मंगलबारको दिन,रिपोर्ट आयो तर सोचे जस्तो राम्रो देखिएन रिपोर्टमा,सोचेको भन्दा धेरै राम्रो रैछ रिपोर्ट| अब यति भएपछी घरमा सबै खुसि, म पनि खुसि अनि निष्ठा पनि खुसि नै हुनु पर्छ| मलाई सन्चो महसुस त धेरै पहिले बाट नै भइसकेको थियो तर आमाबुबालाई सबुत चाहिएको थियो र मेरो रिपोर्ट भन्दा ठुलो सबुत केहि छैन|
जीवन एउटा ठाउमा गएर रोकिएको छ, ठप्प भएको छ धेरै कुरा, केहि कुरा जहाबाट रोकिएको त्यहिबाट सुरु गर्नु छ भने केहि कुरा सुरुबाट नै| गएको दुइ महिनादेखि धेरै पर छु म यो दुनियाबाट, अब फेरी यो दुनिया र यहाँको मान्छे वरिपरी पुग्न केहि समय पक्कै पनि लाग्छ,यो यात्रा लामो छ| गएको दुइ महिना गल्ति बाटो रोजेको थिए,अब फेरी जहाबाट आफ्नु पाइला मोडेको थिए त्यहाँ पुग्नु छ , अनि त्यसपछी सहि बाटो रोजी आफ्नु पाइला चाल्नु छ र दुइ महिना खेर गएको समय पनि मिलाउनु छ आफ्नु गति बढाएर|
नया जीवनको पहिलो पाइला निष्ठाबाट गर्दैछु,उसलाई यो समस्याबाट बाहिर निकाल्नु छ, त्यो समस्या जुन उसको मात्र हैन, त्यो समस्या हाम्रो हो,त्यो उसले निम्त्याएको समस्या हैन,त्यो समस्या हामि दुबैको गल्तिले गर्दा आइपरेको हो,तर गल्ति भन्न पनि नमिल्ला त्यो मिठो पललाई| दोस्रो पाइला पनि सोची सकेको छु मैले| पहिलो पाइला जस्तै दोस्रो पाइला पनि निष्ठा संगै अघि बढ्न मन छ,यो पालिको यात्रा चाही अजम्बर होस्| दोस्रो पाइला बारे पछि सोचे पनि हुन्छ, अहिले गर्नु पर्ने काम भनेको शुक्रबारको काम सफलतापूर्ण सम्पन्न गर्नु हो| निष्ठालाई फोन गरि सुनाए रिपोर्ट राम्रो भएको कुरा,मैले सोचेथिए उ खुसि हुन्छे भनि,खुसि त भई तर मैले सोचे जस्तो खुसि थिइन उ,सायद डर होला मनमा,आखिर के हुन्छ शुक्रबार भनि|
निष्ठालाई शुकराबार भेट्ने भनिसके मैले,भाइलाई पनि बिहिबार औसधि ल्याइदे पनि भनेको छु, तर घरमा भन्न बाकि छ,घरमा पनि भन्नु त पर्यो नि म शुक्रबार र शनिबार घर हुन्न भनि| भनेर मात्र पनि हुन्न घरमा,मनाउनु पर्छ मामु बाबालाई,मामुबाबाले सुरुमै हुन्छ भन्नु हुन्न थाहाछ| त्यसैले बहाना खोज्नु छ एउटा,जसले गर्दा बाबामामुले नाई भन्न नमिलोस्,फेरी एकदिनलाइ भए कुरा बेग्लै हो तर कुरा दुइ दिनको हो| के भन्ने होला त बाबामामुलाई?सोच्न लागे तर कुनै पनि बहानाको प्रस्फुटन भएन,अझैँ कोशिस गरे तर पनि केहि आएन दिमागमा| दुइ दिनलाई बाहिर बस्छु भन्दा नाई भन्नु हुन्छ तर एकदिनलाइ भनि बहाना बनाएपछि अलि सजिलो हुन्छ जस्तो लाग्यो| त्यस्तै गरे र नभन्दै ममुबाबाले हुन्छ पनि भन्नु भयो| शनिबार बरु फोन गरेर म आउन्न भनि भन्न मिल्छ,गालि खाने कुरा पक्का हो तर नाई भन्नु हुन्न त्यसो गर्यो भने| यति सोचेर घरमा पनि कुरा मिलाएर,यति गर्दा गर्दै बुधबार पनि बित्यो र आयो बिहिबार|
बिहिबार आउन त आयो तर बिहिबार 3 बजे आउछु भनेको सलिन भाइको अत्तो पत्तो छैन,फेरी अर्को तनाब आई लाग्यो|फोन गर्छु अफ भन्छ, मन मान्दैन अनि १० मिनेट पछी फेरी फोन गर्न खोज्छु र फेरी पनि अफ नै भन्छ| यसरि नै ५ बज्यो तर भाइको फोन लागेन,कहाँ चाही छ यो मान्छे,यसरि धोका दिनु त भएन नि अरुलाई| कमसेकम फोन गरेर ढिलो हुन्छु यहाँ आउन्न भनेको भए म अरु केहि उपाय निकाल्थिए वा ढुक्क हुन्थिए| ५ बजे पछी त आश पनि मर्यो अब सलिन आउछ भनि,ओछ्यानमा पल्टिए र सोच्न लागे,सलिन आएन भने चाही औसधि कहाँबाट ल्याउने|
पाप सोचेछु यति बेरसम्म,बिचरो भाइ नागढुंगा देखि जाममा फसेको रैछ,4 घण्टा फसेछ त्यहाको जाममा,बेलुका ८ बजे तिर मेरै घरको मुनि आएर दुइटा औसधि दियो र कुन बेला कसरि प्रयोग गर्ने भनि पनि सिकायो|
“दाइ ४ ५ प्याकेट प्याड लग्नु है,अनि अलि अलि गाह्रो हुन्छ भाउजुलाई अनि हजुरलाई पनि धपेडी हुन्छ एकदिन| धेरै रगत आयो भनेर पनि नअत्तालिनु होला,सामान्य नै हो…….” उसले के एक गरि कुरा सम्झाउन लाग्यो मलाइ| मानौ उ अहिले abortion बिशेषज्ञ नै भइसक्यो, उसको कुरा सुन्दा उसले नभए पनि ८ १0 वटा बच्चा फ्याली सयो जस्तो लाग्ने| कति पहिले थाहा भएको कुरा भन्यो भने कति कुरा भर्खर मात्र थाहा पाए उसले भनेर| पैसा दिन खोज्दा पनि लिन मानेन, यो भाइको गुण जिन्दगि बिर्सिन्न म|
साथिलाइ बाइक पनि भनेको थिए दुइ दिनको लागि, बाइक लिएर पुगे चौक सम्म|बाइकको कान जति बटारे पनि निष्ठा भन्दा ढिलो नै पुगेछु चौक| कहाँ जाने भनेर टुंगो लागेको थिएन,मनमा एउटा ठाउ थियो मेरो तर निष्ठालाइ भनेको छैन| अब उसले हुन्छ भनेमा मैले सोचेको ठाउ नै पुगिन्छ नत्र गन्तब्य कहिँ अरु हुनेछ| मैले सोचेको ठाउ चाही पहिले पनि हामि गएको ठाउ नगरकोट हो, त्यहि पहिले गएकै होटेल, दाइ पनि मिलनसार लाग्यो, निष्ठा सामु यहि प्रस्ताब गरे र उसले पनि सहमति जनाई|
प्याड किन्न बाकि थियो,जति सिक्षित भए पनि त्यति जाबो एउटा प्याड किन्न लाज मान्ने कस्तो लाछी होला सोच्नु भयो होला तर कुरा त्यस्तो हैन| प्याड पनि थरि थरिका हुन्छन भनि थाहाछ मलाई,त्यसैले कुन किन्ने भनि थाहा नभएर नकिनेको हो मैले| 4 वटा प्याड अनि केहि टवाइलेट रोल,त्यो संगै दुइटा ठुलो चकलेट अनि केहि अरु खाने कुरा पनि| कमलविनायकको मिनीमार्ट गएर यति समान किनियो अनि नगरकोट पुग्दा १ बजेको थियो| निष्ठाले भ्यु टावर जाने भनि जिद्दी गर्न लागि,मैले नाई भन्दिन थाहाछ उसलाई, लागेउ हामि भ्यु टावर तिर|
त्यहाबाट चाही सिधै लागेउ हामि होटेल तिर, भोको पेटमा मैले एक प्लेट मोमो मगाए अनि निष्ठाले चाही चाउचाउ रोजी| भोक मिथो कि भोजन थाहा पाइन तर मोमो सकिन २ मिनेट पनि लागेन| त्यपछि कोठा पसेउ दुवै,एउटा कोठा लिएउ दुइ जनालाई| कोठा पस्ने बित्तिकै निष्ठाले औसधि मागी र भाइले भने जस्तै मैले एक एक कदम चाले| औसधि खाएको केहि बेर पछी निष्ठा फ्रेस हुन्छु भनि वासरुम पसी, नुहाएर मात्र पनि औसधि लिएको भए हुन्थियो नि उसले|
अब भनेर केहि हुन्न, उ वासरुम गइ र यता म कपडा……….
