१ बजे फ्लाइट छ ९
बजे हाम्रो निन्द्रा खुल्यो, अबेला भएको छैन तर ओछ्यानमा नै पल्टिएर अल्छी गरे भने
अबस्य ढिलो हुन्छ| प्लेनमा एक जनाले २५ किलो सम्मको सामान मिल्ने हामि दुइकै
ब्यागको बजन २५ केजी भन्दा कम छ| करिब करिब १० घण्टाको प्लेनको यात्रा र पुगियो
काठमाण्डौ| प्लेनबाट ओर्लिने बित्तिकै क्षितिजसंग छुट्टिनु पर्छ, बितेको १० घण्टा
क्षितिजसंग बोल्दै र उसको हात थाम्दै गयो| दुबैले आ-आफ्नो ब्याग लिएर बाहिर
निक्लिएउ| क्षितिजको बुवा र एउटा दिदि आउनु भएको छ उसलाई लिनलाइ| एयरपोर्टबाट
ट्याक्सी लिएर मैतिदेबी पुगे म| मैतिदेबीमा मेरो साथि मनोनयाको घर छ| उसको
परिवारसंग पनि म राम्ररि घुलमिल भएको छु, आफ्नै घर जस्तो लाग्छ| त्यसैले म आउदैछु भनेर
खबर पनि गरेको छैन मैले| मनोनयाको घर मुनि पुगेर ट्याक्सी रोकियो र मुख्य गेट
खुल्ला नै छ| सिधै म उसको कोठामा पुगे| मलाई देख्ने बित्तिकै मनोनया खुसीले यसरी चिच्याइन्,
अंकल आत्तिएर कोठा नै पुग्नु भयो|
“परजुना नानिलाइ देखेर पो चिच्याएकी रैछे| यति दिन कता हराएकी थियौ नानि?”
मनोनयाको बाबा आत्तिएर आउनु भएको थियो, मलाई देखेपछी शान्त हुनुभयो|
“त्यहि त बुवा| आज बिहान पुर्बबाट नै सुर्य उदाएको थियो नि?” म अंकलको प्रश्नको जवाफ
दिन तैयार थिए, मनोनयाले जिस्काउने मौका छाडिन|
“आज कहाँबाट बाटो भुलिछौ तिमीले नानि?” आज मैले जवाफ दिन नपाउने भए| फेरी पनि जवाफ
दिन तैयार भएको मात्र थिए, मनोनयाको मामु पनि आउनु भयो|
“ त्यहि त मामु, त्रिपाल कहाँ छ? भुइचालो आउन सक्छ, निकाल्नुस्|” के हो के, मेरो
बोल्ने पालो आउन्न? फेरी पनि मनोनयाले मलाई बोल्न दीईन|
“पोखरामा थिए नि त|” बल्ल बल्ल बोल्ने मौका पाए|
“ किन पोखरा? कलेज उतै पढ्न लागेउ हो?” प्रश्न आयो अंकलबाट| मनोनयाको घर पुग्ने
बित्तिकै प्रश्नको अविरल बर्षा हुन्छ भनि कसले सोचेको थियो र|
“ हजुर अंकल| पोखरामा नै पढ्दै छु|” नचाहेर झुठ बोल्दैछु| हैन भनेको भए फेरी अरु
थप प्रश्न आउछ र जवाफ छैन मसंग|
“त्यहाँ को सँग बस्छौ?” मामुले अर्को प्रश्न गर्नु भयो| अब के भन्ने मैले?
क्षितिजसंग बस्छु भन्न मिल्दैन| अब अर्को झुठ बोल्नु पर्ने भयो|
“भयो त मामु| भर्खर आएकी छे, त्यो पनि यति दिनपछि| आएर बस्न पनि पाएकी छैन, यसरि
नै प्रश्न मात्र गर्यो भने भाग्छे यो|” धन्न मनोनयाले बचाइन् मलाई र मैले अर्को
झुठ बोल्नु परेन| मनोनयाले यति भनेपछी, अंकल-अन्टि जानु भयो र म मनोनयाको छेउमा
गएर बसे|
“तेरो पारा के हो? फेसबुक पनि deactivate गरेको छस्| फोन पनि लाग्दैन| फेरी आफैले फोन
मेसेज केहि गर्ने पनि हैन तैले| के गर्दै छस् पोखरामा?”
“ मेरो फोन हराएर| अनि पुरानो फेसबुक deactivate भएको हैन, ब्लक भएछ|”
यो सुरुवात हो| मनोनयाको धेरै प्रश्न मध्य यो पहिलो प्रश्न हो| उसको हरेक प्रश्न अप्छी आफ्नो दलिल पेश गर्दै गए| कति जवाफ सत्य थिए भने कति झुठ| उसंग झुठ बोल्न मन त छैन तर परिस्थितिले झुठ बोल्न बाध्य बनायो| यति पछी भेटेको, गफ गरेर नै 3 बजाइयो| अहिले सम्म जे भयो भयो, आजको मितिबाट यसरि गायब हुन नपाइने सर्तमा मलाई माफी दिईयो| हाहा| केहि यस्ता भावना पनि हुन्छ, जुन मैले क्षितिज सामु ब्यक्त गर्न मिल्दैन| हो त्यस्ता भावना र गफ गर्दै तिन बजेको हो|
उठ्दा १० बजेको छ| आज बाकि साथिहरु भेट्ने योजना बनाउदै थिइ मनोनयाले तर मेरो योजना केहि फरक छ| रबि र कन्चनलाइ भेट्न मन छ| मलाई त यो पनि थाहाछैन कि उनीहरु कहाँ छन्| कलेजको काममा जानु छ, कलेजको अरु साथि पनि छन् भनि ढाटे| फेरी कस्तो आपत, रबिलाइ भेट्न जाने भनि न क्षितिजलाइ भन्न मिल्छ न मनोनयालाइ भन्न मिल्छ| मनोनयाले नाथाहापाउने गरि रबिलाइ फोन गरे| फोनको हरेक रिंग संगै मेरो मुटुको घद्कन बढ्दै जाने| रविको फोन उठेन| मेरो फोन भनेर जानी जानी उसले बोल्न नखोजेको त हैन नि? हैन, त्यस्तो हुनै सक्दैन| यो नया सिम हो, यो नम्बर रबिसंग छैन| पक्कै पनि ब्यस्त होला| भाग्यले नै रबिसंग नभेट भनि संकेत दिएको त हैन नि? एक अन्तिम पल्ट रबिलाइ फोन लगाए|
“रबि, मलाई चिनेउ?”
“चिने, भन के भयो?”
“ल म को हु भन त चिनेको भए?”
“परजुना| ल भयो?”
“मलाई बिर्सीसकेउ सोचेको, हैन रैछ|”
“तिमीले बिर्सिने लायक काम गरेकी छौ? किन फोन गरेको भन|”
“बोल्न मन लागेर| फोन गर्न कारण नै चाहिन्छ र?”
“अरुलाई कारण चाहिन्न तर तीमीलाई चाहिन्छ| चाडै भन, के भयो?
“भेट्न मिल्छ? कन्चन अनि तिमि, दुबैलाई भेट्न मन छ|”
“किन? अझै पनि चित्त
बुझेको छैन? हामीलाइ अझै सताउन मन छ?”
“तीमीलाइ के लाग्छ? भेट्ने कि नाई भन?”
”पहिले तिमीले किन भेट्न खोजेको? कारण भन किन भेट्न खोजेको| तिमीलाई बिस्वास गर्न
सक्दिन अब|”
“ मैले यति दिन केहि गरे? तिमिहरुलाई दुख दिएको छु मैले? छैन नि| मलाई आफ्नो गल्तिको महसुस भइसक्यो| Just
want to meet you guys for redemption of my sin|” आफुलाई सम्हाल्न सकिन र फोनमा नै रुन लागे| मेरो
आशु गोहीको आशु झैँ भएछ, रविको मन पग्लिन गाह्रो पर्यो| फेरी पनि बिन्ति गरे र
रविले हुन्छ भन्यो| रबि र कन्चनलाइ भेटे अनि
माफी मागे| आफ्नो कुकर्मको प्रयाश्चित गर्दैछु|उनीहरुले मलाई माफ गरुन् या नगरुन्,
मेरो मनको बोझ हलुको भयो|
त्यहाबाट फर्किएर
मनोनयाकोमा गए| रबि संग हुदा क्षितिज र मनोनया दुबैले फोन गरेका थिए| दुबैलाई
थाहाछैन म कहाँ थिए भनि| घर पुग्दा मनोनया घरमा छैन| अंकललाइ पनि थाहाछैन उनि कहाँ
छिन् भनि| क्षितिजलाइ फोन गरे, उसको फोन उठेन| क्षितिज रिसाएको त हैन नि?कहिँ उसले
म रबिलाइ भेट्न गएको भनि थाहा त पाएन नि? सोच्दै नै थिए, यत्तिकैमा मनोनयाको फोन
आयो|
“त झट्टै ठमेल आइज|” मनोनयाले यति भनेर फोन राखिन्| किन र कसो प्रश्न गर्ने मौका
पाइन मैले|
