अन्त्यमा उसले भनिन् “है छ नि, मलाई किस गर्न आउदैन |” सालीले बिहेमा भेनाको जुत्ता लुकाए भन्दा पनि कडा पाराले उसले आफ्नु अनुहार लुकाउदै थि, सायद लाजले होला | कुनै बेला मात्र लजाउने उनि , तर लजाउदा उसको गाला मुस्तांगको स्याउ भन्दा पनि राता र राम्रा भइदिन्थे| उसको आखामा नियाल्न खोजे ,कस्तो निश्चल आखा उनको, हातको औला चाही एक माथि अर्को खाप्तेकी थि आफैले |
“म सिकाउछु नि हुन्न ?” मेरो यो प्रश्न उसले सुनेर पनि नसुनेको जस्तो गरेकी हैन, जस्तो ग्वाचले पनि बझ्छ यो कुरा | उनि मौन बसी र उसको मौनतालै मैले स्वीकृतिको रुपमा लिए | यति कम समयमा पनि उसको शब्दको मर्म र मौनताको अर्थ बुझ्न सक्ने भएको थिए | बोल्नु पर्ने उसको ओठले थियो तर उसको ओठ शान्त थिए | अभ केहि जिम्मेवारी मेरो ओठमा आयो र मेरो ओठले आफ्नु जिम्मेवारी बहन गर्दै उसको ओठसंग जोडिन गयो |निकै यात्रा गरेको छु मैले भिन्न गन्तव्यमा पुग्नको लागि, तर मेरो ओठबाट उसको ओठ सम्मको गन्तब्य जति स्मरणीय गन्तब्य कुनै नहुने भयो अभ | जब ओठ एकअर्कामा चल्न लागे तब यी निर्दोस ओठले जिब्रोको पनि साथ् पाए, र उसले मलाई बडो कसिलो अंगालोमा बाधिन्| उता हाम्रो ओठ एक अर्काको अंगालोमा कसिएका थिए भने यता हामी एक अर्काको अंगालोमा | मेरो दाहिने हात खै कुन बेला उसको कम्मरममा पुगेछ र त्यसैगरि देब्रे हातले खै कुन बेला देखि उसको घाती सुम्सुम्याउदै थियो पत्तो भएन | त्यति राम्रा आख खै किन हो कुन्नि चिम्म गरेर थि उसले, पक्कै पनि लजाकी होलि कि त यो पललाई उ पूर्ण रुपले रमाउदै थि | आफुलाई पुरै समर्पण गरेकि थि उसले मेरो अंगालोमा, वरि परि के हुदै छ , न उसलाई मतलब थियो न मलाई | कुनै महँगो अत्तरको बासना सारै मज्जा गरि छरिन्छ नि हावामा , हो हाम्रो मायाको वासना पनि गएर त्यहि हावा संग घुल्यो |
समय कसले पो हेरेको थियो, यो समय बितेर जाओस भनेर कसले पो चाहेको हुन्छ , त्यसैगरि हामीलाई केहि हतार थिएन| कुनै सानु बच्चाले जसरि ललीपपको स्वाद लिन्छ, म पनि हरेक पल उसको ओठको स्वाद त्यहि शैलीमा लिदै थिए र उनि भने मेरो हरेक चाललाई पछ्याउदै थिन्| जिब्रो र ओठ पालै पिलो शक्रिय हुन्थे | नमरी स्वर्ग देखिन्न भन्ने सुनेको थिए तर स्वर्ग देख्नलाइ मर्नै पर्छ भन्ने भ्रम मेरो मानबाट बिलायो यो पल पछी | दुबैको सास लिन शैली पनि परिबर्तन हुदै थिए, निकै भारि र लामा हुदै थिए हाम्रो सास पनि | बिस्तारै उनको आखा खुल्दै गयो र त्यो नयनमा अर्कै संसार देख्न सक्थिए म | औधि प्रेम थियो भने थोरै प्रश्न , पूर्ण बिस्वाश थियो भने अपुरो चाहना, आशा निकै थियो भने बाचा कुनै थिएन | यो सुन्दर पललाई अन्तय गर्दै, बिस्तारै उसको र मेरो ओठ अलग्गिए, र हाम्रो शरीर पनि एक अर्काको अंगालोबाट |
