यिनै प्रश्न बीच आफ्नु गन्तब्य पुगे र अन्त्यमा एउटा कुरा बुझे पनि कि
“अतितको यादहरुको प्रत्येक पलमा मन मेरो बल्दै छ,
मुटु मेरै हो तर अतितको सम्झनाको सहाराले चल्दै छ,
पिडा बीच सजिएको छ मेरो यो टुक्रिएको मुटु,
तर अभ बुझ्ने बेला भयो,यादले कसैको जिबन चल्दैन |”
गाडीबाट झरेर बाटो काट्न मात्र के लागेको थिए, मोबाइलको रिंगटोन बज्यो,यसो हेरेको,कन्चनले गरेको रैछे फोन| उठाएको मोबाइल कानमा लगेको मात्र के थिए , कानको जाली फुट्ने गरि “बुढो,म पुगे है|तिमि पनि राम्ररी जाउ है,म राति फोन गर्छु अभ|” भनि र यति भनेपछि मैले केहि बोल्न नपाउदै फोन राखी हाली | कस्तो अचम्मको केटि, झ्यात्त फोन गरि, फ्यात्त बोलि एक सासमा , ट्याक्क बुढो पनि भनि र अन्यमा च्याट्ट फोन काटी | धन्न नासालाइ थाहाछैन उसको बारेमा नत्र अनुसन्धान गर्न लग्थियो होला, कस्तो अचम्मको जीव फेला पर्यो भन्दै |
“बाटो काट्दा फोनमा बोल्नु हुन्न,थाहाछैन?” कस्तो नमज्जाले गालि खाइयो ट्राफिक प्रहरीको, मज्जाले घर जाउ भन्थी ,झन्डै मामाघर नै पुगेको | धन्न बचन मात्र लगाए ट्राफिक ज्युले,हत्कडी लागएनन् | घाती काट्नेलाई केहि नगरी बाटो काट्नेलै समाको पनि देखेकै हो यी आखाले |
धेरै दिन भएको थियो राति मेरो फोन नबजेको| बानि नै भैसकेको थियो घडी र आफ्नै सासको आवाज सुनेर बस्ने अबेर राति सम्म | तर आज खाना खाएर हात धुन नपाउदै बज्यो फोन, अगाडी मामु र बाबा | मामु बाबा कम र साथि धेरै भईसक्नु भएको थियो उहाहरु, धेरै जसो कुराहरु भन्ने गरेको थिए मैले |त्यसैले फोन आएर खासै फरक त परेन तर फरक पार्ने कुरा केहि अर्कै थियो | मोरीले आफ्नु नुम्बर “Budi <3 ” भनेर सेभ गरिदेकी रैछे मेरो मोबाइलमा |
“रविको मामु, धेरै छैन अभ तेरो दुखको दिनहरु| तलाई काममा सघाउने मान्छे आउदै छ छिट्टै घरमा|” भनेनी साथि भन्दा केहि कम हुनु हुन्न मामु बाबा, एकछिन हसी मजाकमा उड्यो यो पल | त्यसपछि आज दिउसोको सबै घटना सुनाउन लागे मामु बाबालाई, सुनाईन त केवल क्लास छोडेको र ओठ जोडेको | यहि बिचमा उसले लागातर फोन गरेकी गरेकै थि तर अहिलेको प्राथमिकता उनि हैन मामु बाबा हुनु हुन्थियो |
“फोन उठा नत्र घर मै आउली अहिले|” बाबा नै यति मज्जाको भएपछी,छोरालाइ के चाहियो र | भान्साबाट निक्लिदै जुठो हातले नै फोन उठाए मैले | मैले हेल्लो भन्न नपाउदै अत्तालिदै रुन्चे स्वरमा उसले भनि “ रबि|”
शब्द उनीले भनेको एउटा थियो तर त्यो एउटा शब्द काफी थियो मेरो मनमा बिस्फोटन गराउन| आखिर किन उ रोएको? हामि घुम्न गाको घरमा कसैले थाहापायो कि, कि हाम्रो माया साटासाट देख्यो कसैले, केहि अरु कुराले गालि पो खाइ जस्तो नि लाग्यो, ठुलो भैसकेको थि बाबाले त पक्कै पिट्नु भएन होला | धेरै सोच्ने बानि अत्ति नराम्रो मेरो ,सिधै उसलाई नसोधी किन दिमागलाई यतिकै घोचेको होला मैले |
“हजुर!के भयो?” यति भन्दा केहि भन्न जानिन |
उसको ओठबाट आवाज कम र रोको आवाज धेरै प्रस्टै महसुस गर्न सकथिए म | एउटा लामो सास भित्र लिएपछि उसले भनि “बाबालाई हस्पिटल ल्याएको छ, खाना खाने बितिकै ढल्नु भयो अचानक |” उसको यो वाक्य पछी मेरो वाक्य के हुनुपर्ने मैले मेलो नै पाइन |
“हो र ! कुन हस्पिटल ?” उसको रुवायिले मेरो बोलि पनि केहि नरम भएको थियो |
“ यहाँ गठ्ठाघर ,नागरिक हस्पिटलमा| म अनि मामु छौ |”
“अहिले कस्तो छ बाबालाई ?”
“अहिले ठिकै छ | तर मलाई किन किन नराम्रो लाग्दै छ|”
“दिमागमा केहि नसोच, त्यस्तो केहि हुन्न,राम्ररी बस|”
“तिमि आउन ! प्लिज!” उसको यो वाक्यले फेरी ठुलो दोधारमा परे | कसरि जानु फेरी त्यहाँ | पहिलो कुरा घरमा के भनेर निक्लिनु, ल जसो तसो गरेर बहिर बस्छु भनेर फकाउन सकिन्छ बाबालाई तर फेरी के मा जानु हस्पिटल? साधन पनि छैन म संग,ल साधन पनि पाए रे तर फेरी उसको मामु पनि हुनु हुन्थ्यो हस्पिटलमा, के भन्नु उहाको अगी | साच्चिनै ठुलो समस्या आइलाग्यो, बिपिन कार्कीको एउटा वाक्य याद आयो “यति टेन्सन हुदा पनि बेहोस किन हुन्न म |” तर उसले मलाई त्यहाँ अपेक्षा गर्नुमा केहि गलत पनि हैन नि,त्यति आश पक्कै राख्न पाउछिन नि मसंग उसले |
“हुन्छ म आउछु नि एकछिनमा|” मेरो यो वाक्य पछी उसले “आइ लब यु रबि” भन्दै फोन राखी हाली | घरमा अनेकौ बहाना बनाए र निक्लिए,अभ चाहिएको थियो साधन | सधै संगै रौसि खाने एउटा साथिलाइ फोन गरे, रक्सि फेरी मैले खाने हैन ,रक्सि उसले खान्छ र मैले सितन, गफ म सुन्छु र बिल उसले तिर्छ | भन्ने बितिकै उसले आफ्नु बाइक पनि दियो |
एक त रातिको समय,त्यसमाथि भक्तपुरको बाटो, मुस्किलले ५ मिनेट लाग्यो थिमीबाट नागरिक पुग्न | हिडेर गएको भए ढुक्कले २०-२५ मिनेट लाग्ने थियो तर अहिले भने आखा झिमिक्क गर्न नपाउदै पुगे म | जिबन जस्तै थियो यो बाटो , कहिले हजार मिहिनेत गरे पनि सफलता चुम्न गारो हुने र कहिले भने मिहेनेत विनानै सफलताले आफै चुम्ने |
