Part 26

“”तिमि यहाँ?” इस्मीलाइ देखेर बुवाले यस्तो प्रश्न गर्दा, म चकित कसरि नहुनु| तर बुवाले किन यो प्रश्न गर्नु भएको? बुवाले इस्मीलाइ क्सरी चिन्नु हुन्छ?

“हजुर नानिलाइ चिन्नु हुन्छ र?” आमाले बुवालाई सोध्नु भयो| बुवा केहि बोल्नु भएन र केहि क्षन पछी हास्न लाग्नु भयो| खै बुवा के सोचेर हास्दै हुनुहुन्थियो, तर खित छाडेर हास्दै हुनुहुन्थियो बुवा|

“के भयो बुवा?” बुवाको हासो अपच भयो, हासो अपच भएको हैन तर हासो पछिको कारण थाहापाउनु थियो| कोठामा 4 जना छौ, एक जना हास्दै अनि तिन जना हेरेर बसेको उल्लि बिल्ली भएर| कारण त थाहा पाउनु पर्यो नि| हास्नलाइ त कारण चाहिन्छ, कारण बिना प्रेमी र पागल मात्र हास्छन्| अनि सच्चि प्रेमी पनि पागल नै हुन् नि| बाबा चाही किन हास्दै हुनुहुन्थियो|

“नमज्जाको उल्लु भइयो आज|” यति भनेर बुवा फेरी हास्न लाग्नु भयो| बुवाको हासो नरोकेको देखेर झन् कारण जान्न मन भयो|

“के भयो त्यस्तो?” आमाले बुवालाइ प्रश्न गर्नु भयो| आमाको अनुहारमा चिन्ता झाल्किदै थियो|

“आसिफलाइ एयरपोर्टबाट निक्लिदा देखे| उ म तिर आउदै थियो, उसले पनि मलाई देखेको थियो| आसिफ मात्र आएको भए केहि हुन्थिएन तर आसिफको पछाडी पछाडी यो नानिलाइ पनि देखे| त्यहाँ सम्म केहि लागेको थिएन मलाई तर यो नानि हामि पछि पछी मालपोत पनि पुगिन्| थोरै शंका लाग्यो| तर पनि केहि गरिन मैले, मेरो भ्रम मात्र हुन सक्छ भनि| उनको पनि केहि काम होला सोचे तर जब म मालपोतबाट बाहिर निक्लिए, त्यो बेला पनि यी नानि बाहिर नै थिइन्| लगभग पक्का भए , यो नानि हाम्रै पिछा गर्दै थिइन्|

पिछा गर्नुको उदेश्य के होला सोचे र जवाफमा पैसा बाहेक केहि सोच्न सकिन| यी नानि पक्कै पनि हाम्रो जग्गा बेचेको पैसा लुट्न आएकी हुन् भनि म पक्का हुदै गए| १५ लाख अनि ज्यान दुबैको माया लाग्यो| आसिफलाइ होटेल जाउ भन्नुको कारण यहि नै थियो| होटेल जादा पनि मेरो ध्यान पछाडी तर्फ थियो, कहिँ यो नानि अझै पनि पछ्याउदै छिन् कि भनि| नभन्दै यी नानि हाम्रो पिछा गर्दा होटेल तिर आउदै थिइन्| होटेलको ढोकामा पुगेसी देखेको हो यो पनि मैले| त्यो बखत पक्का भए, यी नानि हाम्रो पैसा लुट्न आएकी हुन्|

त्यसैले होटेल पुग्ने बित्तिकै आसिफको ब्यागमा पैसा राख्दिए र एकछिन पछी होटेलबाट निक्लिए| त्यहाँबाट सिधै प्रहरी साथीकोमा जाने निर्णय गरेको थिए तर केहि अगाडी पुगेपछी यी नानिलाइ मेरो पछाडी देखिन| ढुक्क भए| भरे यी नानि छोराको साथि रैछिन्| के के सोचे मैले| नमज्जाको उल्लु बने| हाहाहा|” बुवाले यति भनेपछी हामिलाइ के चाहिन्छ, हामि सबै हास्न लागेउ| छिमेकीले बौलाए छन् कि भनेर पनि सोचे होला|

“अनि त उल्लु, तैले एयरपोर्टमा नै परिचय गराउनु पर्दैन उनीसंग?” बुवाले मलाई गालि गर्नु भयो, गालि भन्दा पनि मैले के गर्नु पर्थियो भनि सचेत गराउनु भएको|

“अम्म्म..उम्म्म…” केहि जवाफ नै थिएन मसंग|

“नानी चाही को हुन् नि?” बुवाले फेरी अर्को प्रश्न गर्नु भयो| बुवाको यो प्रश्न आउछ भनि मैले पहिले नै अड्कल गरिसकेको थिए|

“यसको कलेजको साथि हो| हजुर हात खुट्टा धोएर आउनु, खाना तैयार भइसक्यो|” आमाले जवाफ दिनु भयो, मैले दिनु परेन|

खाना पछी टिभी कोठा, मतलब बैठक कोठामा बसी हामि गफ गर्न लागेउ| बुवाले केहि प्रश्न गर्न भयो इस्मीलाइ, उनको रुची, घर अनि आदि इत्यादि बारे| इस्मीले पनि बुवाको सबै प्रश्नको जवाफ एक पछी अर्को गर्दै दीईन्| बुवाले पनि मन मनै सोच्नु भएको हुदो हो, “छोराले बुहारी खोज्यो| बिहे अगाडी नै घर ल्यायो|||”

इस्मीको ठाउमा अरु कोहि केटा साथि आएको भए कसैको मनमा न् कुनै प्रश्न हुन्थियो न कुनै सोच तर इस्मीले गर्दा आमार बुवाको मनमा अनेकौ सोच होला| कुनै केटिलाइ घरमा ल्याउदा बुवा- आमाले मलाई लाज पचाएको केटो सोच्दै हुनुहुन्छ कि हिम्मत बोकेको केटा सोच्दै हुनुहुन्छ| साथि मात्र पनि हैनन् होला भनि पनि सोच्दै हुनुहुन्छ होला सायद| मेरो अगाडी केहि भन्नु भएको छैन, इस्मी पनि छेउमा छ भनि, पछी के के भन्ने हो बुवा आमाले|

आमाले अब मेरो बच्चा देखिको कहानी सुनाउन लाग्नु भयो इस्मीलाइ| आमाले यस्ता केहि घटना पनि पेश गर्नु भयो जुन मलाई आफै थाहा थिएन| यस्ता केहि किस्सा पनि भन्नु भयो जुन मैले आफै पनि बिर्सी सकेको थिए| यस्ता केहि घटना पनि भन्नु भयो जुन मलाई सम्झन नै मन छैन कि भने त्यहाँ मेरो मजाक बनेको थियो|केहि लाज मर्दो थिए भने केहि रमाइला|

फुलबारीमा खसी लिन गएको म, खसीको डोरी खोल्ने बित्तिकै डोरी मेरो खुट्टामा बेरिएर म लडे र खुट्टामा डोरी यसरि बेरियो मानौ मेरो खुट्टा बाधियो त्यो डोरीले| खसीले दिउसो देखि पानि पिएको थिएन, डोरी खुल्ने बित्तिकै कुड्यो खसी| अनि म घसृदै घर पुगे, शरीर भरि तछारिएको घाउ थिए| मेरो उमेर ५ बर्ष थियो सायद| आमाले यो घटना पनि सुनाएर भ्याउनु भयो इस्मीलाइ| यस्तै धेरै घटनाहरु सुनाउदै जानु भयो आमाले| सबै हास्दै थिए र म लजाएर मुन्टो निहुराएर बसेको थिए|

एकछिनको गफ अनि बुवा र म छत तिर लागेउ| हामि बाउ छोरा भन्दा पनि साथि जस्तो थियौ| त्यैले घर पुग्दा जहिले बुवासंग बसेर केहि पेग लगाउथिए| अनि सुरु हुन्थियो गफ बुवा छोराको| केहि यस्तो कुरा हुन्थियो, जुन बुवाले अरु कसैलाई बताउन सक्नु भएको थिएन| अनि धेरै समय चाही मलाई अर्ति दिनु हुन्थियो बुवाले| भबिस्यमा यस्तो गर्नु पर्छ भनि भबिस्यको ढाचा बनाउथियौ हामि| बुवा मेरै छेउमा बसेर चुरोट सल्काउनु हुन्थियो,मलाई पनि खपी नसक्नु हुन्थियो तर बुवाको सामु चुरोट अहिले सम्म पिएको थिन मैले| बुवालाइ मैले चुरोट पिउछु भनि थाहा पनि थिएन सायद, शंका लागेको भए चाही मलाई के थाहाछैन|

कुरै कुरा बीच बुवाले मलाई केहि प्रश्न गर्नु भयो| प्रश्न भन्दा पनि मेरो झुठ समात्नु भयो बुवाले| “तैले

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts