Part 12

मेरो आखा अगाडी अतितमा पलहरु एक्कासी आए र डेरा जमाएर बसे| एउटा गीतमा कति तागत छ भनि बल्ल महसुस भयो| गीतको बोल छ ”नचाहेको हैन तिमीलाई, चाहन्थिए जुनी जुनी भरिलाइ|” सुरुमा सुरुमा यो गित यति मन पर्थियो| गितको भावमा कहिले डुबेको थिइन म, तर सुन्दा कानलाइ आनन्द पुग्ने| तर जब भाव बुझ्न लागे या भाव बुझ्ने अवस्थामा पुगे, हरेक शब्दले मुटुमा घोच्छ, कानमा हैन|

सुरेन्द्र: “हजुरको  अनुहारमा निरास्ता प्रस्ट देखिन्छ| निरास्ता पछिको कारण भन्न मिल्छ भने भन्नुस्|”

म: “मैले पुजा र मेरो सम्बन्ध सुरुवातको बारे भने है अघि| यो सम्बन्धले मलाई भिन्न मान्छे बनाएको थियो| निकै भिन्न मान्छे हुदै थिए यो सम्बन्धको कारणले| कलेज कहिले नजाने मान्छे, पुजाले गर्दा कलेज जाने लागेको थिए| कलेजको ब्यागमा एउटा भन्दा धेरै कपि कहिले हुन्थिएन, अहिले आफ्नो ब्याग आफैलाई भारि हुन्छ| यो पढाइको कुरा भयो, अब म मा के परिवर्तन आयो त्यो भन्छु|

मेरो सोच्ने शैलीमा परिवर्तन आएको छ| जीवनमा चोखो माया एक पल्ट मात्र हुन्छ भनि मान्दिन म| माया जहिले चोखो हुन्छ, तुच्छ त माया गर्नेको नियत हुन्छ| कहिले मनले खाएको मान्छेलाइ भाग्यमा राख्न सकेको थिइन्| अनि कहिले जीवनमा भएको मान्छे, खातसम्म पुग्यो तर मन सम्म पुगेन| तर पुजाको आगमनले माया मेरो लागि पबित्र मुर्ति जस्तै भएको थियो, जसलाई म कदर गर्छु, खेल्ने हैन| ठाडो बोलि थियो मेरो| कोसँग कसरि बोल्नु पर्छ भन्ने थाहा थिएन| साथिसंग जसरि जिस्क्थिन्थिए, सबैसंग त्यसरी नै बोल्थीए तर सबै एक जस्तो हुन्नन् पुजाले गर्दा नै थाहा भयो| बुवाको हरेक बोलि किचकिच लाग्थियो तर परिवार के हो उसले नै महत्व बुझाइन् मलाई| मेरो जीवनमा अरु चिजको महत्व मात्र हैन, मेरै जीवनको पनि महत्व बुझाइन् उनले|  

मायाले मान्छे अनि उसको जीवन परिवर्तन गर्छ भनि म जीवित उदाहरण हो| पहिलो नजरमा परेको मायाको तेस्रो बर्ष पुरा हुन लाग्यो| पहिलो बर्षको बोर्ड परिक्षा अघि चिनेको उनलाई, अहिले हामि चौथो बर्षको बोर्ड परिक्षा नजिक छौ| यो तिन बर्ष निकै सुमधुर रहयो हाम्रो सम्बन्ध| एक अर्काको मायामा हामि यति समर्पित थियौ कि यसभन्दा बाहिर हाम्रो लागि कुनै संसार नै थिएन| मेरो लागि मेरो जीवन भनेको उनि भएकी थिइन् अनि उनको जीवन म भएको थिए| स्नातक सकिएको अर्को महिना नै बिहे गर्नु पर्छ भनि हामीले सोचेको पनि थियौ| यसरि नै बोर्ड परिक्षा सकियो र बोर्ड परिक्षा सकिएको दिन सबै मिल्ने साथिसंगै बस्ने सल्लाह भयो|

अर्को हफ्ता गाउ जादै थिए, घरमा बिहेको कुरा गर्न| कति दिन गाउको बास हुने हो थाहा थिएन| फेरी कलेज हुदा जहिले भेट हुने हो, कलेज पछी सबै साथि कहाँ हुन्छन हुन्छन हुन्छन| के थाहा अभ अर्को पल्ट सबै साथि, संगै भएर  कहिले भेट्ने हो!  त्यसैले सबै सहमति भयौ, आजको रात संगै बिताउने भनेर| मिल्ने साथीहरु संगै बस्ने भनेपछी, थोरै रक्सी अनि धेरै गफ, यहि त हो नि| सधैको यहि हो, केहि भिन्न छैन| सबै समय संगै झ्याप हुदै गए| निर्भय नाम भएको एउटा साथि थियो, उ असाध्यै झ्याप थियो| उ मन लागेको बोल्न लाग्यो| के  बोल्नु हुन्छ के बोल्नु हुन्न उसलाई केहि ज्ञात थिएन| रक्सिले उसको सोच्न सक्ने शक्ति सबै दबाएको थियो|

निर्भय: “ धन्याबाद भन् भाइ मलाई| मैले गर्दा तेरो अनि पुजाको लभ पर्यो|”

निर्भयले के बोल्दै छ उसलाई थाहा थिएन| तर उ जुन रवाफले बोल्दै थियो, केहि नराम्रो हुन जादै छ भनि थाहा पाईसकेको थिए मैले| उसलाई जसरि पनि चुप लगाउनु थियो|

पुजा: “ मलाइ आयुष्मानले कहिले भनेको थिएन यो कुरा| के भएको थियो भन त निर्भय|”

निर्भयलाइ कसरि चुप लगाउ भएको बेला, पुजाले निर्भयलाइ प्रश्न सोध्न लागिन्| यो प्रश्नको कुनै औचित्य देख्दिन म| गल्ति निर्भयको भन्ने कि पुजा को|

निर्भय: “ तिमि यो कलेजमा छौ भनेर थाहा पनि थिएन आयुस्मानलाइ| मैले गर्दा नै आयुसमान तिमिसंग बोल्न गएको हो| तिम्रो नाम पनि मैले नै भनेको थिए|”

पुजा: “मैले बुझिन|”

म: “केहि हैन पुजा, यो झ्याप भएर मन परि बोल्दै छ|”

निर्भय: “के को मनपरि| जे हो त्यहि बोल्दै छु| बोर्ड परिक्षा आउदै थियो| तलाई कसरि पास हुनु भनेर चिन्ता भएको थिएन र? पास नभए भने घरबाट तनाब दिनु हुन्छ भनेको याद छैन तलाई? के गरौ हुदै थियो तलाई, याद छ कि नाइँ? त्यहि बेला मैले पुजालाइ देखाउदै तेरो समस्याको समाधान उही हो भनेको याद छ तलाई? त्यसपछि तैले पास हुनलाइ पुजासंग बोल्न लागेको हैन?”

निर्भयले आफ्नो वाक्य मात्र हैन, मेरो सम्बन्धको पनि समाप्ति गरिदियो| उसले गलत बोलेको हैन, सबै अहि बोल्दै थियो तर उसको बोल्ने तरिका गलत थियो| पुजासंग भेट्नु अघि मेरो उदेश्य, स्वार्थको उदेश्य थियो| तर जब पुजासंग बोले, उसलाई माया गर्न थालेको थिए| म कति माया गर्छु भनि, पुजाले बुझ्नु पर्ने हो तर.. तर सम्बन्ध जति बलियो होस्, एउटा सानो घटनाले भताभुंग बनाइदिने रैछ| मैले त्यो दिन कति सम्झाए, बुझाए, तर मेरो केहि लागेन| केहि दिन पछी हाम्रो बिहेको लागि कुरा गर्न लागेको थिए घरमा, अनि अचानक सम्बन्धको नै अन्त्य भइदियो| त्यो अन्तिम दिन हो उनलाई भेटेको, त्यो दिन पछी कहिले भेट भएन|

नचाहेको होइन उनीलाई, चाहन्थिए जुनी जुनीलाइ तर ..तर उनिसंगको सम्बन्ध….”

अहिले सम्मको गाह्रो भएको मलाई यहि कहानी भन्न भयो| कहानी हैन व्यथा थियो मेरो, जुन शब्द बनि ओठबाट अनि आशु बनि आखाबाट संगै नै आयो| सुरेन्द्र जी ले केहि सहानुभुति दिनु भयो| अहिलेको परिस्थितिले चुरोट अनि चिया माग्यो| चियाको लागि भकुन्डेबेसीमा गाडी रोकियो र चियाको साहाराले मन सेक्न लागियो| चिया पछी फेरी पनि कारमा यात्रा सुरु भयो हाम्रो| सुरेन्द्र जी ले अघि भन्नु हुन्थियो, “आज हाम्रो भेट भाग्यले भएको हो|” मलाई पनि बिस्वास लाग्यो यो कुरामा| मैले कसैलाई नभनेको कति कुरा भन्दै थिए सुरेन्द्र जी लाइ| एउटा अर्को गित बज्यो र सुरेन्द्र जी को मुहारमा पनि कालो बादल छायो| आखिर हाम्रो जीवनसंग मिल्ने गित हरु एक पछी अर्को गरि किन यसरि बज्दैछ| अरु दिन पनि बज्थिए यी गित तर आज भन्दा अघि कहिले पनि अतितको याद दिलाएका थिएँनन् तर आज यो के भएको| गितको गायक अनिल साह अनि गितको बोल “

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts