Part 2

“बाबुले आज क्यान्सर पाइप सल्काएको छैनौ त|” आमाले ब्ल्याक कफी मेरो हातमा दिदै मलाई सम्झाउनु भयो चुरोट सल्काउन| आफ्नो भूमिकाको पस्किदा पस्किदै बिर्सिएछु| एकछिन चुरोट सल्काउनु दिनुस्, अझै केहि भन्न बाकि छ|

म पाबेलमा बफ्छु| हरे, चुरोट ओठमा च्यापेर बोलेछु फेरी| (छाति भरिने धुवा भरिने गरि चुरोटको लामो कस तान्दै) म चाहबेलमा बस्छु| यहाँबाट चाहबेलको दुरी करिब ५ मिनेट छ| अचम्म, दुरी किलोमिटर वा माइल हैन, मिनेटमा दाज्दै छु| किन भनि नसोध्नु अहिले| यसको जवाफ पछी दिदा उपयुक्त हुन्छ| जली रहेको एक खिल्ली चुरोटलाइ, एक कप कफीले साथ दियो| म मान्छे पनि लमी भए छुक्यारे| कफी र चुरोटको जोडी मिलाउदै बसेको छु| दुइ घण्टालाइ पुग्ने निकोटिन र caffeine को भोग लगाए शरीरलाइ|

घर पुगे| चाहबेलमा घर पनि आफ्नै नै हो| आफ्नै घरभेटिको घर हो| भएन त आफ्नो? यो चार दिने जिन्दगिमा, आत्माले पनि शरीर भाडा लिएर बसेको हो| जब शरीर आफ्नै भयो भने, घरभेटिको घर आफ्नो भन्न मिल्दैन? पागल नभन्नु है मलाइ| सायद म पागलको भूमिका पनि निभाउदै छु कि| “जरुर साथि म पागल…” साची यो त अरु कसैले लेखि सकेका छन् नि| यहाँ म भावनामा बग्दै छु, उता कथाको भाव बगेर जाला भन्ने पिर|

कोठामा मेरो प्रतिक्षा गरिदै छ| ashtray भोको छ| खरानी देख्ने बित्तिकै मुख रसाउछ यसको| कोठाको बत्ति पनि हत्तारिएर बसेको छ| कुन बेला अध्यारो माथि हासिल गरौ भइसकेको छ बत्तिलाइ| चुरोट पनि खरिएर बसेको हुनुपर्छ, मेरो ओठलाई चुम्न| कोठाको झ्याल धोका दिउसो भरि बन्द हुन्छ| कोठा बाहिरको हावालाइ पनि मन हुदो हो मेरो कोठा भित्र आइ, चुरोटको धुवा र मोजाको गन्ध संग घुलमिल हुन| झन् बिस्तार र सिरकले मलाइ आफ्नो अँगालोमा नहालेको १६ घण्टा हुन लाग्यो| पर्खी बसेको डायरीले पनि छ| जब सम्म कलम र डायरीको सम्भोग हुदैन, निन्द्रा मलाई कहा लाग्छ र| यसो सोच्दा अचम्म, चुरोटलाइ जलाउदा आनन्द पाउछु म, कलमले डायरीलाइ घोच्दा आनन्द पाउछु म… फेरी भावनामा यता उता पुगेछु|

डायरी लेख्ने बानि छ| १३ बर्षको उमेर देखि लागेको धेरै बानिमा, यो मात्र राम्रो बानि हो| डायरीमा खासै केहि लेख्दिन| दिन कस्तो रहयो लेख्न इच्छा लाग्दैन| लेख्ने भनेको, कहिले कविता वा गजल हो| कहिले काही मिठो गफ हुने गर्छ रेडियोको कार्यक्रममा| त्यो बार्तालापले पनि सानो हिस्सा पाउछ मेरो डायरीमा|

कार्यक्रममा हरेक दिन ४ जनासंग गफ हुन्छ| यहि बिषयमा गफ हुन्छ भन्ने छैन| कोहि हालखबर सोध्न मात्र फोन गर्छन| कोहि कसैलाइ संदेश दिनको लागि फोन गर्छन| कोहि केहि समस्यामा हुन्छन, मदतको आशमा फोन गर्छन| कोहि आफ्नो मनको पिडा पोख्न फोन गर्छन| धेरै फोन चाही, सल्लाह माग्ने उदेश्यले गरिएको हुन्छ| अचम्म लाग्छ, उनिहरुले जे समस्या मलाई फोनमा भन्छन| त्यो समस्या उनीहरुले आफ्नो साथीलाई पनि भन्न सक्थिए| तर साथीले judge गर्छ कि भन्ने डर हुने उनिहरुलाई| हुन त नजिकको तिर्थ हेला पनि हुन्छ|

