सुरेन्द्र: “ लगनखेल.. हैन जावलाखेल|”
म: “ खाना खाएको छैनौ| लगनखेलमा मलाई मन पर्ने थकाली छ| खाना पनि मिठो पाइन्छ अनि हजुरलाइ पनि सजिलो हुन्छ|”
सुरेन्द्र जी ले हुन्छ भने पछी मैले कोटेश्वरबाट कार सातदोबाटो तिर मोडे| सातदोबाटोमा फेरी जाममा परिन्छ भन्ने आशंका छ, त्यसैले बालकुमारी पुल मुनि हुदै लबीम मल निकाले अनि त्यहाँबाट थकाली| थसांग थकाली, निकै मिठो लाग्छ यहाँको खाना| धेरै नै मिठो|
“सर, यहि हो मैले भनेको ठाउ|” थकाली भित्र पुगेर, मैले सुरेन्द्र जी लाइ ठाउको बयान गर्न लागे|
“चुरोट तान्न मिल्छ कि नाइँ यहाँ?” मलाई जस्तै सुरेन्द्र जीलाई पनि चुरोटको तलतल लागेको रैछ| धुलिखेल देखि हाम्रो ओठले चुरोट चुम्न पाएको थिएन|
“खाना आउने बेला सम्म चुरोट तान्न भ्याइन्छ|” दुवै बसेको ठाउबाट केहि बाहिर आएर चुरोट तान्न लागेउ| बाटो भरि हामिले गफ गरेउ भन्ने कि हाम्रो जीवन एक अर्काको मस्तिस्कमा लेखेउ, तर बाटो निकै चाडै सकियो| १0:३० बजे लगनखेल पुगीसकेको छौ|मेरो मनमा आझै केहि प्रश्न छ, जुन सुरेन्द्र जी लाइ सोध्न मन छ|
म: “ काठमाण्डौमा एक्लै बस्नु हुन्छ कि भाउजुलाइ पनि यतै बोलाउनु हुन्छ?”
सुरेन्द्र: “यहि प्रश्न धेरै अघि देखि म आफुलाई सोध्दै थिए| बुवाले भन्नु हुन्थियो, जब सम्म हामि खुसि हुन्न खोज्दैनौ, हामि कहिले खुसि हुदैनौ| त्यति राम्री बुडी छिन् मेरो, बुडी हैन देवी हो| अनि उसलाई नै मैले कहिले माया गरिन| उनकोपनि कति इच्छा होला, कहिले बुझ्न खोजिन मैले त्यो इच्छाहरु| सुख दुख भन्दा मान्छेले खाने लाउने र हसियत सोच्छन, तर मानसिक रुपमा मैले उनलाई कहिले सुख दिईन| उनले स्वास्नी भएको हरेक कर्तब्य पुरा गर्दै छिन् र मैले गास, बास र कपास बाहेक केहि दिएको छैन|
उनिसंग लुकेर म पराइ स्त्रीसंग रम्दै बसे| त्यसैले उनलाई जनकपुर नलगेको हो मैले| उनको अनुहार सधै हेर्न मन थिएन अनि आफुलाइ कैदमा राख्न मन थिएन| बिहे अघि जे गरे पनि, बिहे पछी त बफादार हुनु पर्ने हो म| यदि मैले उनलाई गर्ने मायामा केहि कमि नल्याएर, पराइ स्त्री लागेको भए, मलाई यति आत्मग्लानि महसुस हुन्थिएन होला| तर मैले उनको भागको माया खोसेर अरुलाई दिदैछु| म बुडो हैन पापी हु| अब चाही सच्याउनु छ सबै गल्ति| उनलाई यहि काठमाण्डौ बोलाउछु अनि संगै बस्छौ हामि| उनले मलाई जति माया गरेकी छिन्, उनलाई पनि त्यति नै माया गर्छु, त्यो भन्दा धेरै| मैले जति पिडा दिए उनलाई, त्यो भन्दा धेरै माया गरेर सबै पिडा पखाल्ने छु|
म यहाँ अरुको मायामा उड्दै थिए अनि उनि बिचरी, पोखराको घरको चार कोठामा कैद छिन्| पोखरा जस्तो ठाउ, पैसा पनि छ, उनलाई पनि घुम्न मन थियो होला नि तर जहिले घरमा नै बस्छिन्| बिहे भएपछी उनले आफ्नो प्रोफाइल पिक्चर पनि चेन्ज गरेको छैनन्| मैले गर्दा उनको जीवन नर्क भएको छ जस्तो लागेको छ| त्यसैले पनि जनकपुरको केटिसंग मैले सबै सम्बन्ध सक्याएर आएको हो| यस्तै छ सर|”
सुरेन्द्र जी को निर्णयले मलाई पनि सोच्न बाध्य बनायो| के म सहि गर्दै छु? मैले आफ्नो खुसि मात्र हेर्दै थिए, म किन यस्तो स्वार्थि भएको? सुरेन्द्र जी ले जस्तै, मैले पनि आफुमा परिवर्तन ल्याउनु पर्छ कि? सोच बीच खाना सकियो| सुरेन्द्र जी थकालबाट नै अफिस जाने हुनु भयो| आजको दिन निकै भिन्न रहयो मेरो लागि| सुरेन्द्र जी को नम्बर लिन पनि बिर्सिए अनि उनको अफिसको बारे बुझ्न पनि| पोखरा फर्किदा भेट्न हुन्थियो नत्र| आफ्नो कारमा चढे र कलंकी कट्दा १२ बजेको छ|
“म पनि पोखराबाट फर्किदा पुस्पासंगको सबै समबन्धको अन्त्य गरेर फर्किन्छु| घर फर्किदा भिन्न मान्छे बन्नेछु अनि आफ्नो बुडीलाइ माया गर्नेछु|” यस्तै सोच दिमागमा चल्दै थिए| चुरोट माग्यो कथाले, चुरोट ओठमा च्यापे तर लाइटर मेरो पकेटमा छैन| कारको ड्यासबोर्डमा जहिले एउटा लाइटर राख्ने बानि मेरो, त्यहाँ लाइटर खोज्दा मोबाइल पनि देखे| सुरेन्द्र जी को मोबाइल हो| उहाले हिड्ने बेला मोबाइल लिन बिर्सिनु भयो र मैले पनि त्यहाँ मोबाइल छ भनि बिर्सिए| गर्लफ्रेन्डले अन्तिम भेटको चिनो दिएको भन्नु हुन्थियो| चिया खाने पसल खोजि, छेउमा गाडी रोके| मोबाइल उहालाई अब कसरि फिर्ता गर्नु? मसंग उहाको नम्बर र ठेगाना केहि छैन|
मोबाइलमा कसैको नम्बर पक्कै होला नि, जसलाई मैले फोन गरेर सुरेन्द्र जी को बारे बुझ्न खोज्छु| मोबाइल अफ थियो, अन गरे| अँ हुदै छ, आइफोन ११ प्रो म्याक्स| जे होस् उहाले गर्लफ्रेन्ड चाही काइदाको भेटेको हो, नत्र कसले यतो महँगो फोन गिफ्ट दिन्छ! मोबाइल खुल्यो| मोबाइलको लक स्क्रीनमा रंगी बिरंगी वालपेपर छ| मोबाइलमा लक लागेको छ, अब यो कसरि मिलाउनु मैले| हावा तालमा १२३४५६ हालेको मिलिरा| कसले यति सजिलो पासवोर्ड राख्छ!
मोबाइलको वालपेपरमा पुस्पा र सुरेन्द्र जी को फोटो छ त| फोटो मात्र भएर अचम्मित भएको हैन म तर दुवै बेहुला बेहुलीको लुगामा छन्| मतलब पुस्पा र सुरेन्द्र जी बुडा बुडी पो? मतलब सुरेन्द्र जी को बुडी मेरो गर्लफ्रेन्ड पो| मलाई सुरेन्द्र जी को माया लागेर आयो| पुस्पाको बारे के एक सोच्नु भएको थिएन| सुरेन्द्र जी अरु केटिसंग सम्बन्धमा बस्नु पाप हो भने पुस्पाले पनि पाप गर्दै छिन् तर फरक यति छ, सुरेन्द्र जी लाइ ग्लानि छ| पुस्पालाइ ग्लानि छैन, मैले उनलाई चिनेको छु| सुरेन्द्र जीले आफुलाई पापी सोच्दै हुनु हुन्थियो तर त्यस्तो हैन रैछ| विचार सुरेन्द्र जी, जीवन भरि आफुलाई दोषी ठानेर बाच्नु हुनेछ अब|
धन्न म जस्तो भए पनि मेरो बुडी चाही पराइ सम्बन्धमा छैन| अब यो मोबाइल के गर्नु मैले? कसैको नम्बर सेभ छ कि भनि हेरेको, त्यो पनि छैन| कल लगमा एउटा नम्बर छ, त्यसमा फोन लगाए| दुइ घन्टीमा नै फोन उठ्यो| मैले यताबाट केहि नबोल्दै उताबाट जवाफ आयो “ कहिले फोन गर्दिन भन्थियौ| अन्तिम भेट भन्थियौ|” मैले यति सुन्ने बित्तिकै फोन राखे|
खुट्टा मुनिबाट भुइँ हरायो| यो मेरो बुडीको आवाज हो| मतलब मेरो बुडी सुरेन्द्र जी को…. के हुदै छ यो| फोटो ग्यालेरी हेर्न लागे, त्यहाँ केहि भेट्छु कि भनि| मलाई अहिले सुनेको कुरामा बिस्वास गर्न मन थिएन| के देख्छु त्यहाँ, सुरेन्द्र जी अनि मेरो बुडीको अस्लिल भिडियो जहाँ उनि मायाको कुरा अनि मायाको क्रिया, दुवै गर्दै छन्|
<<>>
हामि केटा मान्छे, दश वटा प्लेटमा झुठो हाल्न खोज्छौ तर आफ्नो प्लेट चाही चोखो हुनुपर्छ सोच्छौ| जहाँ गयो त्यहि वाईफाई कनेक्ट गर्न खोज्छौ तर आफ्नो घरको वाइफाईको पास्वोर्ड गोप्य राख्न खोज्छौ| हामीले जे गर्दा पनि ठिक हो सोच्छौ तर कहिले यो सोचेको छौ कि हामि जे गर्दै छौ, त्यहि हाम्रो बुडीले हामिसंग गरे भने, के हामि खुसि हुने छौ? के त्यसले हामीलाई असर पर्ने छैन? एउटाको लागि गलत अर्कोको लागि सहि हुन सक्दैन, यदि श्रीमानले जे गर्दै छ त्यो सहि हो भने, श्रीमतीले पनि त्यो गर्दा सहि नै हुनुपर्छ| नियम कानुन एउटालाइ मात्र लाग्ने हो र| सबै भित्र यस्तो रहस्य लुकेको हुन्छ, जुन कसैलाई थाहा हुदैन| यहाँ बिस्वास आफुलाई गर्न मुस्किल छ अरुलाई कसरि गर्नु| जीवनको बाटो र पाइला जस्तो होस्, तर जीवन एउटा फन्को हो, जहाँ सबै चिज घुमफिर गरेर आफु सामु आउछ|
