उहाको मुड अफ भयो होला सायद तर उहाले बाइक चालु गर्नु भयो र लागेउ अभ हामि खाना खान|पहिलो पल्ट बिस्वाससंग बाइकमा बस्दै छु, शोभाले ५ मिनेटमा पुर्याउने ठाउ, उहालाई १० मिनेट लाग्यो, मेरो मनमा जति चाडै कुरा घुम्दै छ,उहाको बाइकको टायर त्यत्तिकै बिस्तारै, त्यहि पनि मेरो मनको कुरा भन्दा उहाको बाइक छिटो पुग्यो गन्तव्यमा| त्यो १० मिनेटको बाटोमा न उहाले केहि बोल्नु भयो, न मैले|
“एकछिन हेल्मेट समाइदेउन है|” उहाले यति भन्दै मेरो हातमा हेल्मेट थमाउनु भयो र आफ्नु जुत्ताको तुना मिलाउन लाग्नु भयो,तुना मिलाएपछि हेल्मेट लिनु भयो र हामि खाना खान भित्र पसेउ|
उहाको एउटा बानि चाही मन पर्यो, भित्र पुगेर एउटा टेबलमा बस्ने बित्तिकै, वहाले आफ्नु झोलाबाट स्यानिटाइजर झिकेर हातमा लगाउनु भयो,अघि जुत्ताको फित्ता मिलाउदा हात फोहोर भएको हुनुपर्छ, मलाई चाही यस्तो सफा सुगर गर्ने मान्छे मनपर्छ, धेरै केटालाई यस्तो कुरा खयाल हुन्न,उहा चाही भिन्न हुनुहुदो रैछ|
“मैले आफुलाई बिर्यानी भन्न लागेको,तिमि के खाने|” मेनु पनि नहेरिकन उहाले के खाने भनेर सोची सक्नु भएछ|
“मलाई चिकेन मोमो भए हुन्छ|” मलाई भोक चाही अत्ति लागेको छ, तर उहाको अघि खान लाज लाग्यो, पहिलो पल्ट हो नि|
“सुन्नुस न, एउटा चिकेन बिर्यानी एउटा चिकेन मोमो,अनि दुइटा ब्ल्याक कफी,चिनी बिना है|” होटेलको वेटरलाइ बोलाएर उहाले यति भन्नु भयो तर मैले कफी भनेकै थिन,उहाले किन दुइटा कफी भनेको होला|आफैलाई याद आयो,उहालाई मैले मलाई चिनी बिनाको कफी मनपर्छ पो भनेको छु है,उहाले त्यहि सम्झाएर मगाएको हुनुपर्छ|
“ घरमा साथि पनि छ,उसलाई पनि बिर्यानी लग्छु है|” मेरो भोक मोमोले मेटिदैन म पक्का छु, उहाको अघि धेरै खाना पनि लाज लाग्यो,बरु बिर्यानी लगेर घरमा खान्छु यहाँ चाही मोमो खान्छु सोचेर आधा सानु झुठ बोले| झुठ आधा चाही किन भने, बिर्यानी साथीको लागि हैन मेरो लागि हो तर एउटा साथि चाही छे घरमा|
सधैको जस्तो आज पनि मोमो मिठो थियो यो ठाउको, उहाले बिर्यानी चाख्न भनि अलि जोड दिनु भयो तर मैले नाई भनेर नै जिते र चाखिन| त्यो चिनी बिनाको कफी पनि मिठो मुस्कान सहित पिए,बाध्यता हजुर पिडा| कफी तितो भएपनि उहासंगको यो पलमा चाही मिठास छ| टेबलको खाना पनि सकियो र त्यो संगै प्याकिंग बिर्यानी पनि आयो| शोभासंग आउदा जहिले मैले पैसा तिर्नु पर्छ, आज बिस्वासले नै तिर्नु भयो|
उहाको अर्को एउटा बानि मेरो बानि संग मिल्दो रैछ, म अरु बेला मोबाइलमा झुण्डिए पनि खाना खाने बेला चाही कहिले मोबाइल चलाउन्न, उहाले पनि यति बेर सम्म एकपल्ट पनि हातमा मोबाइल लिनु भएन| हुन त उहाले खासै अफिसमा पनि मोबाइल चलाउनु हुन्न| मलाइ मान्छे छिटो मन पर्ने हैन तर बानि चाही एकदम छिटो मनपर्छ| यसपछि उहाले मलाई घर छोड्नु भयो,त्यसपछि म आफ्नु घर भित्र अनि उहा आफ्नु घर तिर|
