Part 12

“भोलि भेट्न मिल्छ होला नि?” अपेक्षालाइ सोधे|

“भोलि? भोलि त मिल्दैन, भोलि काम छ|” अपेक्षाको जवाफमा हुन्छ सुन्न मन थियो तर त्यस्तो भएन| उनको काम छ कि मन छैन, उनलाई नै थाहा छ| जहाँ सम्म मलाई लाग्छ, जहाँ सम्म मेरो मनलाइ थाहा छ, उनले मसंग नभेट्नलाइ बहाना नबाउनु पर्ने हो, बरु मसंग भेट्नलाइ चाही घरमा बहाना बनाउछिन् उनले| मेरो मनको भावना उनलाई थाहा छ अनि मलाई पनि लाग्छ … भनि रहनु पर्छ र?

“साची तिम्रो काम पो हुन्छ है| हामि त मकै छोडाएर बस्छौ नि|” जिस्किन खोजेको हो तर भाव बेग्लै भएर उनले अन्यथा पो सोच्ने हुन् कि!

“मैले त्यस्तो भन्न खोजेको हैन| दाइ साथीकोमा जादै हुनुहुन्छ,म पनि दाइसंगै जानु पर्ने छ|” अपेक्षालाइ भेट्न मन छ तर अवस्था नमिलेको भनि पक्का भयो|

“भोलि नभए पर्सि भेटम न|” अर्को प्रस्ताभ राखे अपेक्षा सामु|

“यो हफ्ता भरि मिल्दैन| म दाइसंगै दाइको साथिको मा हुन्छु|” उनको यति वाक्यले मन खिन्न बनायो| रिसाउनु कि ठुस्स पर्नु, खै के गरु म| रिसाउ भने रिसाउने कारण पाइन, ठुस्स परौ भन्ने फकाउने मान्छे हुन्न|

“हरे, तिम्रो दाइलाइ मात्र जान भन| तिमि नजाउ|” थाहाछ यस्तो कदापि हुन्न तर बोल्दैमा मेरो के जान्छ र, गए एउटा प्रयास खेर जान्छ, जुन प्रयास मैले कहिले गरेकै हैन|

“है| त्यस्तो गर्दा पनि हुन्छ नि| तर दाइसंग permission माग्ने जिम्मा तिम्रो भयो है त|” अपेक्षालाइ थाहा छ, उनले यति भनेपछि, मैले हुन्न भन्छु| जिस्किन उनि पनि पछी पर्दिनन्|

“हैन हैन, जिस्किएको पो| हामि पछी भेटे भइहाल्छ नि|” माहोललाइ अलि रमाइलो बनाउन, आवाज बदलिदै, थोरै जिस्किदै अनि थोरै डराएको जस्तै गर्दै भने मैले| जिस्किएको मात्र हो, डर लागेको हैन| तर उनको दाइलाई एकचोटी भेट्न चाही मन छ|

भेट्न भन्दा पनि हेर्न मन छ| भेट्न त बिहेको कुरा लिएर जादा भेटौला नि| फोनमा चम्किने मान्छेहरु कहिले भेट्दा फुस्स हुन्छन तर अपेक्षाको दाइ त्यस्तो अबश्य हुनुहुन्न| फेरी मेरो अनुमान मात्र हो है| अनुमान त जे पनि गर्न पाइन्छ हैन र? अनुमान चाही हावा, बेकम्फुसे तरिकामा गरेको हैन| मेरो पनि केहि तर्क छन्| अपेक्षाले दाइले भनेको सबै मान्छिन्, कि डरले हो कि आदरले| उनको दाइको कि ज्यानमा बल हुनुपर्छ कि बोलिमा नत्र फोनमा त्यसरी बोल्ने हिम्मत कसैको हुन्न|

त्यो दिन थोरै फोनमा गफ भयो| एकछिन मेसेजमा पनि गफ भयो| बेलुका ७ बजे तिर मेसेज आयो उनको. “म दाइसंग जान लागेको है| दाइ छेउमा नै हुनुहुन्छ, फोन मेसेज केहि नगर|” उनले यति भनेपछी, मैले फोन वा मेसेज गरे भने, कि मलाई राची लगे हुन्छ कि मलाई बहुला कुकुरले तोकेको हुनुपर्छ|

केहि भनौ? भन्छु है| उनले अघि त्यो मेसेज पठाउदा मैले “हुन्छ” टाइप गरेर पठाउन लागेको थिए| मेरो दिमाग के भन्नु| कहिले काही अलि ढिलो चल्छ| अपेक्षाले ७ बजे त्यो मेसेज पठाएकी, त्यसपछि घन्टौ सम्म पनि उनको मेसेज आएन| आफै मेसेज गरौ कि सोचे पनि तर दाइ संगै भएको भए, उनलाई गाह्रो पर्ला भनि मेसेज नगरी निदाए| बिहान उठ्ने बित्तिकै आखा मिच्दै मोबाइल हेरे, मेसेज वा कल केहि थिएन| यस्तो पनि के पर्यो कि मेसेज पनि गर्न नमिल्ने| आफ्नै मनलाई बुझाउन बहाना खोजे केहि बेर|

दिउसो भरि पर्खीए र उनको मेसेज भने रातिको ११ बजे आयो| “हेरन, हरेक बेला कि दाइ छेउमा कि अरु परिवारको सदस्य| sorry है, राम्ररि बस|” यति लेखिएको थियो|

“के छ, के गर्दैछौ, सन्चै छौ?” यस्तो केहि सोधेको भए पनि हुने नि उनले| मतलब गर्ने मान्छेले दर्शाउनु पनि पर्छ| माया गर्नेले नै सबै कुरा बुझ्छ र बुझी हाल्छ भन्ने हुन्न नि| तर उनको बाध्यता पनि बुझ्नु पर्छ सोचे र मनमा संतुस्तीको मलम लगाए| केहि बेर मेसेजमा कुरा भयो र “अब जान्छु है, मेसेज नगर” भनेर उनि अफलाइन भइन्|

त्यो दिन मनलाइ बुझाए, दोस्रो दिन पनि उही रहयो| उनको मेसेज रातको ११ बजे तिर आयो| उनको मेसेज, फलानो च्यानेलमा आउने फलानो show जस्तै भयो, रातको ११ बजे पर्खिएर बस्नु पर्ने| दोस्रो दिन पनि पहिलो दिन जसरि नै एकछिन गफ भयो| दोस्रो दिन पनि मनमा संतुस्तीको मलम लगाउने कोशिश गरे तर आज मलम कम भयो|

तेस्रो दिन पनि केहि भिन्न थिएन| फरक यति थियो कि दोस्रो दिन भन्दा तेस्रो दिन, मनमा लगाउने संतुस्ती मलम अझै घटेको थियो| चौथो दिन जसो तसो गरेर, मलम पुर्याए मनमा लगाउन| चौथो दिनको अन्त्यमा, मलमको पनि अन्त्य भयो|

पाचौ दिन फेरी पनि रातको ११ बजे उनको मेसेज आयो| “के गर्दै छौ?” लेखिएको थियो| रिस उठेको थियो| म नबुझ्ने भएको हो कि असन्तोषी, तर चाहेर पनि अपेक्षा यसरि ब्यस्त भएकोमा चित्त बुझाउन सकेको थिइन| मैले मेसेजको रिप्लाई दिइन| एकछिनमा फेरी उनको मेसेज आयो “निदाएको हो?” बल्ल तल्ल अहिले बोल्न मिलेको छ, यो मौकालाइ पनि मैले खेर फ्याल्दै थिए|

“ तिम्रो

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts