Part 22

म भन्दा पहिले प्रकाश अफिस पुगिसकेको थियो,त्यो दिन अफिसमा केहि यस्तो भयो जसले मेरो र प्रकाशको सम्बन्धले निकै भिन्न मोड लियो| प्रकाश र म,आजबाट एकै प्रोजेक्टमा काम गर्ने भयौ| अभ त हरेक पल हामि संगै हुने पक्का थियो,यो भन्दा सही मौका भेट्दिन मैले,उसलाई नजिक बाट चिन्नलाइ| पहिले देखि नै अफिसमा मज्जाले बोल्ने हामि,पहिले रहर थियो र अहिले बहाना पनि पाइयो| दिन प्रतिदिन, म मात्रै हैन मेरो मन पनि उसको नजिक हुदै गयो| उसको एक एक पक्षबाट म बाकित हुदै गए,उसको राम्रो कुरा,नराम्रो कुरा,नराम्रो खासै धेरै केहि भेटिन| तर उसको एउटा बानि चाही अचम्म लाग्ने मलाइ,हरेक १ घण्टा भित्र टवाइलेट जान्थ्यो उ,पक्कै पनि उसलाई केहि समस्या होला सोच्यो यो मेरो मनले|

मैले अघि देखि प्रकाश प्रकाश मात्र गर्दै छु,यसको मतलब यो हैन कि अफिसमा म प्रकाशसंग मात्र बोल्छु,अरु पनि साथि थिए प्रकाश बाहेक, त्यस्तै सुष्मा थि मेरो एक साथि,जो संग मेरो कुरा मिल्ने| अफिसमा अरुसंग भन्दा सुस्मासंग मेरो कुरा अलि धेरै मिल्थ्यो, अर्को एकजना मिल्ने साथि मेरो जीवनको भाकी थि उ| तर मैले सुष्मालाई प्रकाशको बारेमा भनेको थिन,खासै भन्ने कुरा पनि थिएन, मलाई प्रकाश अलि अलि मन थालेको छ,कुरा त्यति हो| हुन त मैले यो कुरा शोभालाइ मात्र भनेको छु,तपाइहरुलाई पनि भर्खर भन्दैछु|

दिन बित्दै गयो,अनि मेरो र प्रकाशको सम्बन्ध पनि केहि भिन्न हुदै गयो|सधैको बोलचाल, अफिस देखि घरको यात्रा र घर देखि अफिसको,कहिले काही शोभासंग भेट्न जान्छु भन्दै घरमा झुक्याएर उसंग भेटेको दिनहरु बीच त्यो अलि अलि मनपर्छ भन्ने भावना, कुन बेला उ मलाई मनपर्छमा परिणत भयो आफै बोध भएन| मन पर्नु र माया बस्नुमा फरक छ तर म यति चाही ढुक्क छु, प्रकाशसंग म सम्बन्धमा गासिन सक्छु| यो सम्बन्धलाई मायाको तोक लगाइदिदा मलाई कुनै आपत्ति थिएन अब| तर म केटि भएर होला एउटा सोच चाही मेरो मनमा हावी भएर बसेको छ पहिले देखि नै, प्रेम प्रस्ताव राख्ने काम चाही केटाको मात्र हो, त्यसैले पर्खाइ थियो अब उसको प्रेम प्रस्ताबको| मलाइ हतार पनि खासै केहि छैन,अहिले हाम्रो सम्बन्ध जे छ,त्यसमा पनि खुसि नै छु म,र यो भन्दा अघि बढ्यो भने पनि म खुसि नै हुन्छु,अहिले भन्दा अलिक धेरै|

बेला बेला मनले सोच्दथियो,बरु उसले फेरी रक्सि खाएर फोन गरोस् न,अनि त्यो बेला उसले जे जे भन्छ त्यसको सबै उत्तर दिन्छु र उसले अन्त्यमा “के तिमि र म सम्बन्धमा बाधिन सक्छौ?” भनि सोध्दा,म हुन्छ भन्छु| यस्ता धेरै कुरहारु कल्पना गर्दै गर्दा,कतिपल्ट प्रकाशले नै कल्पनाबाट तानेर बाहिर निकाल्थ्यो| अर्को एउटा कुरा, म चाही यति पक्का छु,कि उ कुनै सम्बन्धमा गासिएको छैन, किन भने अफिस हुदा उ कसै संग फोन वा मेसेजमा बोलेको याद नै छैन मलाई,कि त काम गर्ने कि मसंग बोल्ने| अनि घर गएपछि म संग नै बोलि रहेको हुने अधिकांस पल,चाहे फोनमा होस् या मेसेजमा|

“हामि अफिसबाट बाहिर नगएको पनि कति धेरै भयो है?” खाना खादै गर्दा मैले सुष्मालाई भने, भन्न त प्रकाशलाई मन थियो तर मेरो मनसाय गल्ति बुझिन्छ भन्ने डर|

“म पनि त्यहि सोच्दै छु,कहिले जाने त?” सुस्मा यति जवाफले मन पनि निकै खुसि भयो|

“यहि शुक्रबार जाम न त|” शनिबार बिदा हुने भएकोले,सबैलाई मिल्ने दिन भनेको नै शुक्रबार हो लाग्छ मलाई|

“तर सुन न,प्रकाशलाई नभन है,हामि मात्र जाने,उसलाई नलग्ने|” मेरो कानमा उसले यो वाक्य सासे स्वरमा भनि,उसको यो वाक्य र म केहि बेरको लागि बोल्नै सकिन| आखिर उसले किन चाही भनेकी होला यस्तो| एकैछिन उसलाई प्रकाश मन पर्दैन जस्तो लाग्यो मलाइ,कि उसलाई प्रकाश मन नपर्ने हैन तर प्रकाशसंग उसलाई केहि सहज महसुस नहुन सक्छ| 
धेरै सम्भावनाको अवलोकन गर्दा गर्दै हामि घुम्न जाने भनेको शुक्रबार पनि आयो| दुइटा कुरा भन्न बिर्सेको, शोभा पनि हामि संगै आउने भएकी छे र हाम्रो गन्तब्य चाही “बुटवल दरबार लाउन्ज”को हो|

Previous article
Next article

Latest Posts