Part 11

गफ गर्दा गर्दै ११ बज्यो रातिको , उ कुन बेला निदाई पत्तो भएन| 2 बजेको थियो,निन्द्राले मलाई पनि आमन्त्रण गर्दै थियो,उसको काखमा गएर निदाउनलाइ| तरखरमा थिए सुत्ने तर  निष्ठा निन्द्रामा नै बर्बराउन लागि,उसले के बोल्दै छ बुझ्न गाह्रो भयो| बुझौ पनि कसरि,एक त निन्द्रामा बोल्दै छे उ,अनि त्यो पनि अर्थ नलाग्ने र अर्थ नबुझिने शब्द छ, अनि कुनै पनि शब्द पुरा छैन| सुत्नु अघि वासरुम पसे,खाना खाएपछि दुइ गिलास पानी,अनि त्यसपछि 3 कप कफी, बांध फुट्न मात्र बाकि थियो सुसुको|

म वासरुम जादा निष्ठा बर्बराउदै मात्र थिइ तर अहिले उसलाई केहि गाह्रो भएको छ सायद| ओछ्यानमा छट्पटाउदै छे उ, कोल्टो फेर्न खोजे जस्तै छ तर कोल्टो फेर्न सकेकी छैन उसले| सास पनि लामो लामो हुदै गयो उसको अनि त्यसको साथि सास भारि पनि हुदै छ,सायद उसलाई सास फेर्न पनि गाह्रो हुदै छ| आफ्नु हत्केलाले ओछ्यानको तन्ना अठ्याउन खोज्दै छे उ तर त्यसमा पनि सफल भई उ,त्यहि पनि कोशिस गर्न छाडिन उसले तर जति अठ्याए पनि सकिन उसले| खुट्टा पनि एक पछी अर्को गरि तन्ना संग जोरी खोज्दै छ,खुट्टाले गर्न खोजेको चाही के हो पत्तो भएन|उसको अनुहारमा अन्तिममा मात्र ध्यान गयो मेरो, भर्खरै पानीले पखाले जस्तै भिजेको थियो तर पसिनाले|

निन्द्रामा बर्बराएको होलि भनेको तर उसलाई गाह्रो हुदै छ, उसलाई निन्द्राबाट उठाउन लागे|  “निष्ठा,के भयो?उठ्|” धेरै केहि गर्नु परेन उसलाई उठाउन,मात्र यति भन्ने बित्तिकै उ अत्तालिदै उठी| कपाल अनुहारमा आएको थियो,कपाललाइ जुरो बनाएर मिलाई| मुहारको पसिना टिस्यु पेपरले पुछी अनि मलाइ हेर्न लागि|

“के भयो,गाह्रो भयो हो?” अबस्य गाह्रो भएर नै उ त्यसरी छट्पटाकी, निकै काचो प्रश्न गरे मैले|

“नराम्रो सपना देखे|” सपनाको कारणले पो उ यसरि छट्पटाकी,  मैले सोचे जस्तो कुरा गम्भीर रैन रैछ|

“के देखिस् त्यस्तो|” मेरो चासो उसको स्वास्थ्यबाट उसको सपनामा कति चाडै केन्द्रित भएको|

“खै,म हिड्दै थिए,बाटो राम्रै थियो| अचानक कोहि आए जस्तो लाग्यो छेउमा,उ पनि म संग नै हिड्न लाग्यो| केटा नै थियो,छायाँमा केटाको ढाँचा थियो तर उसको अनुहार हेर्न पाइन मैले| बाटो झन् राम्रो हुदै गयो, हरेक पाइला संग बाटो अझै राम्रो हुदै गयो, झन् भन्दा नि झन् राम्रो,राम्रो भन्दा नि झनै राम्रो हुदै गयो| म बाटोको सुन्दरतामा रमाउन लागे र जब छेउमा हेरे त्यो मान्छे थिएन मेरो छेउमा| नराम्रो लागेर आयो,आखिर संगै हिडेको मान्छे खै कहाँ गयो, उ संग सम्बन्ध केहि थिएन तर पनि आफ्नै मान्छे गुमाएको जस्तो लाग्यो| अघि सम्म सुन्दर थियो बाटो तर बाटोको सुन्दरता बिस्तारै कम हुदै गयो, बाटो छेउको फूलहरु बिस्तारै ओइलाउन लागे र कुहिएर खसे पनि टि फुल हरु, फुलको बोटहरु पनि सुकेर मरे| त्यति राम्रो बाटो अहिले हिड्न पनि मुस्किल हुने किसिमको हुदै आयो, ढुंगा र काडा आए बाटोमा| आखिर के हुदै छ सोच्न नपाउदै मलाई कसैले पछाडिबाट अठ्यायो र मलाई भुइमा पछार्यो अनि मेरो टाउको ढुंगामा  ठोकीयो| वरिपरी मेरो रगत छ  अनि आखा धमिलो छ र म माथि एउटा आइमाई छे जसले अघि मलाई अठ्याएर लड़ाकी रैछे| अब उसले मेरो घाती थिच्न लागि र यतिकैमा हजुरले मलाई बिउझाउनु भयो| धन्य हजुरले मलाई बिउझाउनु भएछ नत्र सपनामा नै प्राण जाने रैछ|” उसले सपना बिस्तारमा सुनाइ मलाइ| सपनाको अर्थ लगाउन आउन्न मलाई,मामुले भएको भए एक एक घटनाको अर्थ भनिदिनु हुन्थियो तर यति थाहाछ साच्चिकै नराम्रो सपना देखेकि रैछे उसले|

“सपना हो,धेरै नसोच्| पानि पिउछस्?” उसको मुख सुकेको होला, पानीको तृष्णा पनि लागेको होला, उसको मुहारमा रहेको दुइ तीनवटा कपाल पन्छाउदै प्रश्न गरे|

उसको अनुहारको स्पर्श गर्ने बित्तिकै चाल पाए,उसलाई हन्हनी ज्वरो आएको छ| ज्वरो त अघि पनि थियो तर अहिले अघि भन्दा बढेको छ, पानि संगै औसधि पनि दिए उसलाई| औसधि पछी पानि-पट्टिको सुरसार गारे र पानि-पट्टि पनि दिए उसलाई| ज्वरो बिस्तारै कम हुदै गयो, उसले नाभानेकी मात्र हो,उसलाई गाह्रो चाही हुदै छ,यति चाही बुझ्न सक्ने छु म| एक्लै जान सकिन वासरुम,ढोका सम्म डोर्याएर लागे र त्यपछि फेरी ओछ्यान सम्म पनि डोर्याएर नै ल्याए उसलाई|

“सुत अब त|” सुतेपछि केहि कम सन्चो हुन्छ कि भनि उसलाई सुत्न आग्रह गरे|

“नाई,मेरो निन्द्रा पुग्यो|हजुर नसुत्नु भएको?” निन्द्रा लागेको थियो केहि बेर अघि सम्म तर अहिले निन्द्रा खै कता लुक्यो लुक्यो| झन् उसलाई यस्तो हालतमा छोडेर कसरि सुत्नु म,यस्तो गर्न मनले मान्दैन अनि आत्माले दिदैन|

“म नि भर्खर उठेको|” झुठ बोले मैले,उसले मेरो यो वाक्य झुठ हो भनि थाहा पाउन्न,बिस्वस्त छु म|

उसलाई एकछिन पछी अलि सन्चो हुदै गयो सायद,बिहानको ७ बजे मेरो अंगालोमा निदाई उ|९ बजे तिर  उ फेरी बिउझी| मैले कस्तो छ भनि सोध्दा पेट दुख्न कम भएको तर कमजोरी भएको बताई| दिउसो तिर कमजोरी पनि बिस्तारै हट्दै गएको पनि भनि|  घरमा आज आउन्न भनि मैले पनि फोन गरे,गालि खाए तर त्यसले केहि असर पारेन मलाइ| त्यो दिन उसकै वरिपरी कट्यो, उसलाई सन्चो हुदै गएको देखेर मन नै खुसि हुने|

आइतबारको दिन बिहान १0 बजे निन्द्रा खुल्यो,हिजो निन्द्रा वरीपरि पर्न पाएको थिएन, आज ब्याज पनि लियो निन्द्राले| आफै पनि उठेको हैन निष्ठाले ….

Previous article
Next article

Latest Posts