“हेरन जानी जानी रिप्लाई दिन खोजेको|” उनको दोस्रो मेसेज| यो मेसेज आमाको पसलमा हुदा आएको हुनुपर्छ|
बिचरी उनि पर्खिएर बसेकी थिइन्| तारा गन्दै रम्दै बस्नेलाइ, रात नै प्यारो हुन्छ| पुस्तकको आकाशमा, शब्दको तारा हेर्दै रम्दै थिए|
“रिप्लाई ढिलो हैन, समय छिटो चलेको हो| घर आउन हतार थियो|” मैले ढिलो रिप्लाई दिनुको कारण बिस्तारमा बुझाए उनलाई|
“घर पुगेपछि चाही किन रिप्लाई नगरेको? के गर्न हतार थियो घर पुगेपछी?” स्कुलमा होमवर्क नगर्दा म्यामले यसरि नै केरकार गर्नु हुन्थियो| उनको मेसेज पढ्दा त्यस्तै अनुभव भयो|
“तिम्रो मेसेजको रिप्लाई दिन हतार थियो| घर पुग्ने बित्तिकै रिप्लाई गरेको हो|” सत्यलाइ निर्लाजता पर्दाले ढाके, अनि निर्धक्क झुठ बोले| सजिलो थियो झुठ बोल्न|
“खुबै| मैले कल नगरेको भए मेसेजको रिप्लाई अहिले पनि आउथिएन|” मैले आफ्नो अघिको मेसेजमा झुठ लेखेको थिए तर उनको यो मेसेजको हरेक वाक्य सत्य थियो|
“त्यसलाई कल हैन मिसकल भन्छ महोदय|” उनको मेसेजको रिप्लाइलाइ यति उपयुक्त छ|
“मेरो लागि कल थियो तिम्रो लागि मिसकल| समय छिटो चलेको हो महोदय|” उनको जवाफ त आयो तर यो जवाफमा रहेको शब्द उनको हैन मेरो थियो| मैले केहि बेर अघि उनलाई यहि तरिकाले रिप्लाई दिएको थिए, उनले पैचो तिरिन्|
“कस्सम तर हातमा नै मोबाइल भएको भएपनि उठाउन भ्याईन्न थियो| त्यति छोटो मिसकल थियो| आखा झिमिक्क माल गायब भयो, हाहा|” कोहि संग यसरि खुलेर बोल्दा निकै संतुस्ती पाउछु| जब अरुसंग आफु भइ बोल्न पाइन्छ, अनि मात्र त्यो संबन्धमा आफु भइ जिउन पाइन्छ| सम्बन्ध भन्ने बित्तिकै प्रेमी प्रेमिका मात्र नसोच्नु फेरी, सम्बन्धको किसिम धेरै हुन्छन्, मान्छेको सोच जस्तै| फेरी भावनामा बगेछु|
थोरै आफ्नो बारेमा बताउछु है| on the rocks पेग पिउनु भएको छ कहिले? म आफुलाई on the rocks पेग भनि परिभाषित गर्न रुचाउछु| सुरुको केहि चुस्की कडा हुन्छ तर जब समय घुल्दै जान्छ, स्वाद खुल्दै जान्छ| त्यहि मिठास अहिले हाम्रो बार्तालापमा छ| समय संगै ढुंगा जस्तो आइस् पग्लिदै जादा, झन् मिठास बढ्ने रक्सिको| बार्तालापमा ढुंगा जस्तो आइस भनेको संकोच हो, जुन बिस्तारि पग्ली सक्यो|
“मतलब मैले कल गरेको भए रिसिभ गर्नु हुन्थियो?” त्यति मिठो गफ हुदै थियो, किन neat पेग मा फर्काउन खोज्दै छिन् उनि|
“त्यो त फोन गर अनि थाहा हुन्छ|” सजिलो जवाफ रोजे मैले| उनले मेरो अघि neat पेग राखेको थिइन्, घ्याम्पो हैन चुस्की मात्र लिए|
“खुरुक्क भन न| के नाटक गरि रहेको!” उनले मलाई थर्काएकी हुन् कि म माथि हक जताएकी हुन्| हक जताउन मिल्ने भइसकेको छैनौ हामि, पक्कै पनि थर्काकी हो उनले मलाई|
“बिचरा तिम्रो boyfriend| मलाई माया लाग्यो तिम्रो boyfriend को|” यति लेखि पठाए| हिजो आजमा यति बुझ्ने भएको छु, यदि उनको प्रश्नबाट बच्नु छ भने, सिधा हैन नागबेली चालमा भाग्नु पर्छ उनको प्रश्नबाट| जसरि गैडाले लखेटटा भाग्नु पर्छ, ठ्याक्कै त्यसरी नै|
“लु, किन नि| बिचरा रे! माया लाग्दो छ तर बिचरा छैन|” उनले यस्तै केहि भन्छिन भनि मैले पूर्व अनुमान गरि सकेको थिए|
“मलाई त यसरि थर्काउछौ, झन् उसलाई काचै निल्छौ होला|” यति लेख्दै चुरोट सल्काए| ashtray धेरै बेर देखि भोको छ|
“म जसलाई नि थर्काउछु| थर्काउनलाइ boyfriend नै हुनुपर्छ भन्ने छ र? तिमीले अहिले त केहि देखेको छैनौ|” उनको मेसेज आयो, यति मजाको बार्तालाप हुदै थियो| औलाको प्रयोग चुरोट सल्काउन भन्दा मेसेज टाइप गर्नको लागि होस् भन्ने लाग्यो| एक पफ मात्र तानेको थिए, चुरोट निभाए, र मेसेज टाइप गर्न लागे|
“मतलब….
