आफ्नै तारिफ सुनेर चाही मख्ख भएको हैन नि फेरी,खुसि हुने कारण अर्कै थियो |कारण चाही के भने,अघि माइक्रोमा भेटिएकी केटि,जसलाई हेरेको हेरेइ भएको थिए म ,जसको यादमा हराएर भुसुक्क निदाको पत्तो भएन मलाई ,जो हरेक बेला मेरो मन र मस्तिस्कको यात्रा तय गर्दै थिन्,अन्त्यमा म उनि सामु फेरी पुगे | मैले उसलाई देखेपछी केहि मुस्कुराए र उनि पनि केहि मुस्कुराइन |
“खुब ल्याउछ्स् तैले,मैले अघिनै बोलको हो उसलाई |मैले त् तलाई उसलाई लिन पो पठाको त !” कस्ती बाठी कन्चन त| मलाई खोजेर ल्याउने चाही उसको साथी, अन्त्यमा आफुले खोजेर ल्याएको जस्तो गर्छिन |
“हो,हामि अघिनै भेटेको माइक्रोमा |” कस्तो उत्साहित भएको होला म,कन्चनले त्यति भन्ने बितिकै,मेरो मुखबाट आफै निक्लियो यति वाक्य | के सोचे होला अरुले, किन कि खुसि मेरो बोलीमा प्रस्ट बुझिन्थियो |
म एकछिनमै घुलिए कन्चन र उसको साथीहरु संग |कुनै राम्रो ठाउ देख्न नहुने,गएर छेउछाउ बसी हाल्ने कन्चन ,फोटो भने पछी हुरुक्कै हुने रैछिन | फेरी आफ्नु फोटोमा जहिले एकै पकारको पोज हुन्छ तर उसको हरेक स्थान संगै पोज पनि परिबर्तन हुने | फोटोको लागि पोज दिने कार्यमा उसले स्नातक नै गरेको हुनु पर्छ |गफ र फोटो,हामि यहि दुइको वरिपरी फन्को मार्दै थियौ |
“सुनन.एउटा काम भन्छु,गर्देउन है !” कन्चनले हामि हिड्दै गर्दा यति भनिन्,मुर्ख म केहि नसोची “हुन्छ ,भनन |” पनि भने मैले |
यति भनेपछि चाही बल्ल दिमागमा आयो कुराहरुको भेल | हुन्छ त भने तर अभ मनको समुन्द्रमा प्रश्नको हुरी चल्न लाग्यो | उसले के चाही काम दिन लागेकी हो र के म सक्छु होला उसले भनेको काम गर्न ?सके भने त दामी हुन्छ तर सकिन भने उसले के सोच्छे होला ?जाबो एउटा काम गर्न नसक्दो रहेछ भनेर उसको नजरमा कहाँ खस्छु होला म ? सक्ने भए सजिलै गर्छु,गार्हो भए कोशिस गर्छु तर सक्दै नसक्ने काम हो भने नाइँ भन्नु बहेको केहि विकल्प हुदैन | उसलाई नाइँ भन्नु भन्दा बिष सेवन गर्न सजिलो हुन्छ मेरो लागि | ल एकछिनलाई मैले नाई भने रे जसोतसो गरेर तर मेरो नाई पछी पनि उसले नमानेर जिद्दी गरिन् भने ?कसरि सम्झाउनु उसलाई मैले ? एकछिनमै गहिरो सोचाइमा पुग्ने बानि नराम्रो थियो मेरो | यो बानीले कुन दिन नमज्जाले दुबाउछ मलाई कुन दिन |
“कहाँ हराएको ?” म यसरि सोचमा हराएको देखेर काधमा कोट्याउदै उसले मलाई सोचबाट बाहिर ल्याइन |
“कहिँ पनि हैन ! अघि तिमीले के काम भनेको भनन |” कसरि भन्नु उसलाई म के सोच्दै थिए भनेर | त्यसैले यति भनेर कुरा टारे |
“मेरो दिदीले ब्युटी contest भाग लिनु भएको छ,अघि मैले तिम्रो मोबाइल लिएको थिए नि ?” उसले बिस्तारै आफ्नु कुरा भन्दै थिइन्,बिचमै उसको साथीले भनिन् “के नेता जस्तो भाषण दिएको? सिधै भन न,तेरो दिदीलाई जिताउनको लागि हेल्प गर्नु पर्यो भनेर |” उसले भूमिका बाधेर भन्न खोजेको कुरा उसको साथीले सिधै भनिन् | उसको भूमिका बाध्दै गरेको सम्बादमा जति मिठास थियो,त्यो मिठास उनको साथीको बोलीमा कहाँ हुनु र ! जे भएपनि बुझ्नु पर्ने कुरा बुझे मैले,आखिर ,के भन्न खोजेकी भनेर |
उनि लजाउदै मुन्टो तल लग्दै “अह मैले भन्न खोजेको पनि त्यहि हो ,अनि कि उहालाई जिताउनु पर्यो के उल्लु|”
अनि बिस्तारै उसले सबै भनिन् के गर्ने,कसरि उसको दिदीलाई जिताउन भोट गर्ने र म पनि सुन्दै र बुझ्दै थिए|
“सबै फोटो भयो, अभ एउटा हामि सबैको सेल्फी पनि लिगम न |” फोटो भने पछी हुरुक्कै हुने रैछे उ |
उसको यो वाक्य पछी म अहिले सम्मकै राम्रो देखिन खोजे उसले लिन चाहेको सेल्फिमा | भन्न एउटा मात्र भनेको हो उनले तर सेल्फी चाही ८-१० नै भयो र म एक भन्दा अर्कोमा झनै राम्रो देखिन प्रयासरत थिए |
“ला तिम्रो नाम के रे ?” यति बेर संगै बस्दा पनि उनले मेरो नाम चाही बल्ल सोधिन् |
“नाम भनेको त पैसा लिने गरेको छू मैले” सोचेर बोलेको हैन,बोलेपछि सोचे र लाग्यो ह्यात्तेरिका के बोले भनेर |
उसले भने सहर्सै स्विकारि मेरो त्यो ठट्टा र मलाई पानि पानि पार्ने जवाफ फर्कायीन् “मेरो मुटुको बैंकबाट जति चाहिन्छ लग |”
उसको यो वाक्यले मैले भने जस्तै पानि पनि भए| लाजको पोको जो परे, त्यसैले केहि लाज पनि लाग्यो| उसले फेरी थपिन् “ओहो लजाउन पनि आउछ?” र मलाई झन् केहि अप्ठ्यारो महसुस हुनु पक्कै पनि स्वाभाविक पनि हो सायद उसको साथीलाई महसुस भयो यो कुरा उसको साथीले सोधिन् “अभ तिमि कता जान्छौ?” र यो प्रश्नले मलाई निकै हलुन्गो महसुस गरायो |
