ आफ्नो मनको भावना| उसलाई पनि हक छ जान्न म के सोच्दै छु भनि| उनिसंग जति समय बिताउदै जान्छु म उनलाई त्यति माया गर्दै छु| जति उनको बारे सोच्छु त्यति उनीमा समर्पित हुदै छु| यो सबै भन्न मन छ तर डर लाग्छ| एउटा गल्ति निर्णय अनि सबै सकिने छ|
उसले भनेकी पनि थिइन् “नो expectation”
No expectation र know expectation मा फरक छ| उनले उनिबाट केहि आश नराख्नु भनेकी हुन् तर म मैले के आश राखेको छु भनि कसलाई भनौ म? साथिलाइ भनौ साथिले बुझ्दैनन्|
“बोइफ़्रेन्ड छ? यो चक्करमा नलाग|” यस्तै केहि जवाफ हुनेछ साथीको| तर मायामा एउटा दुइटा हुन्न| एकै पटक दुइ जना मन पर्न सक्छ| एकै पटक दुइ जना उत्तिकै मन पर्न सक्छ| दुवैसंग सम्बन्ध गासिनु गलत होला तर मन पर्नु गलत त हैन नि| फेरी मायामा सहि गलत के भन्नु| केहि हुन्न मेरो लागि| अहिले म जे मा खुसि छु त्यहि नै सहि हो बाकि गलत छुट्टाउने समय, चेस्टा र इच्छा छैन म भित्र| म अहिले खुसि छु| अहिले मेरो खुसि उनि हुन्| म उनिमा नै खुसि भेट्दै छु| अनि यहि सहि हो|
रक्सि, नशा त्यसै बदनाम छ| असली दोषी मन हो| रातको ११ बजेको छ, थाहाछैन किन तर उनलाई मेरो भावना जिकिर गर्न मन लाग्यो र फोनमा भने “म तिमीलाई माया गर्छु|”
***
“म तिमीलाई माया गर्छु|”
“मतलब?”
“आइ ह्याभ स्टार्टेड टु फिल फर यु|”
“बहुलाउनु भयो?
“साची|”
“भावना हो, आफै कम हुन्छ| चिन्ता नलिनु”
“तर बढ्यो भने?”
मेरो यो अन्तिम प्रश्न पछी एकछिन मौनता छो|
***
“हजुर एउटा गर्लफ्रेन्ड बनाउनु के|” कुनै रात फोनमा बोल्दा बोल्दै उनले भनि|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts