“आज बेलुका मेरो बर्थडे पार्टीमा आउ है?” बोल्दिन सोचेको मान्छेले आफै भेटम भन्दै थि| कति पल्ट हुन्न भने र त्यो भन्दा धेरै बहाना बनाए तर पनि केहि काम लागेन | मनलाई मार्न पो खोजेको थिए तर मन भने मरिसकेको थिएन, त्यसैले होला केहि सजिलै पग्लिएको पनि हुन सक्छु परजुनाको जिद्दीको सामु | बेलुका ६ बजे उसकै घरमा भेट्ने कुरा पक्का भयो, उसको अरु पनि साथि आउदै थिए | यो त भयो बेलुकाको योजना, अहिले भने अरु गफ हुदै थियो |
“के गर्दै छौ भन अभ |” यति धेरै गफ पछि बल्ल उसले म के गर्दै छु सोध्दै थि |
“सुत्न दिनौ तिमीले,नाच्दै छु |” जिस्किन सुरु गर्दै थिए मैले |
“कुन गीतमा?” मैले जिस्केको,उसले साच्चिकै सोचिकी के हो |
“I am sexy and I know it.” एक खुड्किलो अझै माथि जादै जिस्किन लागे |
“ध्वासे जस्तो छौ,sexy रे |” कति वटा नाम हो के मेरो,सम्झेर राख्नै गार्हो | त्यति राम्रो नभएपनि, तर ध्वासे पनि थिन, खाइलाग्दो नभए पनि धिनलाग्दो पनि थिएन | बोल्दै जादा मनमा रहेको संकोचहरु कहाँ गए गए,एक वर्ष भईसकेको थियो नबोलेको तर यो एक घन्टामा त्यो एक वर्ष फेरी बाचियो | खोजे उनीसंग अहिले पनि नबोल्न तर जति टाढिन खोजे पनि नसकिने रैछ, यो मन मोरोले कहिले भनेको नमान्ने, मिल्ने भए exchange offer मा साटेर आउथिए |
“मेरो बर्थडे गिफ्ट खोइ त?” गिफ्ट माग्न पछी भने परिन उ |
“पार्टी खोइ त?” यति भन्ने बित्तिकै याद आयो,उसले साझमा बोलाकी छे | जान्न भनेर सोचेको थिए र बल्ल तल्ल जानलाई तैयार भएको थिए, फेरी आफैले यो कुरा निकाल्ने म जस्तो बडेमानको मुर्खको होला ? संसारको सबैभन्दा ठुलो मुर्खलाई तक्मा दिने भए,मैले एक पल्ट हैन ,दुइ पल्ट हैन ,हजार पल्ट जित्ने पक्का थियो |
“पार्टी रे ,भरे आईनौ भने ज्यान लिन्छु |” ज्यान दिन उहिले पो तैयार थिए तर अहिले पो ज्यान लिन्छु भन्छे| परजुनासंग गफ सकेर एकछिन फेरी सुत्न मात्र के लागेको थिए,फेरी फोन बज्यो | आज सुत्न नपाउने नै भए मैले | रीसको सिमा कट्न मात्र बाकि थियो | अभ फेरी कसको फोन होला? अघि परजुना,अहिले फेरी कन्चनको फोन, एक पछी अर्को फोनले निन्द्राको पनि निन्द्रा भाग्यो होला | नभागोस पनि किन, परजुना र कन्चन,दुबैको आवाजको मिठास नै बेग्लै थियो |
“ओइ,thank you” सधै जसो फोन मैले उठाए तर सुरुमा बोल्न चाही पाइन,मैले हेल्लो भन्नु अघि उसले आफै यति भनि |
“किन के भो र?” आज कस्तो के भाको भाको, मेरो काम पनि प्रश्न सोध्ने बाहेक केहि भएन|जहाँ सम्म लाग्छ, फेरी त्यस्तो thank you पाउने काम नि केहि गरेको छैन मैले|
“”तिम्रो best of luck काम लाग्यो नि,दामी भयो परिक्षा|”काम गर्ने कालु ,मकै खाने भालु भनेको के रैछ बल्ल प्रत्यक्ष उदाहरण भेटे| राम्ररी पढ्ने उनि, लेख्ने उनि, परिक्षा दिने उनि, अनि वाह वाह पाउने चाही म अनि मेरो best of luck | फेरी केहि पल थप गफ गर्दै गयो, बेला बेलामा कोल्टो फेर्दै, कुनै बेला सिरानी च्याप्दै,कुनै बेला सिरानी भित्तामा र आफु सिरानीको अडेसमा, यसरि नै गफ गर्दा गर्दै ५ पनि बज्यो र अन्त्यमा फोन राखियो |
निन्द्रा त औधि लागेको थियो तर सुत्ने समय भने थिएन| अभ बर्थडे पार्टीमा जाने भनेपछि नुहाउनु पर्यो नै, फेरी हिजो मात्र नुहाएको | अस्ति भर्खर २३०० मा किनेको अत्तरको प्रयोग गर्ने यस्तै बेला हो भन्दै लुगा लगाउने बित्तिकै ४-५ पल्ट छिस् छिस् छर्के| यसरि आज नुहाउने योजना पनि स्थगित गरियो | फोन फेरी बज्यो, आज पशुपतिमा घन्टी भन्दा मेरो फोनमा धेरै
घन्टी बज्दै थियो | मामुले भन्ने गरेको एउटा वाक्य ठोकियो दिमागमा
“मोबाइल भए केहि चाहिन्न यसलाई,त्यसमै झुन्डिएर बस्|”
“ओइ चोर काहा हो ?” हरेक पटक नया नाम पाउछु, फेरी एउटा नाम थपी परजुनाले|
“घरमा छु,किन र ?” उत्तरलाई पछ्याउदै एउटा प्रश्न पनि राखे उनि सामु |
“के किन नि, ६ बजे पुग भनेको हैन ?” भर्खर ५:३० भएको थियो तर उसलाई अहिलेबाट हतार भैसकेछ |
“न आए हुन्न?” केहि जिस्किन खोजे मैले |
“न आउ,न आउ. मैले भनेको कहिले मानेको भए पो तिमीले|” जिस्किन खोजेको,परजुना रिसाई पो|
“जिस्केको के लाटी,आउदै छु|” अरु थप जिस्किए भने उसको रिसको ज्वालामुखी बिस्फोट हुने पक्का थियो | त्यसैले भएको कुरा सिधै राखे उनि सामु |
“यस्तो कुरामा कसले जिस्किन्छ गधा?” बल्ल उसको मुड ठिक ठाउमा आयो |
“आउन त हुन्थियो तर मलाई अबेला हुन्छ होला |” पुरै तैयार भैसकेको थिए र समय पनि आधा घण्टा नै बाकि थियो तर पनि ढिलो हुन्छ भने |
“किन र, के भो ?” उसको यो प्रश्न आउछ भन्ने पक्का थिए म |
“किन कि ……..”
