Part 13

 गितको गायक अनिल साह अनि गितको बोल “सक्छौ भने बिष देउ|”

सुरेन्द्र: “छतबाट सुरु भएको सम्बन्ध कति ठाउमा पुग्यो| हाम्रो सम्बन्धको हल्ला कलेज भरि नै फैलिएको थियो| हामि उही कलेज पढ्ने पनि हैन फेरी| त्यहि पनि त्यहाँ हल्ला चल्यो| सधै कलेज पछी उनि भेट्न आउने, अनि त्यहाँबाट हामि संगै कोठा फर्किन्थियौ| पहिलो दिन हामिलाइ केहि दिनले देखे, दोस्रो दिन देख्नेको शंख्या बढ्यो, तेस्रो दिन हुल जस्तै थियो| यसरि पुरै कलेजमा हाम्रो सम्बन्ध बारे थाहा भयो| थाहा नहुनेलाइ थाहा हुनेले भन्न पछी परेनन्| यहाँ सम्म कि शिक्षकलाइ पनि थाहा थियो| कारण एउटा मात्र छ| म जस्तो गोठेले त्यति राम्री केटिसंग कसरि लभ पारे भनि सबैको जिज्ञासा| अनुहार हैन मन मिल्नु पर्छ, यहि भन्न मन थियो तर चुप बस्नु ठिक लाग्यो| एक जनालाई भनौला, दुइलाइ भनौला, सबैलाई भनेर साध्य हुन्न|

कलेजमा थाहा हुनु भनेको मेरो सबै साथिलाइ पनि थाहा थियो| त्यसरी नै म बस्ने कोठा वरी परि सबैलाइ थाहा थियो| सबैले थाहा भए पनि, अगाडी कहिले कुरा गरेनन् तर पछाडी हाम्रो सम्बन्धको सुर हाल्ने सबै| उसले पहुचमा भएको केहि मान्छेलाइ चिनेकी थिइन्, त्यहिबाट एउटा राम्रो पसलमा जागिर पाए| माडेको पसल| तलब महिनाको ५ हजार थियो अनि त्यहाँ इज्जत पनि थियो| माडेको पैसा थोरै बेसी जति कमाए पनि, माडेको  बिस्वास जितेको थिए| लाखौ नगद मेरो भरोसामा छाड्ने| कहिले डर पनि लाग्ने, कही केहि गरि गाल पर्यो भनि के गर्नु मैले| मर्नु न बाच्नु हुन्थियो| यो सधैको चिन्ता हैन, कहिले काही मात्र यस्तो सोच आउथियो| 

उनको घर चाही दिपायल हो| घर हैन पुरै गाउ नै उनको हो भनि सुनाउने उनले| भनाइको तात्पर्य, जमिन्दार रैछन उसको बाउ| उसको घरको छतमा उभिएर चारै तिर हेर्दा, जहाँ जहाँ सम्मको जमिनमा आखा पुग्छ, सबै उनको रैछ| सुरु सरुमा मलाई पनि गफ जस्तै लाग्थियो तर उसको दाइको बिहेमा हामि केहि साथिहरु गएका थियौ, मैले सबुत नै पाए| बिहेको भोज पनि यस्तो भब्य थियो, फ्लिममा राजा महाराजाको बिहे भन्दा भब्य| भोजमा पनि पुरै जिल्लालाइ बोलाएको, दुइ दिन चलेको थियो भोज| बिहेमा पुग्ने सबैलाई नगद र लुगा पनि| मलाई पनि सुट प्यान्टको कपडा दीइएको थियो| जिन्दगिमा अहिले सम्म त्यस्तो राम्रो लुगा पाएको वा लाएको थिइन मैले| निकै ठुलो अन्तर थियो हामि दुइको हैसियतमा|

डर लाग्ने, कहिँ हाम्रो सम्बन्धको भबिस्य छैन कि भनि| डर लाग्ने, उनको परिवारले मलाई नस्वीकार्ने हो कि भनि| डर लाग्ने, उनको भान्सा पुछ्ने टालो मेरो नया कपडा जस्तो थियो| पैसाको आधारमा हाम्रो हैसियत दाज्ने हो भने, उनि खसीको झोल अनि म खालि थाल| मेरो केहि औकात या हसियत नै थिएन उनको अगाडी| तर मायाले हैसियत नहेर्ने रैछ| त्यसैले त हामि सम्बन्धमा थियौ| झुठ बोल्दिन म, यदि मलाई पहिले थाहा हुन्थियो कि उनि धनि छिन् भनि, म उसंग बोल्दिन थिए| कोहि माया गर्नु अघि हैसियत हेर्छन अनि कोहि माया गरेपछि| 

“ तिम्रो आमा बुवाले हाम्रो सम्बन्ध स्विकार्नु भएन भने नि?” कहिले काही मेरो मनको प्रश्न उनको सामु राख्थिए|

“ माया भनेको भगवान हो अनि हाम्रो सम्बन्ध त्यसमा समर्पित प्रसाद| प्रसादलाइ कसैले पनि नाइँ भन्छन र?” उनले मलाई सक्दो सान्तवना दिन खोज्थींन्|

यसरि नै स्नातकको चौथो बर्षको परिक्षा नजिकियो अनि सकियो पनि| हाम्रो सम्बन्धमा केहि उतार चढाव भए, जहिले सुमधुर थियो तर ..  तर मेरो मनमा चाही धेरै उतार चढाव भयो| कहिले सोचले पिरोल्ने अनि कहिले भबिस्यको चिन्ताले| परिक्षा पछी उनि एक महिनाको लागि गाउ गइन्| उनीसंग बोल्न भनि मैले मोबाइल अनि सिम पनि लिएको नया| आयुष्मान सर, हजुरले जसरि दुइटा रिचार्ज किन्नु हुन्थियो नि, उनले पनि त्यसरी दुइटा रिचार्ज किन्थीन्, एउटा उनको लागि अनि एउटा मेरो लागि|  उनि गाउबाट फर्कीईन्| 

“आज नगरकोट तिर जाम न हामि| रात बस्ने गरि|” अहिले सम्म उनले यस्तो प्रस्ताभ राखेको थिइन| जवाफ के दिने भनि निर्णय गर्न गाह्रो भयो| मेरो चुप्पी नै उसलाई हुन्छ भए छ| नगरकोट पुगेउ हामि| होटेल अनि बाकि सबै उसले पहिले हेरेकी थिइ| उसंग भए पछी पैसाको तनाब नहुने|

“ लेउ यो तिमि यो पिउ, म यो पिउछु|” एउटा सानो सिसि मेरो हातमा दिदै अर्को सिसि उनको हातमा थियो|

“के हो यो?” के हो भनि त बुझ्नु पर्यो नि|

“बिष हो|” यो कस्तो जवाफ हो उनको|

“कति जिस्किन जानेको|” मलाई बिस्वास लागेन उनको कुरामा|

“म जिस्केको हैन| मेरो घरमा मेरो बिहेको कुरा हुदैछ| जसरि पनि मेरो बिहे गरेर छाडछन्| तिमिसंग जीवन बिताउन नपाए, मलाई यो जीवन जिउनु छैन| बरु संगै मर्ने| तिमिसंग छुट्टिएर पल पल मर्नु भन्दा, बरु एकैचोटी मर्छु|” रुदै अनि आशु पुछ्दै उनले आफ्नो वाक्य सक्याईन्| मैले उनलाई सम्झाए बुझाए अनि रोके| रातभर, केहि नबोली, मात्र एक अर्काको आखामा हेर्दा, आशु बगाउदै बितायौ| त्यो दिन पछी हाम्रो भेट कहिले भएन| अहिले उनि क्यानाडामा बस्छिन|”

सुरेन्द्र जी को वाक्य रोकिए संगै, एउटा अनौठो अनि लामो मौनता छायो हामि बीच|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts