Part 12

“हजुर एउटा गर्लफ्रेन्ड बनाउनु के|” कुनै रात फोनमा बोल्दा बोल्दै उनले भनि|
उनले बुझेकी छिन्, उनलाई थाहा छ| हाम्रो भविष्य अनिश्चित छ| सायद हाम्रो कुनै भविष्य नै छैन| सायद भविष्यमा हामी सँगै नै छैनौ, हामी अलग छौ| एक अर्काको लागि हामी जति समय छुट्टाउदै छौ, जति प्रयास गर्दै छौ हामी, पछी दुवैलाई गाह्रो हुने निश्चित नै छ| बरु अहिले म अरु कोहि संग आबद्ध भएको खण्डमा, सायद सबै खुशी हुनेछौ भन्ने सोच हुन सक्छ उनको|
“हरेक बेला मसंग बोलेर बस्नु हुन्छ, गर्लफ्रेन्ड पनि कसरी बनोस् हजुरको|” उनलाई यो पनि ज्ञात छ| तर उनलाई यो थाहा छैन, बोल्दैमा माया बस्दैन| उसको र मेरो बार्तालाप कम हुने बित्तिकै म अरु कोहिसँग नजिकिन्छु भन्नु पनि गलत हो| कोहिसँग नजिकिन कुनै सुन्योजित योजना बनाउनु पर्छ भन्ने हैन| उनीसँग भेट पनि अचानक नै भएको हो| तर… थाहा छैन म उनलाई किन मन पराउछु| थाहा छैन किन माया गर्छु| यदि अहिले उ जीवनमा भइन भने पनि अरु कुनै सम्बन्धमा चाही पक्कै गासिन्न म|
उमेर २९| बिहेको गाइगुइ सुन्न सुरु भैसक्यो घरमा| ३० भन्दा यता केहि नभन्नु भनेको छु घरमा| त्यसैले बिहेको कुनै कुरा पनि सिधै मेरो कानमा आइपुगेको छैन| थप एक बर्ष अनि घरबाट यो सबै कुरा सुरु हुन्छ सायद|
बिहे के हो?
***
बिहेको बिषयमा धेरै बिचार छन् मेरो| बिहे जरुरी लाग्छ अनि बिहे बाध्यता पनि| बिहे खुसिको द्वार लाग्छ अनि सम्झौता पनि| लगभग ३० बर्ष एक्लै बिताइयो, पछि पनि सकिन्छ| परिवार जस्तै साथि छन्, साथि जस्तै परिवार छ, जागिर पनि राम्रै छ, पढाइ स्नातक सकियो, थोरै लेख्दै पनि छु अनि खुसि पनि छु| यति मै खुसि छु भने बिहे जरुरी नै छ होला र? जिन्दगि के हो सोध्यो भने कसैले, “खुसिको खोज” भन्छु म| जन्म देखि मृत्युसम्म त्यहि खुसिको खोजमा अनेकौ पटक दुखि हुन पुग्छौ| जब अहिले नै खुसि छु भने, किन बिहे गर्नु पर्यो?
फेरी सोच्छु| साथि छन् तर उनीहरुको पछी जिम्मेवारी फेरिन्छ| मलाई दिने समय उनीहरुले परिवारलाइ दिनु पर्छ| त्यसपछि एक्लो महसुस हुने हो कि| परिवारलाई पनि म बाट केहि आश छ| पछी बुढेसकालमा मलाई पनि साथि चाहिन्छ| आफुलाई बुझ्ने, साथ दिने, जीवन सँगै बिताउने मान्छे भयो भने जीवन नै सजिलो हुन्छ| आखिर दुइ हात भन्दा चार हातले बोरा बोक्दा सजिलो हुन्छनि हैन र ?
साथ, भविस्य र बुढेसकाल भन्दैमा आफै ढुक्क नभई अरुको जीवन बिगार्न पनि त भएन| मन फेरी दुइ जिब्रे छ| समिक्षाले सहमति जनाए भने, उनीसँग सक्दो चाडै बिहे गर्न सक्छु| जडिया लेखकबाट पागल लेखक भएछु सायद|
“बिहे गर्न मसंग|” बेला मौकामा जिस्केर भन्थिए उनलाई| यो गफ पनि हासोमा नै सिमित हुने|
“ल एउटा बाचा गरौ| मान त ५० बर्ष हुने बेला सम्म पनि हामीमध्ये कसैको बिहे भएन भने, बुढेसकाल संगै बिताउने|” एउटा हाउडे प्रस्ताव गरे| उनको सहमति छ यसमा| अझै २४ २५ बर्ष पछीको कुरा, त्यसमाथि यस्तो हाउडे| खै भबिस्यमा के लेखिएको छ| ५० भेटिने हो कि अझै बाकि रहेको ५० बर्ष संगै बाच्ने हो| तर साथिको रुपमा भएपनि, मिले जति समय उनीसंग बिताउनु छ| कहिले कोशिशको अभावमा नै कति सम्बन्धको भ्रुण हत्या हुन्छ|
***
Overthinking. झट्ट हेर्दा के नै हो र| धेरै सोच्ने बानि तर यो बानि निकै हानिकारक छ| उसमा यो बानि उग्र छ| उनि धेरै सोच्ने हैन, धेएएएएएएएएएएएएएएएएरै सोच्ने हो| उनि आफ्नो बारे हैन, आफ्नो खुसि हैन, उनले गर्दा कहिँ अरुलाई गाह्रो पर्छ कि भनि धेरै सोच्छिन्| यस्तो स्वार्थि दुनियामा अरुको बारे सोच्ने मान्छे बिरलै पाइन्छ| यो पनि एउटा कारण हो सायद उनलाई मैले मन पराउने| कति सम्झाए उनलाई यो नराम्रो बानि हो भनि | अरुको बारे राम्रो सोच्नु नराम्रो बानि भनेको हैन तर धेरै सोच्नेर आफुलाई घात पुर्याउनु खराब बानि नै हो| मलाई डर छ|
म पनि धेरै सोच्छु| सायद उनको दोब्बर| मलाइ डर छ उनि पनि मजस्तै हुने हो कि| एउटा सानो घटनाले पनि महिनौ बास पाउछ मेरो दिमागमा| त्यहि एउटा घटनालाइ विभिन्न तरिकाले सोच्छु अनि झन् सोच्छु| यो बानीले मलाई झन्डै अवसादमा धकेलेको थियो अतितमा| मलाई डर छ कहिँ उनिसंग पनि यहि दोहोरिने त हैन? त्यो यस्तो एउटा समय थियो, जहाँ अरुको लागि आफुलाई दुखि बनाउदै थिए म| उनलाई यहि हालतमा देख्न चाहन्न म| अहिले यो बनाई निकै कम गरेको छु तर अझै पनि यो बानि जीवित नै छ म भित्र| फरक यति मात्र हो कि नियन्त्रण गर्न सक्छु| आखिर कहिले सम्म अरुको टोपी सिलाउन आफु नाङ्गो बस्नु|
अहिले जे ठिक छ त्यहि ठिक हो| अरुलाई हानि गर्नु भएन| आफु खुसि भए पुग्छ| मनको शान्ति र मानशिक अवस्था नै आफ्नो धन हो| यसलाई खल्बलिन दिनु हुन्न| मान्छे आउछन जान्छन| कोहि मनमा बस्छन, कोहि मुटुमा| उनीहरुले ओगटेको स्थान भोलि अरु कसै अरुले लिन्छ| मान्छेलाइ स्थान दिनु पर्छ| अर्को मान्छेको आगवनमा भत्किएको मन र मस्तिस्क लिएर बस्न हुन्न| नत्र त्यो समय हामीले माया गर्न हैन, भत्किएको सपर्दा सपार्दै बित्छ| फेरी सबै राम्रो सुन्दर हुनु पर्छ भन्ने पनि हुन्न| केहि अधुरो र टुक्रिएको पनि राम्रो हुन्छ र त्यो टुक्रिएको पनि केहि कारण होला| जस्तै दुइ किनार सँगै छैनन्, बिछोड छ उनीहरु बीच तर पनि सुन्दर हुन्छ नदि| यहाँ पानिले भावनाको काम गरेको हुनुपर्छ| म उसँग खुसि छु, मलाई यहि सहि हो भन्ने लागेको छ अहिले| यहि मेरो भावना हो र यसले गर्दा नै म उनीसँगै बग्दै छु|

***
Complicated- completely coated

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts