Part 11

कारण एउटा भएपनि पर्याप्त थियो मलाई रोक्न लाइ किन कि कारण नै मेरो अतित थियो | निकै तितो सम्झना छ अतितको, भुल्न चाहन्छु तर चाहेर पनि भुल्न सकेको छैन | के पो गरिन मैले सम्बन्ध जोगाउनलाइ तर घमण्डले सम्बन्धको जहिले घाती थिची हत्या गरि रहेछ |अतितको घाउले बनाएको दागमा खुसिको काचो सुपारी जति लगाए पनि दाग जान गार्हो हुने रैछ | हामी बीच बाकि केहि थिएन, न माया न नै सम्बन्ध, बाकि थियो त केवल तितो अतित र बेला बेला तर्साउने गरि झझल्को आउने यादहरु |

“खोइ कहाँ हराको के तिमि?” म उत्तर बिहिन चुप थिए भने उ चाही उत्तरको खोजिमा आत्तुर | उसको कुरालाई त्यसै पन्छ्याउन पनि नमिल्ने तर उसले आश गरेर बसेको उत्तर पनि त थिएन मसंग|

“जस्तो म तिमीलाई खास लाग्छु, हो तिमि पनि मलाई त्यस्तै खास लाग्छौ | तिमीले जसरि मनको भावनालै बग्न दिएउ, हो मलाई पनि त्यसरी नै मनको भावनालाई खुल्ला छोड्न मन छ | तिमीले जति आत्मीय पाराले माया ब्यक्त गरेउ, हो ति शब्द मलाई पनि भन्न मन छ तिमिसामु |तर अहिले हैन ,केहि समय पछी |” सोचेर बोलेको हैन तर जे बोले सहि बोले जस्तो लाग्यो |

“ अरे बाबा! म जिबन भर तिम्रै हो,मलाई के हतार छ र |” शायद केहि खिन्न भयो होला उसको मन तर पनि हासी हासी कस्तो मज्जाले लुकाई उसले त्यो खिन्नता| जे भए पनि उसको यति वाक्यले मन देखि आत्मासम्म शान्ति भयो |

“साची तिमि कहाँ बस्ने रे ?” उसले त्यो वाताबरण फेर्नलाई यो प्रश्न गरेको जस्तो लाग्यो किन कि यो प्रश्नको उत्तर मैले उसलाई उहिले नै देको हो | पटक पटक भनि रहनु पर्दैन होला, नया ठिमी भनेर |

“तिम्रो मनमा” माहोल फेर्न साच्चिकै जरुरि थियो,त्यसैले म पनि ठट्टा गर्न लागे |

“गफाडी,के सार्हो गफ हानेको | मैले के भन्न खोजेको कि, मेरो पछीको घर कहाँ हो ?” भेटेको आज मात्र तर उसले बिहे सम्मको सोच्न भ्याइछे, केटाहरु यस्ता भएको भए उपनाम पाउथिए, बोकाको |

“तिमि पनि मेरो मुटुमा बस्नु नि हुन्न?” लेखक हु,आफ्नु जलन माथि त कलमको मलम लगाएर नरम हुने चलन छ | झन् यस्तो पलमा मनको दोधारर्हरु पुछी, खुसि हुनु रुची झैँ भइसक्यो | Ncell को data pack लियो कि सकिन्छ,हाम्रो गफ भने कहिले नसकिने ncell लोन जस्तै, एउटा सकियो भने अर्को सुरु भइहाल्ने |

“एउटा कुरा सोध्नै बिर्सेको|” उनको यो एउटा कुराले कहिले नछोड्ने भयो|

“त्यो पटक पटक दोहोरिने तिम्रो एउटा कुरा के हो ?” थाहा त हुनु पर्यो नि मलाई पनि |

“के हुनु अक्कड़ो,तिम्रो फोन नम्बर नि |” बल्ल याद आयो अहिले सम्म फोन नम्बर साटासाट भएकै थिएन हाम्रो,. मुटु र चुम्बनको कुरा चाही अलग्गै भयो |

कस्तो सन्जोग, हामीले नम्बर साट्नु पनि र उ झर्ने ठाउ पनि आउनु | उनि बसबाट झरिन् र गईन्,उनीले छोडेर त मलाई आत्र गएकी थि तर जानी नजानी धेरै माया र त्यसभन्दा नि धेरै मेरो मनमा प्रश्न र सब भन्दा बढी म भित्र दोधार छोडेर गई र अभ त्यहा बाकि थियो त सयौको भिडमा एक्लो हुने म र उनीले छोडेर गएका माथि उल्लेखित कुराहरु | झुठो बोल्न जानिएको चाही छैन, साच्चिकै भन्नु पर्दा, उनको माया पनि सहि थियो र उनि पनि मान्छे सहि थि, गलत थियो त केवल समय र मेरो अतितको झझल्कोहरु | उनीले पर्खिन्छु भन्न त भनिन् तर कहिले सम्म पर्खिलिन्, किन कि मलाई आफै थाहाछैन कति दिन लाग्छ मैले अतीतलाई भुलाएर हास्नालाई |

बेला बेला आफैलाई प्रश्न गर्छु म जब अतितको यादरुले पिरोर्न लाग्छ मलाई :

कथा छ मेरो बेग्लै तर किन कोहि सुन्ने भएन,

अतितमा बाच्दै छू,यादहरु किन शुन्य भएन,

हरेक रातको हरेक सास सिरानी भिज्छ,

तर बिडम्बना किन आशुको यहाँ कुनै मूल्य रहेन?

एकान्तमा खसेको आशुहरुको मूल्य हुने भए ,

यी निश्चल भावनाले भुपुको मुटु छुने भए ,

हास्दा र रम्दा साथ् जसले पनि दिन्छ ,

तर मेरो पिडामा उनि पनि रुने भए ?

मैले अतितलै बिर्सेर बर्तमानमा बाच्न सिके,

पिडा सारा भुलाई, भित्रैबाट हास्न सिके ,

याद,अतित र पीडाको बेग्लै मूल्य छ ,

भबिस्यकोको संगितमा मैले नाच्न सिके ?

पिडा भुलाएर रमाउने किन मलाइ त्यति सजिलो छैन ,

भूत भन्दा वर्तमान मेरो लागि किन त्यति रसिलो छैन ,

जहिले अतित र यादमा अल्झिएको छु,

के साच्चिकै खुसि हुको लागि चुकाउने मूल्य गतिलो छैन ?

के साचिकै अतित भुलाएर बाच्न सार्हैनै गार्हो छ र ?

के भबिस्यको उज्यालो भन्दा अतितको दाग कालो छ र ?

हरेक प्रहर अतितकै यादमा देख्छु आफुलाई ,

मलाई बाधेर राख्ने, अतित संग त्यस्तो जालो छ र ?

यिनै प्रश्न बीच आफ्नु गन्तब्य पुगे र अन्त्यमा एउटा कुरा बुझे पनि कि …….

Previous article
Next article

Latest Posts