Part 14

कसैले “आर.जे. प्रयास” भन्दै थियो|

पछाडी फर्की हेरे, नचिनेको अनुहार देखे| मलाई बोलाउने मान्छेको अनुहारमा कुनै भाव नै भेटिन| न हासो थियो, न हर्ष, न उत्सुकता थियो, न प्रश्न| मैले उनलाई चिनेको थिइन तर उनलाई मेरो नाम पनि थाहा थियो| को थिइन् उनि? नाम लिएर बोलाएपछी, बार्तालाप उनले नै सुरु गर्ने पो हो तर उनि चुप थिइन्| केहि दिन देखि प्रोग्राममा फोन गरेर प्रश्न गर्ने, कहिँ उनि नै हैन नि? “हामि चाडै नै भेट्दै छौ|” सन्देस याद आयो| नभन्दै उनि भेट्न आएकी हैन नि मलाई?

“हेल्लो, हजुर प्रयास हो है?” एकछिन सम्म एक अर्काको अनुहारमा हेराहेर गरेपछि, उनले नै बार्तालाप सुरु गरिन्| रेडियोमा सुनेको आवाज र अहिलेको आवाज निकै बेग्लै थियो| निकै नै फरक| आमुने सामुने भएर बोल्दा बिचमा केहि हुन्न, आवाज स्पस्ट सुनिन्छ| फोनमा बोल्दा, बोल्ने मान्छे कहाँ हुन्छ, सुन्ने मान्छे कहाँ, तारको सहाराले वा भनौ नेटवर्कको सहाराले ध्वनि आदान प्रदान हुन्छ, आवाज बेग्लै हुनु पनि स्वाभाविक हो| कोहि कोहिको आवाज फोनमा बयस्क मानिसको जस्तो लाग्छ भने भेटेर बोल्दा निकै भिन्न हुन्छ| अहिले पनि त्यहि हुदै छ भन्ने अनुमान गरे|

“हजुर म प्रयास| हजुर नि?” जवाफ दिदै प्रश्न सोधे| “मलाई चिन्नु भएन? त्यति प्रश्न गरेर, हजुरको दिमाग खाने म नै हो|” यस्तै जवाफको अपेक्षामा थिए| जवाफ यति आयो भने, मेरो मनको सबै प्रश्न र कौतुहलतालाइ मुक्ति मिल्ने थियो|

“म हजुरको ठुलो fan हो| कति चोटी कोशिश गरे फोन गर्नलाइ तर कहिले फोन लागेन, जहिले ब्यस्त| त्यसैले आज भेट्न यहि आए|” उनको जवाफ मैले सोचे अनुरुपको थिएन| fan भेट्दा खुसि हुनु पर्ने हो म तर चाहेको जवाफ न आएपछि, खुसि सिमा भित्र नै सिमित भयो|

“अनि कसरि चिनेउ नि मलाई?” यो प्रश्न सोध्न बाध्य भए| मेरो बोलि मात्र सुनेको मान्छेले, सिधै मलाई चिन्न असम्भव थियो| किन कि, त्यहाँ म मात्र हैन, सुमन दाइ पनि थिए| फेरी हामीले केहि बोलेको थिएनौ| उनले आकलनको भरमा मलाई चिनेकी भए, उनको आकलन तारिफ योग्य थियो| आकलन कै भरमा, उनले करोडपति पनि जित्न सक्छिन| आकलन अनि तुकमा फरक छ| अझै पनि मन मान्न तैयार भएन, उनले मलाई त्यति सजिलै चिन्न सफल भइन्| मनले किन यति निहु खोज्दै छ, सजिलै माने हुन्थियो नि|

