इच्छा दबाए, तर कति बेरको लागि? उनि हिड्नु अगाडी, “नम्बर देउ न त| फोनमा सुनाउनु बाकि|” भनि हाले|
“नाइँ , दिन्न,|” उनको यस्तो जवाफको अपेक्षा गरेको थिइन् मैले| नसोचेको जवाफले अवाक भए म| शब्द घाटी भित्र कहा लुके लुके| कुनै शब्दको हात समाएर, कुनै शब्दको खुट्टा समाएर र कुनै शब्दको भुडी समेत समाएर घिसार्दै निकाल्न खोजे तर सफल भइन| कहिले लड़बदिन्छ, कहिले अटल भइदिन्छ, अचम्म छन् यी शब्दहरु पनि| कब्जियतको गू जस्तै अडकिदै छ शब्द घाटीमा|
“बरु हजुर चाहि नम्बर दिनु|” उनले उल्टै मेरो नम्बर मागिन्| हैन, आफ्नो नम्बर नदिने रे, अनि फेरी मेरो नम्बर चाही किन चाहियो उनलाई?
“किन चाहियो मेरो नम्बर? आफ्नो चाही नदिने मेरो चाही दिने, कस्तो बाहुन जस्तो हर्कत गरेको तिमीले|” यति भनेर मनलाई शान्त बनाउन मन थियो तर मनले केहि बेर पर्खिनु पर्ने छ| पहिलो भेटमा नै उनको मन दुखाउन मन थिएन| त्यसैले यस्तो केहि नभनी, उनलाई आफ्नो नम्बर दिए|
चुरोटको धुवासंगै उनि आखाबाट पर भइन्| नभन्दै कफी चिसिए छ| कफी भनेको मेरो लागि प्रेम हो, चाहे चिसो होस् या तातो, जहिले पनि मन पर्छ| जिउदो शरीर र चिसिएको लास, दुवैको माया लागे जस्तै| थप एक कप कफी पछी, बल्ल कोठा पुगे| कोठा पुग्ने बित्तिकै, रोजिता पनि पुगिन्, मेरो दिमागमा| मसंग बोल्नलाइ, मसंग भेट्नलाइ कति धेरै मिहिनेत गरेकी उनले| मन पनि सफा छ उनको| नत्र पहिलो भेटमा, मन हलुङ्गो पारेर, उनले सबै किन भन्थिन् मलाई? झन् पहिलो भेटमा “हजुर मलाई मन पर्नु हुन्छ|” पनि भनेकी थिइन्| यति निस्फिक्री भएर उनले यो सबै कति सजिलै भनिन्| सोझो भनौ कि म माठो बिस्वास गरेकी तर जे होस्, मेरो दिमागमा उनि छिन् उनि| उनले आफै भनेकी हुन्, उनलाई मेरो मनमा ठाउ चाहिएको हो| कसैलाइ आफ्नो मनमा राख्नु नै माया हैन, आफ्नु दुनियामा पनि सझाउनु पर्छ उनलाई|
“तिमिलाइ बिस्वास गर्न नै मुस्किल छ|” मेसेज आयो| मेसेज रोजिताको हैन, मिस कफीको थियो| मिस कफीले मेसेज पठाउने समय भयो भनि बिर्सिएको थिए मैले| आज मेरो दिमागमा मात्र रोजिता छिन्| रोजिताले मलाई मन पराए जसरि, मैले पनि उनलाई मन पराउन लागेको त हैन नि? हावा तालमा true love वाला feeling आयो एकछिनमा| म पनि रोजिता बन्नु पर्छ| कुनै निर्णय हतारमा लिनु हुन्न| पहिले एक अर्कालाई बुझ्नु पर्छ, अनि मात्र एक अर्कामा घुल्नु पर्छ| धेरै केहि चाहिन्न बिस्वासले बनेको मायाको डुंगा डुबाउन| मात्र शंकाको सानो प्वाल पर्नु पर्छ| सफरको पाइला पहिले नै मेटीसकेको हुन्छ, मायाको नाउ र सम्बन्धको नाउँ, सबै डुबी जान्छ|
“अब त झन् बिस्वास लाग्न छाड्यो|” मिस कफीको अर्को मेसेज पनि आइसकेछ| यो भावनामा हराउने बानि निकै खराब छ मेरो| मेसेजको रिप्लाई गर्न भुले|
“के कुरामा बिस्वास लाग्न छाड्यो? मैले त्यस्तो केहि गरे जस्तो त लाग्दैन|” रिप्लाई गरे| रक्सि हो र एकछिनमा लाग्नलाइ! बिस्वास हो, समय लाग्छ| समयले नै भन्छ, को माथि कति बिश्वास लाग्छ|
“दिउसो भरि एउटा मेसेज छैन| मैले मेसेज गर्दा नि रिप्लाई छैन|” मिस कफीको कफी जस्तै कडा मेसेज आयो|
“ हामीले अहिले सम्म दिउसो मेसेज गरेको छौ र?” निकै गलत मेसेज पठाए मैले| यहि चिजलाई भिन्न र सुन्दर तरिकाले भन्न सक्थिए तर…
“अहिले सम्म छैन भन्दैमा मेसेज गर्ने नहुने त हैन नि!” उनले जे लेखेकी थिइन्, गलत लेखेकी थिइनन्| आखिर सुरुवात त हो नि, सुरुवात पछी केहि पनि अन्जान र नया हुन्न|
“मेसेज गर्न मिल्छ माने मैले तर बिस्वास चाही किन नलागेको मेरो? What did i do?” मगजलाइ दुख नदिएर, प्रश्न राखे|
“यति busy हुने मान्छेको गर्लफ्रेन्ड छैन भनेर कसरि मान्नु मैले?” कफी अनि मिस कफीको प्रश्न, दुबैले दिमाग खल्बलाउछ|
“यहाँ जिन्दगिको छ चिन्ता, तिमि माया माया भन्छौ|” मेसेज लेखि पठाए|
मिस कफीको मेसेज पर्खिए एकछिन तर आएन| उनलाई भुल्ने बानि छ क्यारे, नत्र मेसेजको रिप्लाई गर्नु पर्ने हो| बोइफ्रेन्ड छ भन्थी, पक्कै उसंग बोल्दै होलिन्| मैले सोच्न सकेको यति हो| मेसेजको आशमा थिए, फोन नै आयो उनको| उनको आवाज पहिलो पटक सुन्दै छु|
आज भन्दा पहिले, कोहिसंग पहिलो पटक फोनमा बोल्दा, धेरै भन्दा धेरै पाच मिनेट बोलेको होला मैले| बोल्ने कुरै हुन्थिएन| बरु दोस्रो तेस्रो पटक देखि धेरै कुरा हुने| बोल्ने बिषय आफै निक्लिदै जाने| आतुरता र एक अर्काको मानसिकता बुझ्न खोज्दा खोज्दै. बोल्ने बिषय केहि नहुने तर आज भिन्न थियो|
म उनिसंग पहिलो पटक हैन, सधै नै बोल्दै छु गरि सुरु भयो हाम्रो बार्तालाप| उनले आफ्फ्नो बारेमा केहि भनिन्, आफ्नो बोइफ्रेन्डको बारेमा पनि थोरै भनिन्, love story चाही पछी भन्ने भनि बाचा गरिन्| मलाइ पनि आफ्नो बारे केहि भन्न कर लाग्यो| अफिसको बारे भने, अनि थोरै रेडियो स्टेसनको बारे|
“अनि साच्चिकै girlfriend छैन कि मलाई भन्न अप्ठेरो लाग्यो|” उनको यस्तो प्रश्न आयो, जसको जवाफ मैले हिजै दीइसकेको थिए| अप्ठेरो नहुने हैन , तर यो प्रश्नले अप्ठेरो बनाउन्न मलाइ| उनलाई फेरी पनि यो प्रश्नको जवाफ दिन सक्छु|
“ मेरो गर्लफ्रेन्ड छ ….
