उनको मेसेज खोले, लेखिएको थियो “खोजेमा भूसामा सियो नि भेटिन्छ, जाबो तिम्रो नम्बर के हो|”
“सियो खोज्न गाह्रो छैन, भूसामा आगो लगाइदिए पुग्छ|” जे सजिलो र उपयुक्त लाग्यो, त्यसलाई नै आफ्नो उत्तर बनाए|
“डर लाग्यो हजुरसंग| आफ्नो उदेश्य पुरा गर्न, अरुको अस्तित्व मेट्न पछी नपर्नु हुने रैछ|” डराउनु मसंग हैन उसंग पर्ने हो| बोलेको भरमा मान्छे बेच्न सक्छिन् जस्तो छ उनि|
“डराउने कार्यक्रम पछीलाइ जोगाएर राखौ| अहिलेलाइ मेरो प्रश्नको जवाफ देउ| मेरो नम्बर कसरि पायौ?” फेरी पनि आफ्नो प्रश्न दोहोर्याए| मेरो पहिलो प्रश्न नै यहि थियो| उनले शब्दको सहयोग लिएर, मेरो प्रश्नबाट पर भाग्ने कोशिश गरेकी थिइन्| मलाई यो हुन दिनु थिएन|
“एउटा प्रश्नको जवाफ कति पटक दिनु मैले? रेडियो नेपाल हैन नि म|” उनले जवाफ दिन्न भन्ने पक्का भयो|
“जब सम्म सहि जवाफ दिन्नौ, त्यो बेला सम्म सोधी रहन्छु|” जवाफ मलाई थाहाथियो, तर पनि किन म उनिबाट नै जवाफ अपेक्षा गर्दै थिए|
एक पछी अर्को गरि, मेरो सबै प्रयास खेर गयो| टाउको देखि पुच्छरको बल लगाए तर हात लाग्यो शुन्य| त्यहि शुन्य, जसमा लक्ष्मी प्रसाद देवकोटा बिलिन भए अनि मेरो जवाफ पाउने आश पनी| १० बजे पछी म जुन पात्र को अभिनय गर्छु, यो नाटकमा एउटा नया पात्र थपिएको छ आज| पात्र पनि नाटकमा आउने जाने हुने| समयकै भर पर्नु पर्ने छ, अनि मात्र थाहा हुन्छ, यो पात्र temporary हो कि permanent|
उनिसंग मेसेजमा शब्द साटासाट गर्दै थिए, ashtray ले भोक लाग्यो भनि कराउन थाल्यो| चुरोट तान्नु मेरो इच्छा हैन| जब ashtray लाइ भोको पाउछु, चुरोट सल्काउन बाध्य हुन्छु| चुरोट सल्काए, ashtray लाइ खुसि पार्न सफल भए| ashtray लाइ खुसि बनाएको अर्को पलमा, कफीको कप रिसायो| “चुरोटलाइ मात्र चुम्ने, म सौता हो र?” यस्तै केहि भन्यो कफीको कपले| हवस बिना चुमाइ पनि के चुमाइ| कपमा हवस(कफी) हाले र चुमे कपलाइ पनि| एक पछी अर्कोको चित्त बुझाउनु पर्ने| आफुलाई बेला बेला बेश्याको संज्ञा पनि दिन्छु यहि कारणले|
“कसैले महाभारत लेखेर पठाउने भए पनि, दुइ मिनेट अगाडी पठाईसक्थियो| कस्तो ढिलो रिप्लाई गर्नु भको हो|” चुरोट र कपलाइ चुम्दै थिए, मेसेज रिप्लाई गर्न याद भएन| सम्भोग र सोमरस: यी दुइ मानवताको घनिष्ट मित्र जस्तो लाग्छ|
“पेप्सीकोलाको जाममा फस्यो के मेरो मेसेज|” जामलाइ दोष दिए मैले| मोबाइलको मेसेजमा कहाँबाट जाम हुनु, त्यो पनि रातको 1 बजे| पेप्सीकोलाको जाम नै किन भने मैले? त्यहाँ भन्दा कोटेश्वर, बानेश्वर मा जाम हुन्छ| यस्तो केहि सोच्नु भएको छ? छ भने यसमा पनि केहि कारण छ| यो कारण पनि म पछी, हैन हैन अहिले नै भन्छु| कारण पो हो त, 9 10 कक्षाको “स्वास्थ्य र जनसंख्या” मा हामीले शिक्षक्लाइ सोध्ने sex बारे प्रश्न हैन नि| जुन पछी मात्र भन्न मिल्ने| कारण केभने, प्रताप दाइको घर पेप्सीकोलामा हो| अघि दाइले मेसेजमा प्रस्ट लेख्नु भएको थियो, “घर छेउको नानिलाइ तिम्रो नम्बर दिएको छु|” मैले मेसेजमा पेप्सीकोलाको जाम लेख्नुको कारण यहि नै थियो| उनलाई मनमा चसक्क होस् न,कहाँबाट थाहापाए मैले भनि|
“प्रताप दाइको पेटमा केहि नपच्ने के| तिमीलाई सुनाइसके है दाइले?” उसको गफ मिठो लागेको| दिमाग पनि कडा चलाउने रैछिन्|
“नाम चाही भन्नु भएको छैन|” उनको नाम जान्ने इच्छा जाग्यो|
“नाम दाइलाई नै थाहा छैन| कसरि भन्नु हुन्छ तिमीलाई|” अचम्मको कुरा गर्दै छिन् उनले| उनको आवाज कस्तो छ भनि कौतुहलता छायो मनमा| प्रताप दाइले पेटमा कुरा नपचाए पनि, मैले चाही लाज पचाएर फोन गरौ कि सोचे| तर त्यस्तो गर्नु उचित लागेन| sex र संभावनामा के अन्तर छ थाहा छ? Sex को आयु केहि मिनेटको हुन्छ अनि सम्भावना अन्तिम सास सम्म रहन्छ| प्रभाव पनि सम्भावना जस्तै हो, जीवन भर रहन्छ| अहिले आबेशमा आएर फोन गरौला| त्यसपछि जीवनभारको लागि उनको लागि मेरो प्रभाव कस्तो पर्छ? “बोका, १५ २० वटा मेसेज पछी जात देखायो|” फेरी मेरो मनसाय गलत थिएन|
“त्यसो भए म दाइलाइ तिम्रो नाम भनिदिउला| मलाई तिमि आफ्नो नाम भन|” Desperate देखिए है म? उनको पात्रमा यो कुरा खास लाग्यो| सामान्य गफले पनि अरुलाई आफु तिर आकर्षित गर्ने|
“तिमीले मलाई अरु जस्तो नसोच है| मेरो boyfriend छ| तिमिसंग flirt पनि गरेको हैन| तिम्रो प्रोग्राम सुन्दै थिए, तिम्रो बिचार मन पर्यो| त्यसैले साथि मात्र बन्न खोजेको|” नाम सोधेको, उनले नाम बाहेक दुनिया थरि भनिन् तर नाम खै भनेको?
“मैले नाम सोधेको, तिमीले आफै के के सोच्छौ|” मेरो नियत पनि के हो उनलाई प्रस्ट भने|
“नाम किन चाहियो? यसरि नै बोले हुन्न?” उनलाई नाम भन्न किन यति गाह्रो भएको खै|
“हामि बोलेका छौ र? टाइप गरे जस्तो लाग्यो| साथिको नाम के भनेर save गरौ मोबाइलमा?” जिस्किन खोजे तर गुणस्तरीय थिएन मेरो मजाक| आफ्नो गुणस्तरहिन मजाकलाइ लुकाउन, प्रश्नको प्रयोग गरे|
“बोले पनि टाइप गरेपनि, भाव बुझे भइगयो नि| मलाई पनि हजुरको नाम थाहा छैन| मैले सोधे र?” उनको शब्द भन्दा जुंगे दाइको गाउ खाने कथा सजिलो, बुझ्न त बुझिन्थियो|
“मेरो कार्यक्रम सुनेको छु पनि भन्छौ, फेरी मेरो नाम पनि थाहाछैन भन्छौ| कसरि हुन सक्छ?” प्रश्न गरे|
उनि: “हजुर मान्छे बेइमान हुनुहुन्छ| त्यो हजुरको असली नाम हैन|”
म: “नाम पनि असली नकली हुन्छ र? नाम त नाम हो|”
उनि: “छोड्नु यस्तो कुरा| मेरो सुत्ने बेला भयो| good night|”
बिहानको ३ बजे good night लेखेर सुत्न गइन् उनि| मेरो सुत्ने समय पनि यहि नै हो|
उनि: “मलाई कफी मन पर्छमेरो नाम मिस कफी भनेर save गर्दा हुन्छ|”
सुत्न गइन् भनेको,अर्को मेसेज आयो| उनको नम्बर सेभ गरे उन्ल भने जसरी नै| म अघि के भन्दै थिएउम्म्म,मेरो सुत्ने समय पनि यहि हो| ३ बजे देखि ९ बजे सम्म, मेरो शरीर जिउदो भएपनि म भित्र कुनै चेतना हुदैन| निदाएको बखत सपना नदेखेको पनि युग भइसक्यो| निदाएको शरीरलाइ म…