कार्यक्रमबाट मलाई धेरैले चिनेका छैनन् तर जतिले चिनेका छन्, आर.जे. प्रयास भनेर चिन्छन| न्वारनमा पण्डितले दिएको नाम भन्नु हुन्न रे| आमा बुवाले दिएको नाम शुलब| अनि कार्यक्रमले दिएको नाम प्रयास| मान्छे एउटा नाम भिन्न, अनि अभिनय पनि| आफ्नो बारेमा भन्नु पर्ने यतिनै होला| बाकि जान्न इच्छा छ भने, कुण्डली पठाइदिन्छु, आफै हेर्नु पर्नेछ हजुरहरुले|

चुरोट सल्काएर, मुखबाट निक्लिएको धुवामा थुप्रै आकार र बस्तु कल्पना गरेर बसेको थिए| मोबाइल भाइब्रेट भयो| मोबाइल र चार्जर सम्भोगको चरम संतुस्तीमा पुग्न मात्र ५% बाकि थियो… कार्तिके कुकुरलाइ ढुंगा हानेर छुट्ट्याए जसरि, मेसेजले पनि ढुंगाको काम गर्यो| मोबाइललाइ चार्जबाट निकालेर अनलक गरे| नया नम्बरबाट मेसेज आएको छ| मेसेज ncell को सिममा आएको हो| ncell को number केहि श्रोता र रेडियो स्टेसनका मान्छे बाहेक अरु कसैलाइ थाहा छैन|

“हेल्लो, सन्चै हुनु हुन्छ?” यस्ता मेसेज हफ्तामा एक देखि दुइ पटकको उठौना भएको छ| reply गर्न जागर चलेन र मनले कर पनि गरेन| चुरोटको एक कस छाती भित्र भरे, र धुवा हावामा मिसाए| यस पटकको धुवाको आकार बादल जस्तै भएको थियो| केहि क्षणको लागि भएपनि आकाशलाइ एउटा बादल उपहार दिन सफल भए|

“हजुरसंग बोल्नलाइ कति प्रयास गरे मैले| नम्बर लिने प्रयास, मेसेज गर्ने प्रयास, फेसबुकमा खोज्ने प्रयास, प्रयास नै प्रयास| ऐन हजुर रिप्लाई नगर्ने|” अर्को मेसेज आयो| यो मेसेज नभएर एउटा कला थियो, जहाँ कलाकारलद्वारा शब्दहरु बारिकता पुर्बक सजाइएको थियो| प्रयास शब्दको प्रयोग, मेरो ध्यान तान्नलाइ त्यसरी गरिएको थियो| आर.जे. को भूमिका निभाउदा मेरो पात्रको नाम प्रयास हो भनेर भने है मैले?

“हजुरको प्रयास विफल होला जस्तो छ|” रिप्लाई दिन बाध्य भए|

“रिप्लाई आयो, विफल कसरि भन्नु?” रमाइलो कुरा गर्ने रैछिन्| केटि नै हो भनेर मैले कसरि थाहा पाए भनि सोच्नु भएको हो? अहिले सम्म यसरि जति वटा पनि मेसेज आएको छ, त्यो सबै केटीको मात्र छ| बिपरित लिंग प्रतिको आकर्षण| “कस्तो बोका रैछ, प्रशंसकले माया देखाउन मेसेज गर्दै छन, यसले चाही गिद्धे नजर लगाउदै छ|” यस्तो नसोची दिनु होला| जे यथार्थ लाग्यो त्यहि लेखे| म रक्सि हैन, सबैलाइ खुसि बनाउन|

“मेरो नम्बर कहाबाट पायौ?” यो प्रश्न बिना गफ गाफ नै अधुरो हुन्छ मानौ जस्तै चिया बिना चुरोट अधुरो|

“खोज….” यति मात्र पढेको थिए, अर्को मेसेजले यो मेसेज छोपियो|

“जिमु भाइ, घर छेउको एउटा नानिले तिम्रो नम्बर माग्दै थिइन्, मेसेज आउला है तिमीलाई|” प्रताप दाइको मेसेज आयो| यो दाइले पो नम्बर दिएका रैछन| नोट, बेश्या र मेरो नम्बर ,अनगिन्ती मान्छेको हातमा पुगेका छन्| प्रताप दाइ चाही रेडियोको दाइ हो| मिजासिलो स्वभावको हुनु हुन्छ| उहाको एउटा बानि छ| हरेक वाक्यमा अपशब्द बोल्ने बानि छ, तर भिन्न शैलीले| जस्तै अघि मेसेजमा जिमु लेख्नु भयो, भाव केहि अरु थियो| अक्षरलाइ अघि पछी गरेर भएता पनि, आफ्नु धित मार्नु हुन्थियो|

उनको मेसेज खोले, लेखिएको थियो “खोजेमा भूसामा सियो नि भेटिन्छ, जाबो तिम्रो नम्बर के हो|”

“सियो खोज्न…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts