Part 14

“त झट्टै ठमेल आइज|” मनोनयाले यति भनेर फोन राखिन्| किन र कसो प्रश्न गर्ने मौका पाइन मैले|

मैतीदेवी मन्दिर अगाडी ट्याक्सी कुर्दै बसे तर एकछिन सम्म पनि ट्याक्सी आएन| यो बाटो one way हो भनेर याद नै रहेन| एकछिन सम्म ट्याक्सी पर्खेर समय खेर फ्यालेपछी मात्र याद आयो, यो सडक one way हो भनेर| त्यहाँबाट मैतिदेबी चौक पुगे| १०० मिटरको दुरी भए पनि तर हिड्न अल्छी लागेको छ| चौकबाट ठमेल १५ मिनेटमा पुगियो| दरबारमार्गमा जाम नपरेको भए, १५ मिनेट पनि नलाग्ने रैछ| मनोनयाले ठमेल त बोलाइ तर ठमेलको कुन ठाउ भनिन| फोन गरेर बुझ्न भनि मोबाइल झिक्दा उसको मेसेज देखे, संचयकोष भवन अगाडी पुग्नु पर्ने| ट्याक्सीबाट झर्ने बित्तिकै मेरो आखा अगाडी जुन दृश्य छ, बिस्वास गर्न मुस्किल भयो| प्लस टु पढ्दा, हामि मिल्ने साथिको एउटा समुह थियो, म सहित ५ जना को समुह|

मेरो आखा अगाडी मेरा ज्यान छन्, मेरो 4 जना साथि| उनीहरुलाई देखेपछी मैले बोल्न भुले, बोल्न जानिन भन्दा पनि हुन्छ| म झट्कामा छु कि आश्चर्यमा, एक शब्द पनि उच्चारण गर्न सकिन| खुसीले खुट्टा काम्दैछ, चिट-चिट पसिना आएको छ पुरै शरीरमा| ट्याक्सीको दाइले भाडा मागेपछि मात्र थोरै होस् आयो| एक पछी अर्को आउदै मलाई अंगाले| यो पलको खुसिको जिकिर गर्न बयान गर्न खोज्दा पनि सकिन| प्लस टु पछी, सबैसंग भिन्न भिन्न भेटेको छु तर पहिलो पल्ट हो हामि सबै संगै भएको|
“आज कसरि सबै जना? मलाई कसैले किन नभनेको?” 4 जना संगै छन् र मलाई अहिले बोलाउदैछन्, मतलब उनीहरुले योजना पहिले नै बनाएका हुन्| रिस उठेको हैन तर गुनासो पोखे उनिहरु सामु|
“हजुर यति दिन हराउनु भयो| कहा जानु भयो, कहाँ हुनुहुन्थियो? हामीलाई केहि भन्नु भयो हजुरले?  हामीले यति नभन्दा चाही चित्त दुख्यो हजुरलाइ?” मैले गुनासो मात्र पोखेको थिए, उनिहरु रिसाएका छन्| सबै साथीको नेतृत्व लिएर मनिसाले मलाई पेच हानिन्| उच्च आदरार्थ प्रयोग गरेर बोल्दै छन् मसंग, आफ्नो रिसलाई झल्काउदै छन् यसरि| उनिहरुको रिसको अन्त्य कसरि गर्ने थाहाछैन तर उनको रिस सकिन्ने बित्तिकै, उनीहरु हजुरबाट त मा झर्छन्|
हिजो मनोनयालाइ जे जे दलिल पेश गरेर फकाएको थिए, आज पनि त्यहि दलिलको सहारा लिदै छु| हिजो मनोनया पो एक्लै थिइ, आज 4 जना छन्| उनिहरुलाई फकाउन त्यति सजिलो छैन, कफी संग मोमो पनि सकियो तर उनि हरु अहिले सम्म पनि मानेका छैनन्| उनीहरुको रिस मर्यो तर म फेरी पनि यसरि गायब न हु भनेर मलाई चेताउदै छन्| गल्ति मेरो हो, यति मिल्ने साथिलाइ बिर्सिएर बसेको थिए पोखरामा| मायाको संसार रच्दा मित्रताको घरलाइ खण्डरमा परिणत गर्न हुन्थिएन मैले| के नै गाह्रो थियो र उनीहरुलाई फोन अनि मेसेज गर्न| दिन दिनै पनि फोन र मेसेज गर्नु पर्ने हैन, हफ्ताको एकपल्ट गरेको भए पनि उनीहरु रिसाउदैनन् थिए| म अचानक गायब भएको थिए| कहाँ छु? के गर्दैछु? केहि नै थाहाछैन उनीहरुलाई| उनिहरुको स्थानमा म भएको भए म पनि रिसाउछु| केहि माफी अनि केहि कसम, यसरि फकिए सबै|
“आज भेट्ने भनेर कहिले plan बनाएको तिमिहरुले?”
“१ महिना हुन लाग्यो| त गायब, तलाई केहि थाहाछैन| यहाँ के के हुदैछ|”
“त्यस्तो के हुदैछ? मैले के के छुटाए त्यस्तो?”
“ त पोखरा कहिले सम्म फर्किनु पर्ने?”
“किन र? हफ्ता दिन हो|”
“काठमाण्डौमा अरु के के काम बाकि छ तेरो? कि सकीसक्यो?”
“ सकिसक्यो भने पनि हुन्छ| किन त भन? अघि देखि प्रश्न मात्र गर्दैछौ|”
“ हामि भोलि घुम्न जादैछौ| टिकेट उहिले लिएको| त नि जान्छस कि भनेर|”
“कहाँ जादै छौ र तिमीहरु?”
“ goa. भोलिको फ्लाइटको टिकेट छ हामि 4 जनाको| त जाने कि नाई? जाने भए तेरो लागि पनि टिकेट लिनु पर्छ|”
“अहिले भनेर, यति ढिलो टिकेट पाइन्छ र?”
“ त टिकेटको चिन्ता नगर| जाने कि नाई त्यो भन|”
“ म बेलुका भन्छु नि|”
“बेलुका सेलुका हैन अहिले भन्| टिकेट लिने कि नाई भन्नु पर्छ|”
“ मैले अहिले भन्न मिल्दैन| बुझ् न|”
“ हामि केहि नबुझ्ने| त गइनस् भने हामि रिसाउछौ अनि त पछुताउछस्|”
“किन र?”
“हामीले के हुदा चाही goa जानु पर्छ भनेर प्लान बनाएको थियौ भन् त?”
मनिसाको अन्तिम प्रश्न पछी मैले हुन्छ भन्नै पर्यो| हामीले प्लस टु मा पढ्दा एक अर्कालाइ केहि बाचा गरेका थियौ| हामि ५ जना मध्य जसको बिहे भएपनि, बिहे अघि goa घुम्न जाने बाचा गरेको थियौ| कुरा बुझ्दै जादा, श्रुतिको बिहे हुदै छ| बिहे अर्को महिना| श्रुतिको अमेरिकाको भिसा आएछ, जानु अगाडी बिहे गर्दै रैछिन| यसले गर्दा उसको बुढा पनि केहि महिना पछी जान मिल्छ| goa जानै पर्ने भयो मेरो| goa जान मन मलाई नलागेको हैन| तर क्षितिजसंग पनि सल्लाह गर्नु पर्ने थियो| उसले हुन्न त भन्दैन, तर पनि उसलाई सोध्नु चाही पर्छ| क्षितिजलाइ नसोधी निर्णय लिए|
क्षितिज रिसाउछ कि भनि सोचेर बस्न मिलेन| goa मा के के हुन्छ भनि रम्न लागे म| केहि दिन अगाडी मात्र goa घुमेर आएको म, फेरी जादै छु तर पनि खुसि नै छु| कारण दुइ वटा छ| पहिलो, साथिसंग घुम्न जादैछु, यति पछी| यो योजना अहिले बनेको हैन, धेरै पहिले देखि नै कल्पना सजाउदै थियौ यो दिनको लागि| साथीको खुसिको दिनमा हामि सबै खुसि हुदैछु| दोस्रो, समुन्द्रिक जहाजमा रात बिताउन पाइन्छ| केहि दिन अघि जहाजमा बस्न नपाएर खिन्न भएको थिए र अब त्यहि जादैछु| मनले चाहेको सबै भगवानले पुर्याउने रैछ|
आज हामि सबै ठमेलमा नै बस्ने योजना बन्यो| होटेलमा कोठा बुक गरियो र त्यहाबाट तैयार भएर हामि क्लबमा रम्न निक्लिएउ| कोठा फर्किदा क्षितिज्को १४ मिसकल| फोन गर्न खोज्छु फोन उठ्दैन| बिहान उठ्दा ढिला भईसकेको, फ्लाइटको लागि हत्तार भयो|  फ्लाइट चढेर हामि साथि सबै goa|

Goa मा होटेल पुग्ने बित्तिकै…

Previous article
Next article

Latest Posts