केहि बेर मौनता छाउनु स्वाभाविक नै थियो तर हाम्रा आखाले चाही धित मर्ने गरि बात गर्दै थिए | आफ्नु ब्याग भित्र केहि खोज्न लागि उ अचानक, केहि नबोलिकन | जहाँ सम्म याद छ, मैले उसको कपाल बिगारेको थिन तर पनि उसले ब्यागबात एउटा रब्बर निकालिन् र कपाल मिलाउन लागि | अभ फेरी केहि खोज्न लागि उ कपाल मिलाएपछि, र अन्त्यमा CHIPSTICK निकालेर ओठमा लगाउन लागिन्| अघि सम्म मेरो ओठ थियो उसको ओठमा अहिले चाही CHIPSTICK| हुन भाग्यमानी नै हुनुपर्छ त्यो CHIPSTICK हरेक दिन स्वर्गको यात्रा गर्न पाउने रैछ|
“ एउटा कुरा चाही बुझिन हौ मैले केटि |” फेरी पनि मौनता तोड्ने पालि मेरै थियो र मैले सोहि अनुरुप उसको अघि एउटा वाक्य पस्किए |
“के कुरा हो त्यस्तो |” अघि सम्म लाज र नम्रताको सिरकमुनी भएकी उनि, अहिले भने मैले भेट्दा खेरिको कन्चन भैसकेकि थि |
“ भयो छोड, तिमीलाई पनि थाहा छैन होला ?भन्दिन भो |” मलाई पनि उसको लतले छोएको थियो, भूमिका बाधेर बोल्ने |
“ भन भनेको खुरुक्क “ कस्तो आत्तुर भाकी उ मेरो कुरा सुन्न |
उसको अघि मेरो अहिले सम्म मेरो के पो लागेको छ र, मैले सोधे “ साची भन है त, तिम्रो chipstick को स्वाद मिठो हो कि ओठको |”
“ कस्तो मात्तिएको के ,के सोधेको त्यो?” जहिले प्रश्नको उत्तर अर्को प्रश्नले दिन्थी उसले, प्रश्नको उत्तर उत्तरमा दिन चाही कहिले जानिन उसले |
“भन न भन|” आफ्नु बानि फेरी त्यहि ,एउटा कुरामा लागेपछि लाग्यो लाग्यो |
“ जुम अभ हामि यहाँबाट|” आफु जुरुक्क उठी र मेरो हात समाएर मलाई पनि तानी | उसको ओठ मात्र हैन हात पनि त्यतिकै कोमल रैछ | स्वयम्भुबाट अभ नया बसपार्क सम्मको यात्रा, गन्तब्य खासै ठुलो हैन तर बिषेस चाहिं थियो | फेरी पनि अनौठो मौनता थियो हामी बीच, म उसलाई हेरेर हिड्दै थिए र उनि भने भुइमा |
“के हरायो तिम्रो?“ एक पछी अर्को गरि हरेक बेला मौनतालाइ चिर्ने काम चाही मेरै हुने |
“केहि हराएको छैन,किन र?” मैले सोचे बमोजिम उसको उत्तर आयो ,थाहा थियो यहि आउछ उत्तरमा |
“अनि अघि देखि के भुइमा हेरेर हिडेको?” तैयारि थिए र निकै हसिलो शैलीमा उत्तर दिए|
“ कति जिस्किन आएको यो केटालाई, अहिले म नि …” निकै मिठो पाराले मेरो पाखुरामा आफ्नु औलाले चिमात्दै फेरी गफ गाफ सुरु भयो हामि दुइ बीच |
“तिम्रो साथीहरु चाही कहाँ छन्?” बेफिक्री हिड्दै थि उनि मसंग, सायद भुलिन् होला , उनि साथीसंग आएकी हो मसंग हैन |यतिपछी मात्र उसलाइ आफ्नु साथीको याद आयो | फेरी आफ्नु ब्यागमा केहि खोजे जस्तो गरिन् र मोबाइल झिकि|फेरी मोबाइल भने अफ भएको रैछ उसको, थाहाछैन कसरि | केहि समय लगाएर मोबाइल अन त गरि फेरी व्यालेन्स रैनछ उसको मोबाइलमा | मेरो मोबाइलबाट आफ्नु साथीलाई फोन गरि र केहि बेर कुरा गरि | यसो कुरा सुन्दै जादा साथिहरु घर पुगीसकेछ्न |
“अभ म एक्लै घर जानु ?” फोन काट्दै उसले यो प्रश्न गरि ,तर थाहाछैन आफैलाई हो कि मलाइ | फेरी मलाई उसको घर पनि कहाँ हो थाहाछैन, तर उसलाई घर सम्म छोड्न मन चाही थियो | स्वार्थ केवल एउटा, उसंग थप केहि पल बिताउने|
“कहाँ बस्ने हो तिमि?” समयको माग अनुसार मेरो तर्फबाट अर्को प्रश्न गयो उनको लागि र उनले जहिले जसो मेरो प्रश्नको उत्तर अर्को प्रश्नले दिईन्| उसले भनिन् “…….”
