५ बज्यो र सबै निक्लिन लागे अफिसबाट,म भने एकछिन अझै बस्नु पर्ने छ,काम सकिएको छैन| एकछिन भन्नु मात्र भयो,रातको ८ नै बज्यो, अझै ढिला हुन्थियो सायद तर बिस्वास पनि म संगै बसेर मेरो काम आफैले पनि गरिदिनु भयो| त्यसैले चाडो भएको नत्र आज सायद अफिसमै बास हुन्थियो| सबै कुरा ठिक छ तर बिस्वास मेरो लागि अझै पनि चासोको पात्र हुनु हुन्छ, आखिर उहाको भित्रि जुन अर्को मान्छे छ,उहा किन त्यसलाई किन कहिले अरुको सामु ल्यानु हुदैन| यो कुरा अलि पछी गरम्ला है,अहिले चाही मलाई घर जान अबेला भएको छ| यति राति गाडी पनि पाउदैन,अनि शोभा पनि काठमान्डौ गाकी छे, उसलाई बोलाउन हुन्थियो नत्र, उ नहुदा त बुटवल पनि सुनसान लाग्ने मलाइ| मैले मामु-बाबा पनि मामाघर गएको 3 दिन भयो भनेर भने? सायद छैन होला, मेरो बानि,चाहिने कुरा कहिले भन्दिन,अनि अरु कुरामा चाही भूमिका बनाएर बस्छु|
अभ घर जसरि भए पनि पुगम्ला तर खाना चाही के खाने,थाकेको छु,पकाउने कुरा हुन्न, फेरी नखाई सुत्न सक्दिन, म भोक सहन सक्दिन| घर जाने बाटोमा “कुसुम फ्यामिली रेस्टुरेन्ट” पर्छ,अभ त्यहि बाट केहि लिएर जानु पर्छ भनि सोच्दै ब्यागमा ल्यापटप हाल्न लागे|
“काम सकिएपछी पनि अफिसमै बस्ने बानि छ हो?” बिस्वासले अफिसको ढोकामा उभिदै यति भन्नु भयो|
“हैन अभ निक्लिन लागेको|” उहालाई यति भनेर म अलि हतारमा सबै कुरा समेट्न लागे|
“ल चाडै गर,गाडी पाउन्न,म पुर्याइदिन्छु|” उहाले यस्तो भन्दा एकछिन पत्यार लागेन आफ्नै कानमा,तर त्यति अचम्म मान्नु पर्ने पनि केहि देखिन, उहा अफिसमा त जहिले यस्तै राम्रो मान्छे हो, बेला बेला पो टिमुर्किने हो नि|
“हैन म आफै जान्छु|” यो सोचिएर बोलेको हैन मैले,आत्तिएर हो,एक त सिधै घर जाने हैन म,खाना खानु छ,उहालाई सबै कुरा भन्ने कुरा नि हुन्न फेरी|
“त्यस्तो केहि हुन्न,म पुर्याइदिन्छु,छिटो गर|” उहाले मलाई मदत गर्न खोज्नु भएको हो तर उहालाई मैले नाई भन्नुको कारण थाहा थिएन|
“घरमा कोहि हुनु हुन्न,बाटोमा खाना खाएर जान्छु,हजुरलाई गाह्रो हुन्छ|” आफ्नु कुरा जस्तोको त्यसतै राखे उहा सामु| यसमा पनि मेरो स्वार्थ छ,मनले भन्यो,तैले आफुलाई उहा सामु खोलिस भने उहा पनि त अघि खुल्नु हुन्छ|
“आज मलाई पनि अबेला भयो,म पनि बाहिर नै खान्छु आज,तिमि एक्लै र म एक्लै खानु भन्दा बरु संगै एकै ठाउमा खाउ|” उहाले यति भन्दा मेरो मनले भनेको कुरा याद आयो,साची उहा पनि मेरो अघि खुल्दै हुनु हुन्छ|मैले पनि सहमति जनाए|
“हजुर एक्लै बस्ने हो र?” मेरो मनमा आएको प्रश्न फेरी राखे उहा सामु|
“एक्लै नै हो,काठमाडौँमा हुनुहुन्छ अरु हरु|” बिस्तारै भएपनि उहाको बारेमा बुझ्दै छु,उहाकै मुखबाट|
“यहा किन एक्लै बस्नु भएको नि?” अर्को प्रश्न मेरो तर्फाबाट,म यस्तै छु, एउटा कुरामा लागेपछि लागेको लागेई|
“अनि अफिस यहि छ,अनि कहाँ बस्नु?” उहाको यो प्रश्न हैन उत्तर हो |
“म त घर भन्दा पर एक्लै बस्न नै सक्दिन|फेरी यहा भन्दा काठ्मान्डुमा जबहरु पनि राम्रो हुन्छ|”म उहाको बारेमा बुझ्ने प्रयासमा छु तर म आफ्नै बारेमा उहालाई भन्दै छु,जानी नजानी|
“सोच हो आफ्नु आफ्नु|” अघि सम्म हसिलो मान्छेले फेरी रुखो जवाफ दिनु भयो|
उहाको मुड अफ भयो होला सायद तर ऊहाले बाइक चालु गर्नु भयो र लागेउ अभ हामि खाना खान|
