फेरि पनि मेसेजको टोन बज्यो र अब चाहिँ सारिकाको नै हो भन्ने ढुक्क थिए तर बर्षाको(स्कुलको प्रेम,मेरि उनी ) मेसेज रैछ |कति दिन पर्खे उसको मेसेजलाई ,तर अरु दिन केहि भएन,आज अचानक मेसेज आयो ,अरु दिन भाको भए म खुसीले पागल हुन्थिए होला तर आज खासै मतलब लागेन |
“कल गरन |कुरा गर्नु छ|” मेसेज खोलेर हेरेको यस्तो रैछ | फेरी के भन्न लागिन् भनेर फोन गरेको,ब्यालेन्स रैनछ | अहिले जस्तो सापटी लिन नमिल्ने मोबाइमा पहिले,अहिले जस्तो माया गर्न कहाँ सजिलो थियो र पहिले | अहिले त आज हाइ लेख्यो,भोलि हेल्लो ,त्यस्पछि २ ४ मायाको बकम्फुसे कुरा,अन्तिममा थुतुनो र मुतुनो जोड्यो,अनि भयो माया |पहिले मन मिल्न गार्हो हुन्थियो,थुतुनो र मुतुनो परको कुरा|पहिले टुटेको मुटु कहिले जोड्न गार्हो ,अहिले त टुटेको मुटु फेविकलले नै जोड्न मिल्छ होला | के सोची होला फेरी उसले मैले फोन नगर्दा,फेरी एकछिनमा उसले फेरी मेसेज पठाइन “ठिकै छ ,रिप्लाई गरिनौ | भोलि बिहान चाडै आऊ है ,म चौकमा पर्खेर बस्छु |” कसरि भनु उसलाई मेरो मोबाइलमा ब्यालेन्स सकियो भनेर,उसले नि नानाथरी सोचेर बस्ने भई फेरी |फेरी भोलि के भन्ने भईन | अभ म रातभरी सुत्न सक्दिन,आखिर उसले के भन्न लागिन भन्ने कुरा सोचेरनै म पागल हुन लागे |कोल्टो फेर्दै,धेरै कुरा खेलाउदै,जसो तसो निदाए र उठ्ने बितिकै तयार भएर चौक तिर लागे |
चौक पुग्न त पुगे तर एउटा कुरा चाही मैले बुझ्न सकेको थिन,आखिर किन भेट्न खोजेको होला जब कि बितेका केहि महिनामा हाम्रो झुक्किएर नि मज्जाले कुरा भएको थिएन | धेरै कौतुहुल्ता बीच चौक पुगे र उस्लाई खोज्न लागे | एकछिन पर्खिए तर उनी आइनन्,लाग्यो उनी अगिनै गईसकिन् होला ,फेरी एक्छिन पर्खिउ जस्तो लाग्यो | जाउ कि पर्खिउ बिचको दोधारमा थिए म र केहि निस्कर्स आउनु अगाडी,उनी आफै आइन् र मेरो पर्खाइ तथा दोधार को अन्त्य भयो | अघि सम्म त्यति धेरै खुसि लागेको थिएन तर अहिले फेरी औधि खुसि लाग्दै थियो उसलाई भेटेपछि |केहि समय यसै कुरा गर्दै हिडियो,कुरा नभएको यति धेरै भएको थियो तर केहि बेर बोल्दा फेरी पहिलेको मिठास भरिएर आयो ,लाग्दै थियो हामि बीच केहि भएको छैन,हामि अहिले नि पहिले जस्तै छौ|
बोल्दा बोल्दै एकछिनपछि मौन भयौ दुवै,न उसले केहि बोलिन न त मैले केहि भन्दै थिए,सोचे बोल्ने कुरा सबै सकियो,सायद हामि बीच अभ बोल्ने र सोच्ने केहि बाकि थिएन,त्यहि पनि केहि त भन्नु थियो मैले यो मनता भंग गर्न | तर के भनु ?कि यसरि मौन भएर पुग्ने हो गन्तब्य सम्म? पढाईको कुरा भए पनि निकाल्छु भनेर बोल्न खोजेको मात्र के थिए उनले आफै भनिन “सरि |”
सरि भनिन् ,त्यो पनि अचानक,तर किन भनेकी होला त | म भगवान होइन सबै कुरा आफै बुझ्नलाई र सायद भगवान भएको भए नि बुझ्दिन थिए होला, केटीहरुको कुरा बुझ्नै सार्है गारो | उनीहरुको हुन्छमा पनि हुन्न र हुन्नमा पनि हुन्छ रुकेको हुन्छ रे |
“किन के भयो र” मैले सोध्न सक्ने यति थियो | तर उत्तरमा उस्ले जे भनी,म तीन छक्क परे।