“मलाई अबेला भयो, म गए है|” मेरो प्रश्नको जवाफ नदिएर नै उनीले बिदा मागिन्| सबै स्वभाविक छ भनि मान्न तैयार भएन मेरो मन| केहि न केहि गडबड छ| नत्र मेरो प्रश्नको जवाफ दिनु पर्ने हो उनले| मलाई भेट्न निकै आत्तुर छु भन्थिन् उनि, तर त्यो भाव उनको अनुहारमा देखेको थिन| मलाई भेट्छु नै भनेर आएको उनि, भेटेको दुइ मिनेट नभई, उनि हतार छ भन्दै हिड्न खोज्दै छिन्| केहि अपच भयो| हैन मैले धेरै सोचेको हो कि साचिकै यो अवस्थामा केहि अस्वाभाविक थियो| “हुन्छ” भनि उनलाई अनुमति दिए जानलाइ| मेरो अनुमति नभएको भए पनि उनि जाने निश्चित नै थियो|

उनि उहिले गएकी हुन् तर मेरो मस्तिस्कमा चाही उनि अहिले सम्म कैद छिन्| आखिर उनि को थिइन्? उनले सबै सत्य बोलेकी थिइन| त्यहाँ केहि न केहि झुठ थियो या केहि न केहि सत्य लुकाइएको थियो| के सत्य थियो के झुठ थियो भनि आकलन गर्न सुरु गरे| बाटो थाहा नभई यात्रा सुरु गरे| हैन हैन, गन्तब्य र मार्गको ग्यान बिना यात्रा सुरु गरे| एकछिनसम्म सोचे अनि मात्र निष्कर्षमा पुगे|

कि उनि मलाई भेट्न भनेर मात्र त्यहाँ आएकी हैन| कि उनलाई केहि हतार थिएन, उनले मेरो प्रश्नबाट जोगिन मात्र खोजेकी हुन्| यदि त्यो हो भने, उनले कि मलाई पहिले देखि चिनेको हुनुपर्छ या उनि मलाई त्यहाँ भेट्न आएकी नै हैन| उनलाई अरु कसैले पठाएको पनि हुन सक्छ| यति मात्र सोच्न सके| उनले आएर मलाई ठ्याक्कै चिन्नु, मतलब उनलाई मसंग भेट्न अरु कसैले पठाएको हो? तर कसले? कसैले मसंग prank गर्दै हो? आखिर कसले? पक्कै सलिन दाइ वा प्रताप दाइको काम हो| मनको बारीमा, शंखाको एक थोपा बर्षा मात्र पर्नु पर्छ, सोचहरु घास सरि उम्रिन्छन्|

“ए भाइ, कहाँ लगेको?” सोचले बिबेकलाइ बन्धि बनाएछ, आखा अगाडी लापरबाहीको पर्दा लाग्यो, र बास्तबिकताको किरण म निर पुग्न पाएन| सोच्न यसरि व्यस्त भए, सुमन दाइको घर कटेर अघि बढेको पनि ख्याल भएन| सुमन दाइले यति भनेपछि मात्र बोध भयो, म सोचमा नराम्ररी अल्झीएछु| जाने मान्छे गइहालिन्, सोचेर केहि हुन्न| सोच्न बन्द गरे र आमाको पसलमा पुगे|

“बाबु, बस्दै गर| म कफी बनाउछु| चुरोट छ कि दिउ?” आमाले पुग्ने बित्तिकै यति भन्नु भयो|

“छोरा भन्नु भएको हैन हिजो? आमाको अगाडी चुरोट कसरि पिउनु?” आमालाई जवाफ दिए|

“चुरोट खाएर अरु कसैको केहि बिगारेको छैनौ क्यारे| अब मेरो अगाडी मात्र छाड्ने भए नछाड|” यति भन्दै आमा कफी बनाउन लाग्नु भयो|

आमाको कुराले मलाई फेरी पनि बाध्य बनायो| जो धेरै सोचमा अल्झिन्छ, उ कहिले पनि मुक्त हुन सक्दिन| उ उड्न त उड्छ, कुद्न त कुद्छ, तर आफ्नै सोचको संसार भित्र मात्र| उसको सोच नै एउटा ठुला कारागार हो| कोठा फेरिन्छ तर जहिले कारागार भित्र| हातमा लिएको चुरोट पनि सल्काउन सकिन| चुरोटको चट्नी भइसकेछ|

“हेल्लो|” फेरी पछाडीबाट एउटा आवाज आयो

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts