मैले जे देखे बिस्वास गर्न सकिन| मेरो आखा अगाडी, इस्मीको फोटो छ| फोटो उनको मात्र भएको भए म चकित हैन खुसि हुन्थिए| उनको बिहेको फोटो देखे मैले| इस्मीको साच्चिकै बिहे भएको रैछ| उनले अस्ति जिस्केर भनेकी हैन, मैले गलत बुझेको रैछु| उनले मजाकमा जे भनेकी थिइन्, त्यो सत्य थियो र त्यो सत्य छुरा बनि मेरो छातीमा रोपियो|
“मेरो बिहे भइसक्यो|” उनले यो भनेको दिन याद आयो| त्यो पल आखा अगाडी नै आइपुग्यो| मासुम थियो उनको आखाँ, मजाक गरेको शैलीमा भनेकी थिइन् उनले| उनले हासी हासी यसरि सत्य बोलिन्, मैले त्यसलाई झुठ ठाने| झुठ भन्नु गलत हुन्छ, मैले त्यसलाई मजाकको रुपमा लिएको थिए| गल्ति मेरो भन्नु कि उनको मुस्कानको| मुस्कान अचम्मको हुने, मुस्कुराउदै झुठ बोल्यो भने पनि सत्य जस्तो लाग्ने, मुस्कुराउदै सत्य बोले भने पनि झुठ बनिदिने| मुस्कानमा मिठास त हुन्छ तर मिठास पछिको हानिको मुल्य ठुलो चुकाउनु पर्ने|
गल्ति मेरो हो कि उनको मुस्कानको सोच्नु नै मेरो गल्ति थियो कि| के थाहा उनको नियत नै त्यो थियो कि| के थाहा गल्ति उनको नियतमा थियो कि| के थाहा उनको चाहना नै यो कि मैले उनको सत्यलाइ मजाक मानौ| त्यसैले उन्को भन्ने शैली त्यो थ्यो कि|
सुरुमा मेरो आखा उनको भित्ते घडीको छेउको फोटोमा गयो| उनको बिहेको दिनको फोटो हुनुपर्छ| बिहेको दिनको बेहुली, शृंगारिएकी थिइन्, शृंगारको बखान गरिरहनु पर्दैन| बिहेको दिन उनि हैन परि सजिएको जस्तो देखिएको थियो| उनको बुढाको बारेमा केहि ब भन्दिन| जोडी मिलेको देखिए थियो तर मेरो लागि यो हर्षको पल थिएन| त्यो फोटोमा इस्मीलाइ उनको बुढोले दुइ हातमा बोकेको थिए| यता मैले इस्मीसंगको सम्बन्धको आश बोकेको थिए तर उनि अरु कसैको भइसकिन|
अर्को फोटोमा आखा गयो| त्यसमा इस्मीको पुरै अनुहार देखेको थिएन| उनको गाला अनि थोरै कपाल देखिएको, अनि त्यो मिलेको घाटी| उनको अनुहार अगाडी एउटा लामो कपडा थियो जहाँ सिन्दुरको रेखा छ| उनको सिउदोमा सिन्दुर हाल्दै थिए उनको बुढाले| सिन्दुरले उनको जीवनको एउटा नया अध्याय लेखेको थियो र त्यहि सिन्दुरले हामि बीचको दुरीलाइ झनै बढी बनाएको थियो|
अर्को फोटोमा आखा जानु पनि स्वाभाविक थियो| ४५ डिग्रीको कोणमा, इस्मी उनको बुढाको हातमा ढल्किएर अडेस लागेकी थिइन्| उनिहरु एक अर्काको आखामा डुब्दै थिए| एक अर्काको मायामा डुब्दै थिए| एक अर्कालाई आ-आफ्नो आखामा देख्दै थिए| एक अर्कामा आफ्नो भबिस्य देख्दै थिए| एक अर्कालाइ मात्र देख्दै थिए उनिहरुले अनि एक अर्काको माया| हरेक फोटोले मलाई जानी नजानी, खै किन , खोच्दै थियो|
“के भयो छक्क परेउ त|” इस्मीले यसरि प्रश्न गरिन्, मानौ उनलाई थाहा नै थिएन कि मलाई के भएको थियो र म के सोच्दै थिए भनि|
“तिम्रो साच्चिकै बिहे भएको रैछ|” आवाजमा कुनै भाव नराखी इस्मीलाइ जवाफ दिए|
“अनि बिहे पनि कसैले जिस्किएर गर्छ र| साच्चिकै गर्छ नि|” यस्तो बखत पनि उनि जिस्किन कसरि सक्छिन्| उनले मेरो पारा तताउन खोजेको त हैन नि|
“हास्ने बेला भयो? हासौ?” जति सक्दो त्यति कम रिसाउने प्रयासमा थिए म|
“तिमि किन रिसाएको? मैले अस्ति भनेको थिए नि मेरो बिहे भइसक्यो भनेर|” उनको बोल्ने शैली यस्तै हो कि मैले अहिले सम्म उनलाई बुझ्न नसकेको| उनलाई कसरि बुझाउने मैले, मलाई के महसुस हुदै थियो भनि|
“ जिस्किदै भनेको जस्तो लाग्यो मलाई|” सोझो जवाफ दिए मैले|
“ मैले सत्य बोले, तिमीले गल्ति बुझेउ, गल्ति मेरो हो?” उनि आफै आबेशमा आइन्|
“ सत्य भन्ने शैली गलत थियो तिम्रो| You played with my feelings and i got fooled|” रिसले कसैको भलो गर्दैन तर नरिसाई आफुलाई रोक्न सकिन|
“गल्ति मेरो सोच्छौ भने सोच तर मैले लुकाउन चाहेको भए, म तिमीलाई आज यो कोठा भित्र किन ल्याउथिए| बाहिरबाट नै जाउ भन्थिए| अनि तिमिसंग आफ्नो बिहे लुकाएर मलाइ फाइदा के? मेरो भन्ने शैली कस्तो थियो मलाई याद छैन तर मैले सत्य बोलेको थिए| बाकि तिमिलाइ जे सोच्नु छ त्यहि सोच|” इस्मीको हरेक शब्दमा रिस छ , उनि उल्टै मसंग रिसाइन्| मेरो रिस कम भयो| रिस कम भएको हो तर गल्ति इस्मी कै हो भन्ने मान्यता अझै कायम छ| दुवै जना रिसाए भने, गल्ति हाम्रो हुन्छ, त्यसैले चुप लागे म| थप केहि कुरा भनिन् उनले|
“बुढा कहाँ हुनुहुन्छ|” मलाई थप जान्न मन लाग्यो उनको दाम्पतीय जीवनको बारेमा|
“अमेरिकामा|” एक शब्दको जवाफ दीइन् उनले तर मैले त्यसको सप्रसंग व्याख्या गर्ने थाले| उनको बिहे कसरि भयो भनि सोच्न लागे|
“के भयो? चुप लागेउ त|” इस्मीले प्रश्न गरिन्| सायद म कल्पनामा धेरै डुबेछु, नत्र उनको यस्तो प्रश्न आउथिएन|
“Love marriage कि arrange?” मनमा केहि नराखी प्रश्न गरे|
“ सुरु देखी सुन्छौ?” इस्मीको यो प्रश्नको जवाफ “हुन्छ” बाहेक अरु केहि थिएन| हुन्छ भने|
“ क
