Part 10

अब भनेर केहि हुन्न, उ वासरुम गइ र यता म कपडा फेर्न लागे| बाइकमा आएकोले म थाकेको थिए र त्यसका साथै कपडा पनि पुरै धुलोले ढाकेको थियो| लुगा फेरे पछी मेरो काम केहि नै थिएन, मोबाइल थियो छेउमा,हातमा लिएर त्यहि चलाउन लागे| निष्ठाले वासरुमबाट निक्लिन केहि बढी समय लगाई, मनमा फेरी नानाथरी कुरा आउन लाग्यो र ढोका धक्धकाउन पुगे|

“५ मिनेट,निक्लिन लागे|” उसले यति भनेपछि मनमा आएका नराम्रा सोचहरु,जुन बाटो आएका थिए,त्यहि बाटो हुदै फर्के|

५ मिनेट भनेकी,५ मिनेटमै निक्ली उ,घडी हेरेर निकिलेको जस्तो| टाउकोमा टावेल बेरेको थि, कपाल त्यहि टावेल भित्र जुल्ठो बनाएकि थिइ,हातमा र घाटीमा केहि पानीको थोपाहरु मोति जस्तै टल्किदै थियो, वासना उसको शरीरबाट आएको हो कि उ बाट नै तर निकै मोहक वासना थियो उनको प्रबेशमा| सबै कुरा ठिक छ,मानौ बसन्त ऋतु जस्तै तर उनको अनुहारमा भने सोचको कालो बादलको प्रतिबिम्ब देख्न सक्छु म,हो त्यहि कालो बादलहरु आज आकाशमा पनि छ|

“नुहाउन जानु हजुर पनि|” उसको जिउ हलुको भएको हुदो हो,त्यसैले उसले मलाई पनि नुहाउन आग्रह गरि| तर उसलाई छाडेर जान मनले मानेन|

“नाई नुहाउदीन,मन छैन|” बहाना बनाउन केहि गाह्रो भएन मलाइ|

“मन छैन भनेर पाउछ, जानुस् भनेको| पुरै धुलो नै धुलो हुनु भएको छ|” मेरो बहाना सहितको वाक्य लगत्तै उसको यो जवाफ आयो| एकछिन पछी नुहाउन जान्छु भनेर उसलाई सम्झाउन खोजे` तर उसले मेरो एक शब्द पनि नसुनी जिद्दी गरि रही र मेरो केहि लागेन| उ कम्जोर भइसकी भनि प्रस्ट झाल्किन्थियो उसको आवाजमा,सायद औसधिले काम गर्न सुरु गर्यो| जति बोल्यो त्यति गाह्रो हुन्छ उसलाई,त्यसैले थप केहि नभनी नुहाउन गए म|

पानीले जिउमा टासिएको धुलो त पखाल्यो तर मनमा रहेका केहि प्रश्न अनि केहि संकोचहरु पखाल्न सकेन,सायद कोशिस नै गरेन होला पानीले,थाहाछ होला पानीलाई त्यो प्रश्न र संकोचहरु अलि गाढा छन्,उसले पखाल्न सक्दैन| त्यहिपनि जब पानि सावरबाट सिधै मेरो टाउकोमा आयो,केहि हलुका महसुस भयो,जब पानि जिउ तिर दगुर्न लाग्यो, थकानको नामो निशान नै हरायो|

बाहिर निक्लिदा निष्ठा निदाएकी थि,सायद पल्टेको मात्र पनि हुन सक्छ|पल्टेको नै हो रैछ,म निक्लिने बित्तिकै उसले आखा खोलि| आखा पनि आधा मात्र खोलि,जानी जानी हो कि न्पुरै खोल्न नसकेर,यो चाही उसलाई नै सोध्नु पर्छ| उसको सामु गएर बसेको,उसको हात त भट्टीबाट निकालेको इटा जस्तै तातो भएको छ|निशार छामे,निधार झनै तातो थियो| “Niko” निकालेर उसको हातमा दिए तर उसले खान मानिन औसधि| एकछिन सम्मको थप केहि अनुरोध पछी उसले त्यो औसधि खान्छु भनि|

फेरी उसको अचम्मको बानि रैछ,त्यती ठुलो भईसकि तर पनि औसधि चम्चामा घोलेर खानु पर्ने| औसधि लिएर चम्चामा हाले र दुइ टुक्रा पारे त्यो औसधिलाई|दुइ टुक्रा भयो औसधि,अभ त्यह्ही दुइ टुक्रालाई चम्चामा राखे र केहि पानि मिसाएर घोल्न लागे| दुइ तिन थोपा भुइको कार्पेटमा पनि खस्यो तर म भने एकाग्र भएर औसधि घोल्दै थिए| जब औसधि पुरै घोलियो निष्ठाको मुखमा राखिदिए र औसधि संगै उसले केहि घुड्को पानि पनि खाइ|

उसले अडेस लागेर बसेको सिरानी कुन बेला मेरो ढाडको पछाडी आयो याद नै छैन,अनि मेरो छाती चाही उसको सिरानी भएको छ| सायद मन पर्यो उसलाई नया सिरानी,निदाईछे| उसलाई निन्द्राबाट उठाउन न मेरो मनले दियो न दिमागले नै| “निदाएको मान्छेलाई किन उठाउनु|” हो यहि तर्क थियो दुवै मन र दिमागको| ९ बजेको छ,भोक मलाई असाध्यै लागेको छ, निष्ठा पनि ठ्याक्कै उठी र उसले पनि खाना खाने भनि जिकिर गरि |

“म उठेर जान सक्दिन जस्तो लाग्यो|” कम्जोर महसुस गर्दै छे उ,औसधिले सामान्य रुपमा गलाउछ भन्ने कुरा मलाई पनि थाहाछ तर पनि चिन्ता लाग्ने उसलाइ देखेर|

“यहि मगाउने नि त|” मैले यति भनिसकेपछी,हामीले के खाने भनि निर्णय गर्न लागेउ| दुबैले चिकेन खाना सेट खाने भयौ र त्यहि अनुसारको अर्डर दिएउ| खाना मिठो नै थियो,निष्ठाले पनि मिठो मानि खाइ खाना,एकछिन औला चाटेको जस्तो पनि लाग्छ,खाना खाइसकेपछि| जिउ थाकेको छ तर मनले सुत्न देको छैन,अनि मस्तिस्कले त सुत्न नजा भनि अनेकौ कुरा गर्दैछ मसंग| खाना पछी निष्ठा ओछ्यानमा गई सिधै,सायद केहि होला त्यहाँ| म जस्तै निष्ठा पनि निदाएकी भने छैन रैछ,यति धेरै तनावको बीच यति छिटो निन्द्रा कहा लाग्नु|

गफ गर्दा गर्दै ११ बज्यो रातिको , उ कुन बेला निदाई पत्तो भएन| 2 बजेको थियो,निन्द्राले मलाई पनि आमन्त्रण गर्दै थियो,उसको काठमा गएर निदाउनलाइ| त्यासी तरखरमा थिए तर

Previous article
Next article

Latest Posts