“कहाँ बस्ने हो तिमि?” समयको माग अनुसार मेरो तर्फबाट अर्को प्रश्न गयो उनको लागि र उनले जहिले जसो मेरो प्रश्नको उत्तर अर्को प्रश्नले दिईन्| उसले भनिन् “ “किन पुर्याइदिने हो र?” तर जे भएपनि उ कहाँ बस्ने हो मलाई त्यो चाही थाहा थियो किन कि उ बिहाना कौशलतारबाट गाडी चढेकी हो | उसको घर पक्कै त्यहि हो भन्ने कुरामा म ढुक्क थिए | त्यहि पनि केहि थाहा नभाको शैलीमा फेरी सोधे “पहिले भन न, कहाँ बस्छौ तिमि?”
“कौशलतार|” मैले जहाँ सोचे उसको घर त्यहि रैछ |
“जाबो त्यहाँ सम्म एक्लै जान सक्दिनौ ?” उसलाई रिस उठाउन कमता मजा भने आउदैन ,तयो प्रश्न पछी उ बिच्किन्छे भन्ने थाहा थियो मलाई |
“सक्दिन कसले भन्यो र गधा,एक्लै जान अल्छी पो लाग्छ |” उसको एकपछि अर्को गरि सबै सम्बादहरु मलाई मन पर्न लाग्यो | उसले भन्ने गधा,ग्वाच ,तिम्रो टाउको,पागल, उल्लु सबै शब्दमा म आफै भिज्दै जादै थिए |
“ संगै जाम न त, म पनि नया थिमी नै बस्ने हो ?” चाहेको नै संगै जान थिए र पुरा हुन लाग्यो त्यो इक्षा पनि | आज जति भगवानले मेरो कुरा कहिले सुन्नु भाको छैन अहिले सम्म |
“ सच्चि है, तिमि र म बिहाना एकै माइक्रोमा पो आएको,कस्तो उल्लु म |” उसले जुन कुरा अहिले सम्झिन्,त्यो कुरा मेरो मनमा पहिले देखि नै बसेको थियो | फेरी उसले अरुको मात्र नाम राखिदिने हैन रैछे, आफ्नु पनि नाम राख्ने चलन रैछ उसको |
“बच्चै देखि उल्लु हो तिमि|” मौका पाको बेला गुमाउने चलन छैन, र आठ गरेर एक पल्ट भए नि उल्लु भने उसलाई|
“ उल्लु भएपनि तिम्रै हो |” यति भन्दै उसले मलाई बीच बाटोमा अँगालो हालिन् | एकछिन लाज लागेर के भन्नु ,वरि परि हिड्ने मान्छेले पनि हेर्दै गए | निकै नै अप्ठ्यारो लाग्यो मलाई र उसलाई अलग्ग बनाए र सायद उसले आफै बुझेर भनि “ला बाटोमा छौ भन्ने बिर्से,सरि |” त्यसपछि हामि गाडी चढ्ने ठाउ तिर लागेउ र अचानक उसले फेरी भनि “रबि एउटा भनम ?” अभ फेरी के कुरा आउन लाग्यो ,उसको यो एउटा कुरा भन्ने शब्द ले हरेक बेला मलाई हिरोशिमा र नागासाकीमा बम खसे झैँ लाग्छ | तर पनि हुन्न भन्न मिल्दैन र जति ज भएपनि सुन्न मन मलाई पनि थियो उसको त्यो एउटा कुरा | त्यहि एउटा कुरा हजारौ पल्ट पनि सुन्न सक्छु होला |
“ है छ नि , अघि तिमीले मलाई कन्चन भनेर बोलाउदा, मलाई आफ्नो नाम पहिलो पल्ट त्यति मन परेको होला ,अहिले सम्म नै !” निकै गहिरो कुरा भनिन् उसले, मैले केहि भन्न जानिन यसको उत्तरमा | भन्न खोजेको चाही हो तर शब्द नै भेटिन र सोचे केहि कुराको मिठास शब्दमा हैन मुस्कानमा पनि हुन्छ र उसलाई हेरेर मन भित्रै बाट खुसि हुदै मुस्कुराए |उसले पनि बुझी होला मेरो मुस्कान भित लुकेको उत्तर| यस्तै गफ गाफ बीच बस पार्क पनि पुगियो र मेरो प्रिय लास्ट सिटमा गएर बसेउ दुवै |
केहि थकान भने महसुस गर्दै थिए र सिर अघिल्लो सिटको सहारामा अडेस लगाए र उसले पनि त्यहि गरिन्| उसको र मेरो टाउको जोडिएको थियो भने आखाले एक अर्काको आखाको गहिराइमा निहयाल्दै थियो |
“कस्तो राम्रो आखा तिम्रो |” उसले अघि भर्खर मनको कुरा भनेकी थि र अभ पालो मेरो थियो र लागेको कुरा उ सामु पोखे |
“तिमि बसेको छौ नि,त्यसैले |” उसले जिस्केर भनेकी हो कि जिस्काएर बुझ्नै सकिन | जे भएपनि उसले यति भनेपछी मेरो मन चाही फुरंग भयो | बिश्वास र माया भनेको नि कस्तो , कहिले चाहेर पनि लाग्दैन र कहिले भने पल भरमै लाग्छ | हामीले एक अर्कालाई भेटेको मुस्किले ७ घण्टा भएको थियो तर पनि हाम्रो सम्बन्ध सात जुनीको जस्तै थियो | सेभेन इस लक्की नम्बर त्यसै भनेका रहेनछन्, फेरी आफुलाई मन पर्ने फुटबल खेलाडीको नम्बर पनि सात |
“थाहाछैन किन र कसरि तर माया गर्न थालेछु तिमीसंग |” मैले केहि बोल्न नपाउदै उसले अर्को सम्बाद सुरु गरि र यसको जवाफ म संग फेरी पनि थिएन | उसले कति सजिलै मनको कुरा गरि तर म भने चुप थिए र केहि बोल्नै सकिन | कस्तो अनौठो पल |
“के भयो?के सोचेको?” म चुप बसेसी उसले यो प्रश्न गर्नु पनि स्वाभाविक हो | अभ फेरी पनि यो प्रश्नको उत्तर थिएन मसंग | के भयो मलाई आफै थाहाछैन | मलाई पनि उ निकै खास र आत्मीय लाग्छे तर के यो माया नै हो भन्ने प्रश्नमा म आफै अल्झिएको थिए | मन मलाई पनि थियो उसले जसरि ब्यक्त गर्ने मनको कुरा तर मैले केहि समय लिन चाहे मनको भाव ब्यक्त गर्न | कारण धेरै हैन एउटा मात्र थियो जसले मलाई आफ्नु भावना ब्यक्त गर्न बाट रोक्दै थियो | कारण एउटा भएपनि पर्याप्त थियो मलाई रोक्न लाइ किन कि कारण नै मेरो ……….
