Part 15

Goa मा होटेल पुग्ने बित्तिकै मोबाइलमा wifi जोडे र मेसेन्जर खोले| मेसेन्जरमा थुप्रै मेसेजहरु छन् र क्षितिजको मेसेज पनि थुप्रै नै छ| म कहाँ छु, मेरो मोबाइल किन अफ, आज भेट्न मिल्छ? यस्तै प्रश्नको थाक छ क्षितिजको मेसेजमा| उसले आज भेट्न मिल्छ भनेर सोध्दैछ र म goa मा छु| म goa जादै छु भनि मेसेज छोड्नु पर्थियो मैले तर मैले त्यो पनि गरिन| क्षितिजलाई जसरि पनि फकाउछु भन्ने सोचलाइ उसको मेसेजहरुले बगाएर लग्यो| क्षितिजलाइ कसरि भन्नु कि म goa मा छु भनि? नभनी पनि हुन्न र भने भने उसको प्रतिक्रिया के हुने हो| एउटा मेसेज गरेको भए म अहिले सोचहरु बीच घेरिनु पर्थिएन| एउटा गल्तिले मेरो मन बिथोल्दै छ| हिम्मत गरे र मेसेन्जरमा कल बटन थिचे|
“ तिमिलाइ सन्चो त छ नि? मोबाइल किन अफ तिम्रो? मनोनयाको मोबाइल पनि अफ छ| फेरी पनि सपना दोहोरीएको त हैन नि?” क्षितिजलाइ मेरो कति चिन्ता लागेको छ र म भने स्वार्थि मान्छे| एक बचन पनि नसोधी goa आए| मलाई माया गर्ने मान्छेलाइ मैले पाप गरे| मैले गर्दा क्षितिजले के के सोची मेरो चिन्ता गरेर बसेको छ र म भने निस्फिक्री यहाँ छु| म मुर्ख हो कि पापी? क्षितिजले चाहन्छ भने मलाई घृणा गर्न सक्छ मेरो यो गल्तिको लागि|
“ नरिसाउ है| म goa मा छु|” यति बोल्न पनि निकै मुस्किल परेको छ तर नभन्नु समाधान पनि त हैन|
“ मतलब हिजो राति रक्सी गयो भनेपछी| अहिले सम्म छाडेको छैन है? कत्ति पिएको होला त, अहिले सम्म पनि झ्याप हुन लाइ|” मैले हिजो रक्सि सेवन गरे भनि क्षितिजले गरेको अनुमान सहि हो तर उसको सम्बादको दोस्रो वाक्य चाही मिलेन| मलाइ रक्सिले नछाडेको हैन, बरु म चाही नेपाल छाडी goa आएको छु|
“ म साच्ची goa मा छु| मेरो साथि श्रुति थाहा छ नि? उसको बिहे हुदैछ| हाइ ५ जना नै आएका छौ|” मैले भन्न त भने तर क्षितिजले पत्त्याउने हो की हैन|
“भिडियो अन गर त|” क्षितिजलाइ अझै नि बिस्वास लागेको छैन र उसले भिडियो अन गर्न भन्यो| यो परिस्थितिमा जो भएको भए पनि उसलाई बिस्वास गर्न मुस्किल हुन्छ| क्षितिजलाइ बिस्वास दिलाउन मैले भिडियो अँ गरे र समुन्द्रको नजारा दर्साए|  3 सेकेन्ड, जम्मा 3 सेकेन्डको अन्तरालमा उसको हसिलो अनुहारको चमक घट्दै गयो र चमक संगै हासो पनि बिलिन भयो|  मेरो कारणले अहिले उ दुखि छ| सायद रिसाएको पनि होला|  मेरो यो कार्य उसलाई चित्त नबुझेको पनि हुनुपर्छ| उसले मेरो लागि आफ्नो घर परिवास संग पर बस्दै थियो र अहिले मैले उसलाई भन्दा पनि नभनी उ भन्दा यति पर आएको छु| उसले गालि गरोस् मलाई, उसको रिस त कम हुन्छ| मलाई आफ्नो गुनासो पोखोस्, चित्त नबुझेको हो भनि मलाई पनि त थाहा हुन्छ| एकछिन सम्म पनि उसले केहि बोलेन र अन्तिममा थोरै मुस्कुरायो| उसले चाहेर मुस्कुराएको हैन| उसको मुस्कानले मेरो प्राण लिन सक्छ तर यो मुस्कानमा आफै प्राण छैन| बोल्नलाइ शब्द नभेटेपछी, उसले मुस्कुराउनु उचित ठानेर मुस्कुराइदियो|

“ I am sorry क्षितिज| मैले टिकेट लिनु अघि तिमीलाई सोध्छु सोचेको तर त्यो मिलेन| अनि बेलुका चाही जान लागेको भनि खबर गर्न फोन गरेको तर तिम्रो फोन उठेन| बिहान यत्तिकै भयो, हतार भयो र यहाँ आउने बित्तिकै तिमिलाइ फोन गरेको हो मैले| मलाई थाहाछ तिमि रिसाएको छौ तर pleaseमलाई माफ गरिदेउन|” क्षितिजलाइ यसरि नै फकाउछु भनि सोचेको थिइन मैले| अहिले सम्म फकाउनु पर्ने गरि झगडा नै परेको छैन| सबै भन्दा जाति माफी माग्नु लाग्यो र त्यहि गर|
“ ओइ लाटी| के भएको के तिमि? मलाई sorry भन्नु पर्छ तिमीले? तिमि काठमाण्डौ किन आएको भन त? एक्लै हुनु नपरोस् भनेर| अहिले तिमि साथिहरुसंग छौ, रम्दै छौ अनि एक्लै पनि छैनौ| तिम्रो खुसि मेरो खुसि हो अनि अहिले तीमी खुसि छौ| फेरी साथिहरुसंग goa जाने plan अहिले भर्खर बनेको हैन तिम्रो, पहिले देखिको नै हो| अनि तिम्रो साथीको बिहे पनि, साथिको जीवनको यत्रो ठुलो पलमा तिमीले साथ दिदै छौ र संगै पनि छौ| तिमिलाइ लाग्छ म रिसाउछु होला भनेर? बरु म चाही डराएको थिए, तिमि रिसायौ कि भनेर| हामि सधै भेट्ने भनि भनेका थियौ, हिजो म भेट्न आउन पाइन| तिमि रिसाएकी छौ होला, तिमीलाई कसरि फकाउ भनि सोच्दै थिए| भरे उसले म रिसाएको छु सोच्दै छे| दिमागमा यस्तो केहि नलेउ| कहिले आउने तिमीहरु?” क्षितिजबाट निकै नै भिन्न प्रतिक्रिया आयो| कि उ साच्चिकै रिसाएको छैन कि उसले नाटक गर्दैछ|  मलाई थाहाछ यो के हो| उ नाटक गर्दैछ| उसले आफ्नो निरास्ता ब्यक्त नगरेको हो| उसले म माथि आफ्नो रिस नपोखेको हो| अहिले उ रिसाए भने मेरो goa को भ्रमण खल्लो हुन्छ अनि यो उसलाई राम्ररि थाहाछ| त्यसैले उसले आफुलाई चिहान बनाउदै, आफै भित्र आफ्नो रिसको लास पुर्दैछ| उ अहिले नरिसाए पनि मैले उसलाई फकाउनु चाही पर्छ तर अहिले हैन भेटेर|
“म त्यहाँ आउनु र?” क्षितिजले बुझ्न खोजेको थियो म कहिले फर्किन्छु भनेर तर मलाई काठमाण्डौ फर्किन इच्छा छैन| केहि सोचेको छु मैले, क्षितिजकोक सहमति चाहिएको छ|
“अनि goa नै बस्ने हो र तिमि? बात कर्ती है|” क्षितिजले बुझेनछ मैले के भन्न खोज्दै थिए भनि| बुझोस् पनि कसरि, मैले प्रस्ट हुने गरि भनेको नै छैन|
“ तिमि goa बस्छौ है? मतलब परिवारको लागि तिमि goa बस्छौ है? म काठमाण्डौ आए भने गाडी बाट फर्किन मिल्दैन किन भने तिमीलाई छाड्न मान्छेहरु आउछन्| प्लेनबाट नै आएपनि, तिमीलाई थाहाछ, आन्तरिक र बाहिर उडान कक्ष फरक छ| बरु तिमि goa आउ, सबै समाधान हुन्छ|”  मैले के सोच्दैछु र किन सोच्दैछु सबै भने क्षितिज्लाइ|
“ तिमीलाई थाहाछ नि मसंग पैसा छैन भनि?” उसले बिजिनेस गर्ने भनेर घरबाट लिएको पैसा जति सबै हस्पिटल र मैले गर्दा खर्च भएको हो| अहिले उसको बैंक अकाउन्टमा पैसा छैन| मैले म हालिदिन्छु भन्दा नि नाई भन्छ| मेरो भन्नु र उसको भन्नु उही हो भनि कहिले बुझ्ने हो उसले|
“ तिमिलाइ पैसा किन चाहियो? तिमीसंग म छैन? अनि मसंग जे जे छ त्यो मेरो हैन हाम्रो हो| म टिकेट लिदैछु, कहिलेको लागि लिउ?”  क्षितिजलाइ फेरी पनि सम्झाउन खोज्दै छु|  केहि समय लाग्यो तर प्लेनको टिकेट मैले लीदिन्छु भनि राजी भयो| क्षितिजले आफ्नो चिन्ता नलिन र रमाईलो गर भन्दै फोन राख्यो|
मैले अस्ति भर्खर घुमेको goa र अहिलेको goa निकै भिन्न छ| अस्ति मैले घुमेको goa चिया थियो भने अहिले घुम्दै गरेको goa कफी हो| कसैलाई चिया मन पर्छ र कसैलाई  कफी अनि मलाई दुवै मन पर्छ| स्वाद दुबैको भिन्न हुन्छ तर स्वाद दुबैको मिठो हुन्छ| ठाउ त्यहि नै हो तर अनुभव पुरै भिन्न छ| साथले ठाउको अनुभवमा असर पार्ने रैछ| क्षितिजसंग पनि रम्दै नै थिए र अहिले पनि रम्दै नै छु| अहिले धेरै रम्दै छु कि यस भन्दा अगाडी ? हो यो प्रश्नको जवाफ छैन किन कि यो प्रश्न नै जायज छैन|

सपिंग जादा चाही अन्तर भेटे| क्षितिजसंग भन्दा साथीहरुसंग सपिंग जादा रमाइलो हुने रैछ| हाम्रो रोजाई पनि मिल्ने अनि के किन्ने भनि ज्ञान पनि छा सबैमा| क्षितिजको लागि एउटा घडी र सिक्री लिईदिए| घडी सामान्य छैन, घडीको सुइमा नाम लेख्न मिल्ने| सुइमा मैले क्षितिज र मेरो नाम लेख्न लगाए| आपत परेको थियो घडी लिदा, साथिहरु कसैलाई पनि क्षितिजको बारे भनेको थिइन मैले| लुकिछिपी जाबो एउटा घडी किन्दा मलाई यति गाह्रो भयो, हैन यो नेताहरुले त खुल्लेआम घर किन्छन भ्रस्टाचार गरेर| उनीहरुलाई गाह्रो हुन्न र? कहाँ मैले फेरी मायामा राजनीति ल्याएको, माया पबित्र हुन्छ र स्वार्थ हुदैन तर राजनीति……..

साथिहरुसंग goa को 4 दिने भ्रमण यसरि नै सकियो| रमाइलो, गफ, अनि फेरी भेट्ने बाचा सहित| एकछिन, एकछिन, केहि भन्न छुटाए मैले| goa मा हामि सबैले ट्याटु बनायौ| सबैले उस्त उस्तै र एकैनासको ट्याटु बनाएका छौ| “एउटा प्वाख छ, जुन कलमको आकारमा छ र त्यो प्वाखको मुनि प्वाखले नै लेख्दै गरेको गरि bff लेखिएको छ|” यस्तै छ हाम्रो ट्याटु|  बिहान ११ बजे साथिहरु नेपालको लागि हिडे र क्षितिज बेलुका goa आइपुग्यो|

एकदिन थप goa मा नै बिताउने भयौ हामीले| राति सुत्नु अघि क्षितिजलाइ मैले किनिदिएको घडी र सिक्री लगाइदिए| मैले यति मिहिनेत गरेर उसको लागि उपाहार लिएको छु त्यो पनि यति खास उपहार| उ खुसि हुनुपर्ने तर उसको धन्यबाद पनि भनेन| मतलब उ अझै पनि रिसाएको छ| साची मैले उसलाई फकाएको पनि छैन| फकाउने कसरि? क्षितिजको जिउमा आफ्नो हात खेलाउन लागे तर औसले मेरो हातलाइ आफ्नो शरीरबाट बाहिर गरिदियो| कडा रिसाएको छ उ| उसलाई फकाउने पहिलो प्रयास खेर गयो| दोस्रो प्रयास सुरु भयो| उसलाई चुम्न खोजे तर उसले त्यसमा पनि रुची देखाएन| उसलाई फकाउनु पर्ने तर उल्टै मलाई नै रिस उठ्न लाग्यो| रिसलाइ काबु गरे र कसरि फकाउने भनि सोच्न लागे|
“क्षितिज, साची तिमीलाई घरमा के भन्नु भयो?”
“ मेरो के चल्दैछ| बिजिनेस के हुदै छ भबिस्यमा के गर्छस् सोध्नु भयो|”
“अनि के भनेउ?”
“बिजिनेसको बारे झुठ बोले| रेस्टुरेन्ट खोलेको छु भने| मेरो रेस्टुरेन्ट हेर्न आउने रे अनि|”
“ ला| अनि के भनेउ? तनाब भएछ नि|”
“मैले हाम्रै रेस्टुरेन्ट हैन, हामीले अनलाइन डेलीवर गर्ने हो भने नि||”
“अनि के भयो त्यसपछी?”
“बिहे कहिले गर्छस् सोध्नु भयो|”
“अनि के भनेउ? मेरो बारेमा भनेउ?”
“अह भनिन|”
क्षितिजको यो जवाफले……….

Previous article
Next article

Latest Posts